स्वास्थ्यसमाचारडटकम । बुटवल । रुपन्देहीका विभिन्न पालिकामा रुद्रगढ धार्मिक संस्थाको आयोजनामा सञ्चालन गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न पाँच स्थानमा आयोजित कार्यक्रमबाट २५७ युनिट रगत संकलन गरिएको छ। संस्थाले बुटवलस्थित बुटवल रेडक्रस, तिलोत्तमाको शंकरनगरस्थित पीडी बेकरी, भैरहवास्थित ग्लास गो थकाली रेस्टुरेन्ट एन्ड क्याफे, लुम्बिनीस्थित होटल पीसल्याण्ड तथा शुद्धोधन गाउँपालिकास्थित शियाभार मन्दिरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमबाट संकलित रगतले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रक्तदान जीवनरक्षासँग जोडिएको महत्वपूर्ण मानवीय सेवा भएकाले यस्ता कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत सहयोग पुर्याउने विश्वास गरिएको छ। रुद्रगढ धार्मिक संस्थाले…
स्वास्थ्य कार्यालयको रुपन्देही
स्वास्थ्य कार्यालय रुपन्देहीको जिल्ला स्तरीय वार्षिक समीक्षा सम्पन्न
स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय लुम्बिनीका सचिब दुर्गा लक्ष्मी श्रेष्ठले डाटामा भन्दा पनि वास्तविकतामा काम गर्न स्वास्थ्य कर्मीलाई आग्रह गर्नु भएको छ । स्वाथ्य कार्यलय रुपन्देहीको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै सचिब श्रेष्ठले आफनो बल बुद्धि र क्षमताले भ्याए सम्म र नयाँ पुस्ताको माग अनुसारको का मगर्न स्वास्थ्यकर्मीलाई सुझाब दिनु भएको हो ।उहाँले स्वास्थ्यमा आएको बजेट तथा कार्यक्रममा २० प्रतिशत बजेट कटौति भएको बताउनु भयो । समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाईले “स्वास्थ्य सेवाको गुणस्तर सुधार्न सबै तहका सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनु भयो ।” स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख जनस्वास्थ्य…
उत्कृष्ट स्वास्थ्य सेवा प्रवाहमा मर्चवारी गाउँपालिका जिल्लामै प्रथम
स्वास्थ्यसमाचार / रुपन्देहीको मर्चवारी गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लामै प्रथम भएको छ । १६ वटा पालिकामध्ये सरकारले तोकेको सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै सहज रुपमा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरी पालिका प्रथम भएको हो । शुक्रबार स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा स्वास्थ्य कार्यालयको जिल्लास्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । त्यस्तै, सिद्धार्थनगर नगरपालिका दोस्रो, तेस्रो कञ्चन गाउँपालिका भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा थापाले बताउनु भयो । उहाले उक्त पालिकाले जस्तै सबै पालिकाले स्वास्थ्य सेवामा ध्यान दिने हो भने जिल्लालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक बनाउन सकिने बताउनु भयो…
स्वास्थ्य कार्यालयको रुपन्देहीको वार्षिक समीक्षा गोष्ठी भैरहवामा सुरु
स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय रुपन्देहीको आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी भैरहवामा सुरु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाको अध्यक्षता लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारू प्रमुख आतिथ्य तथाजिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरी, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा. राजेन्द्र कुमार गिरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेश गुप्ता, र भिम अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता विशेष अतिथिमा समिक्षा सुरु भएको छ । समिक्षा कार्यक्रमको उदघाटन गर्दे स्वास्थ्य मन्त्री खेम सारुले…



