लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र प्रसाद खनालले नेपालमा कोरोना विशेष अस्पताल बनाएर संक्रमितको उपचार सुरु गर्ने पहिलो लुम्बिनी प्रादेशिक अस्पताल नै भएको वताए । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो तयारी सुरु गरेको थियो। कोरोना संक्रमण फैलिए कहाँ उपचार गर्ने भन्ने समस्या नआओस् भनेर अस्पतालले सुरुमै छुट्टै कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको खनालले बताए । डा खनालले अहिले लुम्बिनी प्रादेशिक अस्पताल,९६ जना कोरोना संक्रमितको सफल उपचार गरिसकेको वताए। अस्पतालबाट ९८ जना स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् भने २ जना कोरोना संक्रमित अझै उपचाररत छन्। हामीले कोरोना…
समाचार
प्रदेश ५सरकारको कोरोना उपचार कोषमा सूर्य नेपालको १ करोड
स्वास्थ्यसमाचार /प्रदेश सरकारले स्थापना गरेको कोभिड९१९ नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ प्रदान गरेको छ । सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले माननीय मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग रकमको चेक हस्तान्तरण गरे । मुख्यमन्त्रीले सहयोग रकम ग्रहण गर्दै कोरोना नियन्त्रण तथा उपचार कोषमा रकम प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगमा कोरोना विरुद्धको अभियान सफल हुने बर्ताए । सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले कोरोना विरुद्धको अभियानमा प्रदेश सरकारले देखाएको सक्रियतालाई साथ दिन यहाँ आएर सहयोग गरेको बताए ।
लुम्बिनी प्रादेशीक अस्पतालमा मेसु डा. राजेन्द्र खनालका ७ महिनामा ७ काम
स्वास्थ्यसमाचार /डा. राजेन्द्र खनाल लुम्बिनी प्रादेशिक अस्पतालमा मेसु भएपछि ७ महिनामा उल्लेखनिय ७ काम गरेका छन । प्रदेश ५ सरकारले डा. खनाललाई लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेपछि खनालले ७ महिनामा ७ उल्लेखनिय काम गरेको बताएका छन । अस्पतालमा दोश्रो पटक मेसु भएपछि खनालले यस क्षेत्रमा सरकार अस्पतालमा नभएको डायलासिस सेवा शुरु गरेको बताए । निजी अस्पतालमा यो सेवा भएपनि सरकारी अस्पतालमा नभएकोले लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो आफुले यो सेवा शुरु गरेको बताए । दोश्रो कामको रुपमा डा. खनालले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा अघि सारेपछि…
तिलोत्तमा नगरपालिकामा खुल्ला ब्यायमशाला बन्ने
स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा खुल्ला व्यायमशाला निर्माण हुने भएका छन् । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भैरहेको बेला तिलोत्तमाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायमशालाको अवधारणा ल्याएको हो । केही दिनभित्र वडा नं. ८ दीपनगर चोकमा पहिलो खुल्ला व्यायशाला निर्माण हुनेछ भने अन्य स्थानमा क्रमशः निर्माण गरिने नगरपालिकाले जनाएको छ । दीपनगरमा निर्माण हुने व्यायमशालाका लागि आवश्यक सामाग्री तथा उपकरणहरु आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ । विभागका महानिर्देश डा. बासुदेव उपाध्यायले शनिबार तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेलाई व्यायमशालामा आवश्यक सामाग्री हस्तान्तरण गरे । शारीरिक व्यायमको लागि चाहिने…
क्वारेन्टीनमा माक्स,ब्रस तुटपेस्ट,सेनिटाइजर वितरण
स्वास्थ्यसमाचार/ ट्राभल डेन्टिस्ट्री नेपाल र सिद्धबाबा डेन्टल फर्साटिकरले रुपन्देहीको शुद्धोधन ३ मा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेकाहरुलाई सर्जकल माक्स, ब्रस तुटपेष्ट र सेनिटाइजर वितरण वितरण गरेको छ। ट्राभल डेन्टिस्ट्री नेपाल र सिद्धबाबा डेन्टलले क्वारेन्टिनमा रहेकाहरुलाई ठण्थान माक्स,द्दण्ण् ब्रस, टुटपेष्ट र एउटा सेनिटाइजर वितरण गरेको हो। डा सन्तोष ढकाल र प्रविन न्यौपानेले वितरण कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने डाक्टर आशिष घिमिरेले कोरोनाबाट बच्ने उपाय र माक्स प्रयोग गर्ने तरिकाको विषयमा जानकारी दिनुभएको थियो। सिद्धबाबा डेन्टलका सञ्चालक हुमराज ढकालको अध्यक्षता,वडा न ३ का अध्यक्ष हेम बहादुर खड्काको…
लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना पिसीआर परिक्षण हुने
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना परिक्षण ल्याब सुरु भएको छ । एक कार्यक्रमका बिच प्रदेश ५का सामाजीक बिकास मन्त्री शुर्दशन बरालले उदघाटन गरे । लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितका अध्यक्ष सुर्य बहादुर भट्राईको अध्यक्षमा भएको उदघाटन समारोहमा अस्पताल मेसु डा राजेन्द्र खनाल नेकपाका नेता निर्मल जीसी नेपाली काग्रेसका नेता बिमल भट्राई अस्पतालका डा बिस्नु गौतम लगायले बोलेका थिए । प्रदेशमा कोरोना परिक्षणमा ढिलाई भएको बेला अस्पतालमा यो ल्याब सुरु भएपछि केहि सहज हुने भएको छ । अस्पतालका मेसु डा राजेन्द्र खनालले अब दैनीक २ सय सम्म कोरोनाको पिसीआर परिक्षण…
कोटहीमाई गाउँपालिकाले सरकारी बिद्यालयमा नर्स राख्ने
स्वास्थ्यसमाचार/ रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आर्थिक वर्ष ०७७ ०७८ को लागि छोरी बीमा विशेष योजना ल्याएको छ ।छोरा वा छोरी दुवै बराबरी भन्ने मुल नारालाई सार्थक बनाउने उद्देश्यले छोरी बीमा कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेले बताए । गाउँसभामा नयाँ कार्यक्रम ल्याईएको घिमिरेले बताए । उनले गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा सम्पूर्ण उपचारहरु निःशुल्क उपलब्ध गराइने ज्येष्ठ नागरिकहरुको उच्च रक्तचाप, क्यान्सर, मधुमेह, मुटु रोग, मृगौला सम्बन्धि रोग जस्ता स्वास्थ्य परीक्षण शिविर र सहायता सामाग्री वितरण कार्यक्रम समेत लागू गरिने कार्यक्रम ल्याएको बताए । त्यस्तै कोटहीमाई गाउँपालिका ५ मा रहेको…
लुम्बिनी प्रादेशिक अस्पतालमा शिशु स्याहार कार्यक्रम सुरु
स्वास्थ्यसमाचार / नवजात शिशु स्याहारमा गुणस्तर सुधार ल्याउने उद्देश्यले लुम्बिनी प्रादेशिक अस्पतालमा ‘सुसार’ परियोजना सुरु भएको छ । नबजात शिशु मृत्युदर घटाउने उद्देश्यले परियोजना शुरु गरिएको गोल्डेन कम्यूनिटी परियोजनाले जनाएको छ ।परियोजनाले आज पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको उदेश्यवारे जानकारी गराएका छन । परियोजनाले गुणस्तरीय सेवा सुधार अन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविधिहरु प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउने उदेश्यले परियोजना सुरु गरिएको आयोजक सस्था गोल्डेन कम्यूनिटीका श्रृजना शर्माले बताईन । प्रसुति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय…
यूएनएफपिएद्धारा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रजनन स्वास्थ किट हस्तान्तरण
स्वास्थ्यसमाचार /कोभिड १९ को परिपेक्षमा प्रजनन स्वास्थ्य सेवाको निरन्तरता लागि यूएनएफपिए (UNFPA) बुटवल कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालको माग अनुसार प्रजनन स्वास्थ्य किटहरु उपलब्ध गराएको छ। प्रजनन सेवा , प्रसुती सेवा संचालन गर्नकोलागी प्रजनन स्वास्थ्य किटहरु (RH kit 3, RH kit 6B, RH kit 8, RH kit 9) उपलब्ध गराएको छ। UNFPA बुटवल कार्यालयका प्रमुख राम थापाले उक्त सामग्रीहरु लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद खनाललाई हस्तान्तरण गरेका छन । हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई , प्रसुती बिभाग प्रमुख डा. श्रीधर आचार्य , अस्पताल स्टोरका इन्चार्ज…
रोटरीद्वारा स्वास्थ्य चौकीलाई १ करोड १८ स्वास्थ्य उपकरण प्रदान
स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा रोटरी क्लब अफ रुपन्देहीले वडा नं. १० सेमरा स्थित सेमराबजार स्वास्थ्यचौकीमा १ करोड १८ लाख ४७ हजार बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ । रोटरी इन्टरनेशनलको ग्लोबल ग्राण्ट प्रोजेक्ट अन्तर्गत् स्वास्थ्य चौकीमा प्रसुति गृह सञ्चालनको लागि क्लवले मेडिकल उपकरण सहयोग हो । चिकित्सकीय सेवा प्रदान हुँदै आएको सेमराबजार स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर समेत सञ्चालनमा छ । रोटरीले प्रदान गरेको मेडिकल सामग्रीमा यु.एस.जी., एक्स–रे लगायतका शल्यक्रियासँग सम्बन्धित सामाग्रीहरु समेत छन् । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा क्लवका अध्यक्ष सुरज खत्रीले स्वास्थ्य चौकी व्यवस्थापन समितिका…