डा. शकुन्तला गुप्ताको प्रयास वाट फेरिएको भिम अस्पतालको पहिचान

भैरहवामा पनि सरकारी अस्पताल छ र ? भन्ने जो कोही पनि अनविज्ञ थिए । बर्षौ पहिला स्थापना भएको भिम अस्पताल ईतिहास बोकेपनि मानिसको सेवामा पनि सहज रुपमा पुग्न सकेको थिएन । पुराना भौतिक पुर्वाधार, कर्मचारी अवाभ सेवा प्रवाहमा ढिला सुस्ती यी भिम अस्पतालका पुराना रोग जस्तै थिए । तर अहिले अस्पतालका यी सबै रोग निको मात्रै भएका छैनन, निर्भलीकरण नै भएका छन् , अर्थात उन्मुलननै भएका छन् ।भिम अस्पतालको नेतृत्वमा पुगेकी एक महिला चिकित्सकको कारण अहिले रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको भिम अस्पताले आफ्नो पहिचान नै बदलेको छ । आइपर्ने जुनसुकै…

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५६ जना कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मातहतका कार्यालयमा कार्यरत ५६ जना कर्मचारीको सरुवा गरेको छ। स्वास्थ्य मन्त्रालयले नियमित सरुवा अनुसार चिकित्सक पाँचौ छैठौ सातौ आठौ तहका अहेब अनमी स्टाफ नर्स आयुर्वेद लगायतका स्वास्थ्यका कर्मचारीको सरुवारसरुवा गरिएको हो। सरुवा भएका कर्मचारीको सूचि सार्वजनिक गरिएको छ। मिति २०८०/०४/३१ गतेको (सचिवस्तर) निर्णयबाट सरुवा भएका नेपाल स्वास्थ्य सेवाका विभिन्न तह र पदका कर्मचारीहरको सरुवा सम्वन्धी विवरण । हेरौं कसको सरुवा कहाँ सरुवा विवरण हेर्न यहाँ क्लीक गर्नूहोस्  

मेडिकल शिक्षा पढाउने शिक्षण संस्था बन्द भएको भन्दै सञ्चालहरू आन्दोलनमा

स्वास्थ्यसमाचार/राष्ट्रिय चिकित्सा शिक्षा ऐन र प्राविधिक शिक्षा तथा तालिम परिषद्को पुनः संरचनाको माग गर्दै चिकित्सा शिक्षा व्यवसायी आन्दोलित भएका छन् । ऐनका कारण नेपालमा चिकित्सा शिक्षा पढाउने २ सय २८ शिक्षण संस्था बन्द हुने र करोडौं रकम विदेशिने अवस्था आएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समिति लुम्बिनी प्रदेश आन्दोलित भएको हो । संघर्ष समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै समितिले विभिन्न १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको छ । स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरुको भर्ना खोल्नुपर्ने, बन्द भएका नर्सिङ कलेजहरुको तत्काल भर्ना खोल्नुपर्ने, छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर…

लुम्बिनीमा विपद् सम्बन्धि तालिम : प्रतिकार्यमा जुट्न नगरप्रमुख मुसलमानको आग्रह

स्वास्थ्यसमाचार/रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्यनिकरण तथा जलवायु परिर्वतन सम्बन्धी तालिम सम्पन्न भएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको ३ दिने तालिममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसको पुर्वतयारी गर्नुपर्ने बताउनुभयो । सामान्यता बाढि,आगोलागी,पहिरो,भुकम्प,चट्टान आदि पर्ने हुँदा सो घटनाबाट बच्नका लागी सावधानी अपनाउने र उद्धारका लागी तयार अवस्थामा बस्नुपर्ने कुरामा बढि जोड मेयर मुसलमानले दिनुभयो । विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्धारका लागी प्रतिकार्य तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।विपद्ले मानवीय तथा भौतिक क्षति भैरहेको…

स्वास्थ्यमन्त्री मोहन बस्नेतका सय दिनका प्रगति विवरण (पूर्णपाठसहित)

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो १०० दिनको कार्यअवधीमा गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा राष्ट्रिय सभागृहमा शुक्रबार विशेष समारोह गर्दै मन्त्री बस्नेतले एक सय दिनमा गरेका कामहरुमध्ये प्रमुख १०७ वटा कामको विवरण भिडियो मार्फत सार्वजनिक गरेका छन्। यसका साथै लिखित विवरण पनि सार्वजनिक गरिएको छ। मन्त्री बस्नेतले प्रस्तुत गरेको १०० दिनको उपलब्धि यस्तो छ।माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतज्यूको पदबहालीपछिका १०० दिन स्वास्थ्य क्षेत्र सुधारका पहलहरू १०० दिनको अवधिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत भएका महत्वपूर्ण क्रियाकलाप तथा प्रगति: माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री…

पाल्पामा डेंगीबाट ११ महिनाकी बालिकाको को मृत्यु

स्वास्थ्यसमाचार/डेंगी संक्रमणबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचाररत वालिङ नगरपालिका–११, आमडाँडाकी ११ महिनाकी बालिकाको डेंगी संक्रमणबाट मृत्यु भएको हो । उनको बिहिबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । केही दिन अघि पनि डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको थियो । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो । उनको पनि मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

लुम्बिनीका १२ वटै जिल्लामा २१९ जनामा डेंगु संक्रमण १ जनाको मृत्यु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा २१९ जनामा डेंगु संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा आठ महिनाको अवधिमा २१९ जनामा डेंगु संक्रमण देखिएको छ । रुपन्देहीमा ५०, बांकेमा २६, दाङमा ३३, अर्घाखांचीमा २०, बर्दियामा १७, कपिलबस्तुमा ८, गुल्मीमा ५ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी रुकुम पुर्वमा ३, नवलपरासी पश्चिममा ३ तथा रोल्पा र प्युठानमा १÷१ जनामा डेंगु संक्रमण भएको तथ्याङक छ । प्युठानमा हालै मात्र डेंगु संक्रमण देखिए संगै प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।सवैभन्दा धेरै…

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सांसद शर्मासहित पाँच जना चिकित्सक पक्राउ

स्वास्थ्यसमाचार/नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)  प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् । उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सिआइबीको अपरेशन जारी रहेको जनाइएको छ । यसअघि आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको…

डेंगी संक्रमित बढे संगै पाल्पामा रोकथाम र नियन्त्रण अभियान सुरु

स्वास्थ्यसमाचार /डेंगी संक्रमितको संख्या बढदै गएपछि पाल्पामा रोकथाम र नियन्त्रण अभियान सुरु गरिएको छ। डेंगी संक्रमित बढदै गएपछि स्थानिय तानसेन नगरपालिकाका जनप्रतिनिधिहरु सरोकार बालसंग छलफल गरिएको छ। जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले पछिल्लो डेढ महिनायता डेंगी संक्रमण बढ्दै गएको र पाल्पामा पनि एक महिलाको डेंगी संक्रमणबाट मृत्यु भएकोले रोकथाम र नियन्त्रण अभियान सुरु गर्नेको लागी स्थानिय जनप्रतिनिधी र सरोकारबालाहरु संग छलफल गरिएको बताउनु भयो। डा गिरीले भन्नुभयो डेंगीबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा…

नेपाल विद्यार्थी संघको केन्द्रिय तदर्थ समितिमा १० जना डाक्टर

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका छन्। २०७८ फागुन ९ मा दुजाङ शेर्पाको नेतृत्वमा गठित नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० जना सदस्य मनोनीत गरेका हुन्। नेविसंघ ७११ सदस्यीय समितिमा १० जना डाक्टरले स्थान पाएका छन्। जसमा कैलाली निवासी डा नरेश भट्ट, ललितपुर निवासी डा सन्तोष उपाध्याय, सुनसरी निवासी डा सुप्रुद्यन यादव, धनुषा निवासी डा ज्योति साह रौतहट र निवासी डा रितेश चिमौरीया नेविसंघ केन्द्रीय सदस्य बनेका छन्। काभ्रे निवासी डा वीरेन्द्र तिमिल्सिना, स्याङ्जा निवासी डा सागर काफ्ले, बागलुङ निवासी डा सुलभ…