जोखिम सञ्चार निदेर्शीका कार्यान्वयनमा ल्याउन माग

सही सूचना पाउने नागरिकको अधिकारप्रति स्वास्थ्य मन्त्रालय सचेत छ स्वास्थ्य सचिव डा :देबकोटा

स्वास्थ्यसमाचार/ जोखिम सञ्चार निदेर्शीका कार्यान्वयनमा ल्याउन पत्रकारहरुले सरकारसंग माग गरेका छन्।सरकारले जोखिम सञ्चार निर्देशीका बनाएपनि कार्यान्वयनमा नल्याउंदा पत्रकारहरु सेवा सुविधाबाट बञ्चित भएको उनीहरुको भनाई छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौको आयोजना र लुम्बिनी प्रदेश स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको समन्वयमा शुक्रबार बुटवलमा आयोजित जोखिम सञ्चार तथा सामूदायिक सहभागिता विषयक छलफलमा बोल्ने सहभागीहरुले बनेका ऐन,नियमहरु कार्यान्वयनमा ल्याउन सरकारी पक्षलाई आग्रह गरे। उनीहरुले नागरिकको स्वास्थ्यप्रति सरकारलाई जिम्मेवार बन्न समेत आग्रह गरे।

स्वास्थ्यप्रति नागरिकलाई सचेत बनाउन सरकारी निकायले मिडियालाई सही सूचना दिन पत्रकारहरुले सरकार पक्षलाई सुझाव दिएका छन्।उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन सही सूचना प्रवाह गर्न आवश्यक रहेको बताए।

नागरिकलाई स्वास्थ्य सेवा दिने दायित्व राज्यको भएको बताउंदै स्वास्थ्य जोखिमको क्षेत्रमा काम गर्दा मिडियाकर्मीहरु संग सहकार्य गर्न आवश्यक रहेकोे बताए। सचिब डा देबकोटाले सही सूचना पाउने नागरिकको अधिकारप्रति मन्त्रालय सचेत रहेको भनाई छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौका स्वास्थ्य शिक्षा प्रशासक माधवकुमार श्रेष्ठले नागरिकलाई केन्द्रमा राखे नागरिकलाई सही प्रकार सूचना दिनुपर्नेमा वताए । लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका फर्सुराम भट्टराइले राष्ट्रिय अखण्डता लाई खलल पुराउने, अपराध अनुसन्धानमा प्रभाव पार्ने, व्यक्तिगत चरित्रहत्या जस्ता सूचनाहरु काुनन सम्वत दिन नमिल्ने बताए।

दिन मिल्ने सूचना दिनमा कन्जुसाई नगरिने उनको भनाई छ । पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले सरकारी निकायहरु जुनसुकै सूचना दिनपनि आनाकानी गर्ने गरेकाले नागरिकले सही प्रकार सूचना पाउन नसकेको बताए। पत्रकारहरुले नै सही प्रकारका सूचना नपाएको अवस्था छ, नागरिकले सही सूचना पाउने कुरो टाढाको हो भने।

लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सूचना अधिकारी डाक्टर पुष्पराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा पत्रकार हरुले जोखिम सञ्चार निदेर्शीका र सूचनाको हकबारे भनाई राखेका थिए।

सम्बन्धित शिर्षक :