स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुन र स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पुन र सचिव श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको हो। प्रदेश निजामती सेवा ऐन, २०८० तथा प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम ३८ को उपनियम (१) (ख) बमोजिम गरिएको सम्झौताले मन्त्रालय बाट सञ्चालन हुने कार्यक्रम र प्रवाह हुने स्वास्थ्य सेवामा सुधार गर्दै कार्यसम्पादनलाई नतिजामुखी, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य राखेको छ। सम्झौताअनुसार मन्त्रालयले स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटको कम्तीमा ९० प्रतिशत…
समाचार
“प्रत्येक स्वास्थ्य संस्थामा फार्मासिस्टको दरबन्दी अनिवार्य गरिनुपर्छ”
लुम्बिनी प्रदेशमा फार्मेसी सेवा व्यवस्थित हुन नसकेको भन्दै नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशले प्रत्येक पालिका, अस्पताल तथा सरकारी स्वास्थ्य संस्थामा कम्तीमा एक जना फार्मासिस्टको दरबन्दी अनिवार्य गर्न माग गरेको छ। संघका लुम्बिनी प्रदेश अध्यक्ष खेमराज तिवारीले फार्मासिस्टको न्यून दरबन्दी, दक्ष जनशक्तिको अभाव, कमजोर अनुगमन तथा अस्पताल फार्मेसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा फार्मेसी सेवा अपेक्षाअनुसार अघि बढ्न नसकेको बताउनु भयो। स्वास्थ्यसमाचार संग कुरा गर्दे स्वास्थ्य संस्थाको आवश्यकता र सेवा प्रवाहको तुलनामा फार्मासिस्ट तथा सहायक फार्मेसी जनशक्ति पर्याप्त छैन। भएका जनशक्तिले औषधिको माग संकलन, खरिद, भण्डारण, वितरणदेखि बिरामीलाई औषधि प्रयोगसम्बन्धी परामर्श…
लुम्बिनी प्रादेशिक अस्पतालसँग स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन सम्झौता
सञ्जीवनी अस्पतालले सुरु गर्यो हेमोडायलिसिस सेवा
स्वास्थ्यसमाचार/घोराही उपमहानगरपालिका–३ बरगदुवास्थित सञ्जीवनी टिचिङ हस्पिटलले मिर्गौला रोगीका लागि हेमोडायलिसिस सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले असोज ८ आज देखि औपचारिक रूपमा हेमोडायलिसिस सेवा सुरु गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिनुभयो। मिर्गौलाले शरीरमा आवश्यक काम गर्न नसक्ने अवस्थामा रगतमा जम्मा हुने हानिकारक पदार्थ तथा अतिरिक्त तरल पदार्थ हटाउन हेमोडायलिसिस गरिन्छ। सेवा सुरु भएपछि नियमित डायलिसिस आवश्यक पर्ने दाङका बिरामीले जिल्लामै थप उपचार सुविधा पाउने भएका छन्। अस्पतालका अधिकृत रोकाका अनुसार आधुनिक हेमोडायलिसिस उपकरण मार्फत सेवा दिइनेछ। उपकरणमा कम्प्युटराइज्ड तथा डिजिटल निगरानी प्रणाली रहेकाले उपचारका क्रममा बिरामीको अवस्थालाई निरन्तर…
फार्मासिस्ट : औषधि मात्र होइन, सुरक्षित स्वास्थ्य सेवाको आधार
बिरामी डाक्टरकहाँ पुग्छ, रोगको पहिचान हुन्छ, औषधि लेखिन्छ र बिरामी फार्मेसीमा पुग्छ। हाम्रो सामान्य बुझाइ यतिमै सीमित हुन्छ—“औषधि लिएँ, अब सन्चो हुन्छ।” तर औषधि किन्नु मात्र उपचार होइन। सही औषधि, सही मात्रा, सही समय, सही तरिका र सही अवधिसम्म प्रयोग हुनु नै सुरक्षित औषधि उपचारको आधार हो। यहीँबाट फार्मासिस्टको वास्तविक भूमिका सुरु हुन्छ। फार्मासिस्ट औषधि बिक्री गर्ने व्यक्ति मात्र होइनन्। उनी औषधिको गुणस्तर, भण्डारण, वितरण, सुरक्षित प्रयोग, औषधि–औषधि अन्तरक्रिया, सम्भावित प्रतिकूल असर तथा बिरामीलाई आवश्यक परामर्श दिने दक्ष स्वास्थ्यकर्मी हुन्। त्यसैले फार्मासिस्ट औषधि र बिरामीबीचको महत्वपूर्ण सुरक्षा कडी हुन्। काउन्सिलिङ…
एमबीबीएस पढ्दै रुपन्देही कांग्रेसको क्षेत्रीय प्रतिनिधि बने १९ वर्षीय प्रधुम्न
स्वास्थ्यसमाचार/ पुराना राजनीतिक दलप्रति युवा पुस्ताको वितृष्णा बढ्दो रहेको र नयाँ दलहरूतर्फ आकर्षण देखिएको बहस चलिरहेका बेला रुपन्देहीमा एक १९ वर्षीय एमबीबीएस छात्र नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। बुटवल उपमहानगरपालिका वडा नं. ४ निवासी प्रधुम्न घिमिरे कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका हुन्। देवदह मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत घिमिरेले कुनै दबाब वा लहडमा नभई विचार र सिद्धान्त बुझेर कांग्रेस रोजेको बताएका छन्। विद्यालय तहको शिक्षा नमस्ते एकेडेमी र प्लस टु तिलोत्तमा क्याम्पसबाट पूरा गरेका उनी निजी शिक्षण संस्थामा पढे पनि सानै उमेरदेखि राजनीतिक अध्ययन र बहसमा रुचि राख्थे।…
भारी वर्षाको चेतावनीपछि बुटवलका विद्यालय दुई दिन बन्द
स्वास्थ्यसमाचार/सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै असोज ८ गते सामुदायिक तथा संस्थागत विद्यालयका दिवा सत्रका कक्षा बन्द रहने जनाएको छ । त्यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहनेछन् । बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन उपमहानगरपालिकाले अभिभावक तथा विद्यालय परिवारलाई आग्रह गरेको छ ।
फार्मेसी क्षेत्रमा जनशक्ति अभावदेखि अव्यवस्थित औषधि पसलसम्म
स्वास्थ्यसमाचार/नेपालको फार्मेसी क्षेत्रमा गैरफार्मेसी व्यक्तिबाट औषधि पसल सञ्चालन, स्थायी जनशक्तिको अभाव, निरन्तर शिक्षा तथा अनुगमनको कमी र झन्झटिलो कानुनी व्यवस्थालगायत समस्या रहेको औँल्याइएको छ। फार्मेसी सेवालाई व्यवस्थित, गुणस्तरीय र बिरामीमुखी बनाउन सरकार तथा सम्बन्धित निकायले नीतिगत र संस्थागत सुधारमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन्। विश्व फार्मेसी दिवस–२०२६ का अवसरमा लुम्बिनी प्रदेशमा आयोजित शुभकामना आदान–प्रदान तथा कार्यपत्र प्रस्तुतीकरण कार्यक्रममा फार्मेसी क्षेत्रका विद्यमान समस्या, अस्पताल फार्मेसीको अवस्था र आगामी योजनाबारे छलफल गरिएको हो। नेपाल फार्मेसी संघकी केन्द्रीय उपाध्यक्ष एवं सीटीईभीटी परीक्षा उपनियन्त्रक डा. मीना भट्टले फार्मासिस्टको भूमिका औषधि वितरणमा मात्र सीमित नरहेको…
असोज ९–११ मा भारी वर्षाको सम्भावना, लुम्बिनीमा सतर्क रहन आग्रह
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन प्रदेश सरकारले आग्रह गरेको छ। मौसम विज्ञान विभागले मेघगर्जन, चट्याङ र हुरीबताससहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेपछि मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार अपिल जारी गर्दै जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्। भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भन्दै उनले नदी, खोला तथा नालाको पानीको सतह बढ्न सक्ने र सडक तथा यातायात प्रभावित हुन सक्ने…
नर्सिङ महाशाखाको निर्देशकमा बन्दना थापा नियुक्त
स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशक परिवर्तन गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै महाशाखाको निर्देशक हिराकुमारी निरौलालाई वीर अस्पतालमा सरुवा गरी नयाँ निर्देशकको जिम्मेवारी बन्दना थापालाई दिनुभएको हो । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत थापालाई नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको हो । निरौला र थापा दुवै स्वास्थ्य सेवातर्फका एघारौँ तहका नर्सिङ अधिकृत हुनुहुन्छ । मन्त्री मेहताले गत शुक्रबार गरेको निर्णयअनुसार थापाले विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको नेतृत्व सम्हाल्नुहुनेछ । महाशाखाले नर्सिङ सेवाको…


