दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबभत्ता दिन सकिँदैन :स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्रालयले दरबन्दी यकिन गरेरमात्र रिक्त दरबन्दीमा सहमति दिन सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले आज सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीको थप तलबभत्ताको व्यवस्था नगरिने स्पष्ट पारेको हो।

हाल कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरुको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ।

दोहोरो सहमतिअनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश, स्थानीय तहहरुले दरबन्दी रिक्त नभएका कारण हाजिर गराउन नसकिने भनी फिर्ता गर्ने गरेको र केही प्रदेश, स्थानीय तहहरुले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई सहमति दिई थप तलबभत्ता माग गर्ने गरेपछि मन्त्रालयले यस्तो परिपत्र गरेको हो।

सम्बन्धित शिर्षक :