प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएकाे छ ।जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा दिएको ओलीको सचिवालयले जानकारी दिएको छ ।
समाचार
रास्वपाका सांसदले दिए सामूहिक राजीनामा
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताए । बैठकपछि उनले भने, ‘देशको मुख्य सम्पत्ति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरू (सांसदहरू) ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ।’
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिए राजीनामा
स्वास्थसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु।’ उनले निहत्था छोराछोरी पुस्ताको रगत बगिरहेको दृस्यको साक्षी बन्न नसकेको बताउँदै उनले राज्यले गरेको व्यवहारको मुकदर्शक बन्न नसकेको बताएका छन् ।लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनुपर्ने बताउँदै उनले असहमतिलाई बलजफ्ती फौजी शक्तिले होइन, संवादले सम्बोधन गर्न सुझाव दिएका छन् । ‘आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको…
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन,उनले भने, राजीनामा दिँदैछु ।
जेनजी प्रदर्शन : गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
काठमान्डौ/ गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्। पछिल्लो विवरण अनुसार आज साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालहरूमा ४२२ जना घाइते भएका छन् भने १९ जनाको ज्यान गएको पुष्टि भएको छ। सबैभन्दा धेरै घाइते सिभिल सेवा अस्पतालमा भर्ना भएका छन्, जहाँ १७० जना उपचाररत छन् र ३ जनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते पुगेका छन् भने ३ जनाको मृत्यु भएको छ। यस्तै, नेशनल ट्रमा सेन्टरमा ५९ जना घाइते भर्ना भएका छन् र त्यहाँ…
आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी सिघ्र उपचारको व्यवस्था गर्न भनिएको छ। यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ । साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट…
जेनजी प्रदर्शन : प्रहरीको गोली वाट १९ जनाको मृत्यु, ३४७जना घाइते
स्वास्थ्यसमाचार/ जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । काठमाडौंको बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो । विभिन्न अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५९, एभरेस्टमा १०२, केएमसीमा ३७, वीरमा ६ र पाटन अस्पतालमा ४, त्रिवि शिक्षणमा १८ जना, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ र दमक अस्पताल ७ जना उपचार भइरहेको छ…
जेनजी आन्दोलनः स्वास्थ्य मन्त्रालय १७ जनाको मृत्यु, २५६ जना घाइते
स्वास्थ्यसमाचार/ जेनजी प्रदर्शनका क्रममा देशभर मृत्यु हुनेको संख्या १७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त पछिल्लो विवरणअनुसार २५६ जना घाइते भएका छन्। मन्त्रालयका अनुसार सर्वाधिक १०० जना घाइते सिभिल सर्भिस अस्पताल (Civil Service Hospital) मा पुगेका छन्। तीमध्ये ३ जनाको मृत्यु भएको छ भने १५ जनालाई वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ४९ जना घाइते भर्ना भएका छन्, जसमा ८ जनाले ज्यान गुमाएका छन्। ट्रमा सेन्टरमा विपद् योजना (Disaster Plan) लागू गरिएको छ।एभरेष्ट अस्पतालमा ३४ घाइते पुगेका छन्, तीमध्ये ३ जनाको मृत्यु भएको…
जेनजी आन्दोलनः ट्रमामा ६, सिभिलमा ३, केएमसीमा १, त्रिवि शिक्षणमा १ र एभरेष्टमा ३ गरी १४ जनाको मृत्यु
स्वास्थ्यसमाचार / सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन…
जेनजी आन्दोलनः ट्रमामा ६, सिभिलमा १, केएमसीमा १ र त्रिवि शिक्षणमा १ गरी ९ जनाको मृत्यु
स्वास्थ्यसमाचार/ जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।स्वास्थ्यसमाचार लाई विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
