दाडको गढवामा निःशुल्क स्वास्थ्य शिविर ६ सयको परिक्षण

स्वास्थ्य क्षेत्रमा सुधार गर्नुृ पर्ने धेरै कुराहरु छन प्रदेश सरकार लागेको छ :स्वास्थ्यमन्त्री थारु

स्वास्थ्यसमाचार/रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा नं. १ बडहरामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ठूलो संख्यामा विरामीहरुले लाभ लिएका थिए ।

स्थानिय कुलपाली सामुदायीक वन उपभोक्ता समुहको समन्वयमा भएको एक दिने शिविरमा करिव ६ सय जनाको स्वास्थ्य परिक्षण गरिनुकासाथै करिव २ लाख मूल्य बराबरको औषधि निशुल्क वितरण गरिएको जनाएको छ । शिविरमा सो गाउपालिकाका वडा नं. १ र २ कासाथै छिमेकी राप्ती गाउपालिकाका बासिन्दाले प्रत्यक्ष लाभ लिएका थिए ।

शिविरको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या, वातावरण तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले ग्रामीण स्तरमा गरिएको निशुल्क स्वाश्थ्य शिविरले स्थानिय वासिन्दाले प्रत्यक्ष लाभ लिन पाएको भन्दै खुशी व्यक्त गर्नु भयो ।

मन्त्री थारुले प्रदेश सरकारले स्वाश्थ्य क्षेत्रको विकास र जनतासम्म त्यसको पहुच पु¥याउने कुरालाई प्राथमिकताको सुचीमा राखेको उल्लेखगर्दै त्यसलाई व्यवहारमा उतार्नका लागि सबैको सहयोग जरुरी रहेको बताउनु भयो । उहाले स्वास्थ्यलाई नगरिकको मौलिक हकको रुपमा संविधानमा समावेश भएपनि त्यसको पहुचको हिसाबले अझ पूर्णता पाउन नसकेको बताउदै स्वास्थ्य क्षेत्रमा सुधार गर्नुृ पर्ने कुराहरु धेरै रहेको जिकिर गर्नु भयो ।

कार्यक्रमका विशिष्ठ अतिथि संविधानसभा सदस्य रश्मिराज नेपालीले रोटरी क्लबले आफ्नो उद्देश्य अनुसार समाज सेवामा देखाएको सक्रियताप्रति आभार व्यक्त गर्दै नागरिकको स्वाश्थ्य अधिकार स्थापित गर्न यसप्रकारका कार्यक्रमले थप बल प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । नेपालीले समाज र तल्लोवर्गको आवश्यक्ता र चाहानामा केन्द्रीत रहेर स्वास्थ्य शिक्षा र रोजगारको क्षेत्रमा राज्यले सामाजिक क्षेत्रका सघंसस्थाहरुसंग सहकार्य गरेर अगाडी बढ्न स्ुझाव दिनु भयो ।

कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रो. यादव भण्डारीले समुदाय केन्द्रीत कार्यक्रमले समाजसंग क्लबलाई जोडेर काम गर्ने अवसरमा प्राप्त भएको उल्लेख गर्दै मानिसको जिवनसंग जोडिएको स्वाश्थ्य क्षेत्रमा रोटरी र रोट्¥याक क्लबले सधै काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रो. विमल ढकालले सामाजिक सेवा भावले युवाहरुको सक्रियतामा यस प्रकारको काम क्लबले गर्दै आएको उल्लखे गर्दै स्वाश्थ्य शिविरको निरन्तरताका लागि स्थानियहरुले सधै चासो राख्नु पर्ने बताउनु भयो ।

सो अवसरमा स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. मुक्तिराम भण्डारीले रोटरीले बोकेको सेवा भावको पवित्र उद्देश्यलाई जनतासंग जोडेर अगाडी बढाउदै आएको उल्लेख गर्दै आगाडीका दिनमा सामुदायीक वनसंगको सहकार्यलाई निरन्तरता दिने जनाउनु भयो । उहाले प्रदेश राजधानी क्लबले कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने स्थानिय सहयागीहरुप्रति आभार व्यक्त गर्नु भयो ।

रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. सुमन वस्यालले रोटरी सेवा र अवसरबाट वञ्चित नागरिकहरुको सेवामा लाग्ने अन्तराष्ट्रिय संस्था भएको हुदा सामाजिक काममा जनतासंग मिलेर आफ्नो गतिविधि गर्दै आएको जनाउदै स्थानिय सहयोगी हातहरु र सेवा लिन आएका सर्वसाधरणहरुलाई धन्यवाद दिनु भयो ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. मुक्तराम भण्डारी र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. सुमन बस्यालको संयुक्त अध्यक्षता, मुक्ती पन्थीको सञ्चालनमा भएको कार्यक्रममा कुलपाली सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्मा, फर्मास्युटिकल एसोशीएसनका उपाध्यक्ष किरण ढकाल, डा. विनोद पौडेललगायत बोल्नु भएको थियो ।

स्थानिय जनशक्ति सामुदायीक वन उपभोक्ता समुह, लक्ष्मी सामुदायीक वन उपभोक्ता समुह, वनशक्ति सामुदायीक वन उपभोक्ता समुह र कुनलपानी युवा क्लबको सहयोगमा भएको शिविर स्त्रीरोग, हाडजोर्नी, दात, मानसिक, जनरल फिजिसियन तथा फिजिवथेरापी चिकित्सकहरुले चेकजाच गर्नु भएको थियो ।रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा अघल्लो वर्ष पनि सोही स्थानमा शिविर सञ्चालन गरिएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :