मानसिक स्वास्थ्य समस्या पहिचान र परामर्शका लागि १० दिने तालिम

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको भन्दै यसको पहिचान, परामर्श र व्यवस्थापनमा सहयोग पु¥याउन मनोसामाजिक परामर्शसम्बन्धी १० दिने तालिम सञ्चालन गरिएको छ।

स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेश, राप्ती उपत्यका, दाङको आयोजना तथा युएमएन, एनपीएएसआई र सामीको सहयोगमा तालिम सञ्चालन गरिएको हो।

तालिममा लुम्बिनी प्रदेशका पाँच जिल्लाका १९ जना सहभागी छन्। तीमध्ये १२ जना मनोसामाजिक परामर्श सहजकर्ता र पाँच जना स्वास्थ्यकर्मी रहेका छन्।

तालिममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलकी डा. बिनीता रेग्मी, सरिता कुमारी लामा र नागेन्द्र यादवले प्रशिक्षण दिएका थिए।

सहभागीलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या पहिचान, परामर्शका आधारभूत सीप र प्रभावित व्यक्तिलाई आवश्यक सेवासँग जोड्ने विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

तालिमको समापन कार्यक्रममा सहभागीका तर्फबाट सपना पुन र चित्रबहादुर विष्टले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्ने बताए।

प्रशिक्षकका तर्फबाट नागेन्द्र यादवले तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न सके मनोसामाजिक परामर्श सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा राखे।

स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक नारायण चौधरीले लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखिँदै गएको बताए।

उनले प्रत्येक १०० जनामध्ये १८ जनामा चिन्ता (एन्जाइटी) र चार जनामा डिप्रेसनको समस्या देखिने गरेको तथ्याक रहेको बताए ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गर्न नसक्दा प्रभावित व्यक्तिले आवश्यक सहयोग र उपचार पाउन कठिन हुने भएकाले समुदायस्तरमै परामर्श सेवा विस्तार गर्नुपर्ने चौधरीले बताए।

मानसिक स्वास्थ्य समस्यालाई बेवास्ता नगरी समयमै पहिचान, परामर्श र उपचारको पहुँचमा पु¥याउन यस्ता तालिम उपयोगी हुने उनको भनाइ थियो।

चौधरीले बाल बालिकामा देखिने अटिजम सम्बन्धी अवस्थालाई पनि समयमै पहिचान गरी आवश्यक सहयोग र सेवासँग जोड्नुपर्ने उनले बताए।

स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुवर कुंवरले मानसिक स्वास्थ्य समस्या पहिचान र व्यवस्थापनका लागि दक्ष जनशक्ति तयार गर्न तालिम आवश्यक रहेको बताए।

उनले विद्यालय नर्स, स्वास्थ्यकर्मी र मनोसामाजिक परामर्शकर्ताको क्षमता अभिवृद्धि गरी प्रभावित व्यक्तिलाई समयमै परामर्श तथा आवश्यक सेवाको पहुँचमा पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको उल्लेख गरे।

मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाउने वा बेवास्ता गर्ने प्रवृत्ति हटाउँदै प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिँदै कुंवरले तालिमबाट सिकेका ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्न आग्रह गरे।

स्वास्थ्यकर्मी र परामर्शकर्ताको क्षमता विकासमार्फत मानसिक स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने प्रयास भइरहेको उनको भनाइ थियो। कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत इरिना खत्रीले गरेकी थिइन्।

 

सम्बन्धित शिर्षक :