नेपाल नियमित रक्तदाता संघको कार्यक्रमा ७५ युनिट रगत संकलन

स्वास्थ्यसमाचार /नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले नियमित रक्तदान कार्यक्रम ७५ युनिट रगत संकलन भएको छ । कार्यक्रममा बोल्नेहरुले रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै मानवीय कार्यमा अघि बढेको सस्थाले गरेको सेवाले धेरैको जिवन बाचेकोले यस्तो सामाजिक कार्यलाई निरन्त्रता दिन आग्रह गरका थिए । विगत समयदेखि नियमित रुपमा हरेक महिनाको तेस्रो शनिवार नियमित रक्तदान र आवश्यक पर्दा आकस्मिक रुपमा रक्तदान गर्दै रगत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको वक्ताहरुले जोड दिएका थिए । स्वर्गीय सरोज सिलवाल बन्धिले बि.स.२०६१ सालमा स्थापना गरेको यस सस्थाले गत असार बाट हालसम्म २ हजार युनिट बढी…

पुष २० गते भैरहवामा रक्तदान कार्यक्रम आयोजना हुने

गोकर्ण प्रकास ज्ञवाली, पुष १५, रुपन्देही । आगामी पुष २० गते नेपाल स्वंयसेवी रक्तदाता समाज, ओमसतिया शाखा रुपन्देहीले भैरहवामा विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको  जनाएको छ । नेपाल स्वंयसेवी रक्तदाता समाज रुपन्देहीका सदस्य हरिप्रसाद ज्ञवालीले आफ्नो संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न हुने जानकारी गराएका छन् । ज्ञवालीले यस अघि आफ्नै संयोजकत्वमा बुटवलमा आयोजित समाजको ९३औं रक्तदान कार्यक्रममा १ सय ३५ युनिट रगत संकलन गर्न सफल भएको पनि बताए । ज्ञवालीले भैरहवामा आयोजना हुने कार्यक्रमको प्रायोजन भैरहवाका एक मेडिकल व्यावसायी सुरज उपाध्यायले गर्ने पनि बताए । उपाध्यायले आफ्नो जन्मदिन विशेष पारेर कर्याक्रमको…

दुई लाख उपचार खर्च तिर्न नसकेपछि गुल्मीका युवाअस्पतालमै अलपत्र

सन्तोष महतारा गुल्मी १४ पुष  गुल्मीको रेसुंगा नगरपालिका २ का १६ बर्षीय सुनिल विक आर्थीक अभावमा अस्पतालमा बन्धक भएका छन् । १० दिन उपचारपछि अस्पतालले डिस्चार्ज गरेपनी गरेको तीन लाख १५ हजार तिर्ने उपाय नभएपछि बिरामी मजदुर विक अस्पतालमा बन्धक भएको उनका बुबा सहबिर बिकले जानकारी दिए । दुर्घटनामा परेका बिक तम्घासका ब्यबसायी पृतम क्षेत्रीको नेटमा तारजाली बिच्छाउने काम गर्थे । दिनभर काम गरेर राति फर्कने बेला रेसुंगा नगरपालिका १३ मा गत पुस ३ गते दुर्घटनामा परेका हुन् । उनलाई ढाँडमा गम्भीर चोट भएपछि उपचारको लागि सोहि दिन पाल्पाको लुम्बिनी…

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी ,भानुभक्त ढकाललाई पर्यटन

स्वास्थ्यसमाचार/ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शुक्रबार साँझ उनले मन्त्रिपरिषद्‌मा केही नयाँ मन्त्रीहरु थपेका हुन्। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मन्त्रालय परिवर्तन गरिएको छ। उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पुगेका छन् । कोरोना महामारी सुरु भएसँगै त्यससँग जुध्न सही रणनीति बनाउन नसकेको भन्दै आलोचना खेपेका उनी स्वास्थ्य सामग्री खरिद प्रक्रिया भएको भनिएको अनियमिततामा मुछिएका छन्। पुनर्गठित मन्त्रिपरिषद्‌मा हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए।  

घरदैलोमा स्वास्थ्य सेवा दिन आधारभूत स्वास्थ्य सेवा केन्द्र अध्यक्ष चौधरी

स्वास्थ्यसमाचार/ रुपन्देहीको दक्षिणी भागमा रहेको मायादेवी गाउँपालिकाको वडा नं ८ मतकोलवा टोलमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष धु्रर्ब नारायण चौधरीले  उदघाटन गरेका छन् । उद्घाटन गर्दै उनले भने–राज्यले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको र सोही अनुसार घरदैलोमा स्वास्थ्य सेवा दिनका निम्ति समेत आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता देवीप्रसाद चौधरी,उपाध्यक्ष तारादेवी यादव,प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी,उचमी टोलविकास समितिका भगवती चौधरी,महिला स्वास्थ्य स्वयम्सेविका गोमा कार्कीले स्थानीयहरुको स्वास्थ्यस्तर सुधारका निम्ति स्थापना गरिएको उक्त स्वास्थ्य केन्द्रले सक्दो धेरै स्वास्थ्य सेवा दिनुपर्नेमा…

कोरोनाका बिरामीको हेरचाह गर्दा हजारौँ नर्स सङ्क्रमित

सरोज ढुंगेल कोरोना भाइरस सङ्क्रमणको महामारीमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीमध्ये नर्स पहिलो स्थानमा रहे । नर्सले कोरोना सङ्क्रमित बिरामीको उपचार, हेरचाह, औषधि दिने लगायतका सङ्क्रमितको गुनासो सुनेर काम गर्नुपर्ने जिम्मेवारीका कारण यो अवस्था देखिएको हो । चिकित्सकभन्दा नर्स सबैभन्दा बढी खटिने स्वास्थ्यकर्मी भित्र पर्दछन् । आईसीयूमा उपचाररत सङ्क्रमित होस् वा भेन्टिलेटरमा पुर्‍याइएका बिरामी होस् उनीहरूलाई नर्सले नै हेरविचार गर्नुपर्ने हुन्छ । बिरामीको हेरचाह गर्दा यतिखेर धेरै नर्स सङ्क्रमित हुन पुगेको पाइएको छ । वीर अस्पतालमा सयभन्दा बढी नर्स सङ्क्रमित भएका थिए । पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गङ्गालाल, हृदयरोग केन्द्र, शिक्षण अस्पताललगायत अन्य सरकारी तथा…

कोभिड-१९ विरूद्धको भ्याक्सिनका लागि बजेट अभाव हुँदैन :अर्थमन्त्री पौडेल

स्वास्थ्यसमाचार/अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए । ‘भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यो तयारीमा छौं, अर्थमन्त्री पौडेलले भने भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।’ उनले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिए । उनले मापदण्ड…

लुम्बिनी प्रादेशिक अस्पतालमा आखाँको ओपीडि सेवा सुरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा आखाँको ओपीडि सेवा सुरु भएको छ । ओपीडि सेवाको लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राई र समिति सदस्य रिज्यु श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरे । एउटै अस्पतालबाट सबै सेवा प्रवाह गर्ने गर्दा सबै क्षेत्रका सबै बिरामीलाई राहत होस भन्ने उदेस्यले यो सेवा सुरु गरिएको हो । अस्पतालमा आखा उपचारकेन्द्रको उदघाटन संगै एक वृद्धको आँखाको उपचार गरिएको आखा रोग बिशेषज्ञ डा बिश्व राज तिमल्सीनाले बताए । उदघाटन कार्यक्रम बोल्दै अस्पतालका बिकास समितिका अध्यक्ष सुर्य वहादुर भट्राईले अस्पतालका सेवा बिस्तार गर्दे गएको बताए लुम्बिनी प्रादेशिक…

तिलोत्तमा वडा नं. ५ मा पनि खुल्यो सरकारी स्वास्थ्य संस्था

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नं. ५ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । सोमबारबाट वडा नं. ९ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै तिलोत्तमा नगरपालिकामा सरकारी स्वास्थ्य संस्थाको संख्या १६ पुगेको छ । वडा नं. ५ को मणिग्राम (गिर्वाण माविको अगाडि) स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । ।हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको हो । स्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण…

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक मेरुदण्डको जटिल शुल्यकृया

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेरुदण्ड (स्पाईनल) हड्डी भाचिएको जटिल शल्यकृया सफल भएको छ । अस्पतालमा कार्यरत हाडजोर्नी तथा ट्रमा सर्जरी विशेषज्ञ डा. लक्ष्मण शर्मा र न्यूरो सर्जन डा. राजीव भण्डारीको टिमले मेरुदण्डको हड्डी भाचिएको (फ्याक्चर डि १२ एल वान वीथ कम्प्लिट प्याराप्लेजिया) को सफल शल्यकृया गरेको हो । यहि मंसिर २४ गते भीरबाट लडेर घाईते भएकी अर्घाखाँचीको सितगंगा गाउँपालिका सिद्धाराकी ४९ वर्षीय महिला उपचारको लागि २५ गते साँझ मात्रै लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । ‘बिरामीलाई अस्पतालमा ल्याउँदा अवस्था जटिल नै थियो ।’ हाडजोर्नी तथा ट्रमा सर्जरी विशेषज्ञ डा.…