गृहमन्त्री खाँणद्धारा लुम्बिनीमा १५ शैय्याको अस्पताल शिलान्यास

स्वास्थ्यसमाचार /रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक कार्यक्रमका बीच १५ शैय्याका अस्पतालको शिलान्याश गरिएको छ ।गृहमन्त्री वालकृष्ण खाँडले एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरेका हुन् ।

अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री वालकृष्ण खाँडले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकामा नगरप्रमुख मनमोहन चौधरीले अस्पताल निमार्ण सम्पन्न भैसकेपछि उपचार गर्न सहज हुने बताए । अस्पताल सञ्चालनमा आएपछि लुम्बिनीबासीका लागी उपचारमा सहज हुने भएको छ।

अस्पताल शिलान्यासमा लुम्बिनी प्रदेशका पर्यटन तथा ग्रामीण विकास मन्त्री माननीय डिल्ली बहादुर चौधरी, शिक्षा तथा खेलकुद मन्त्री माननीय वसिउद्धिन खान, लुम्बिनी प्रदेश सभा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक माननीय फकरुद्धिन खान, प्रदेश सभा सदस्य माननीय अष्टभुजा पाठक, लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका संस्थापक उपाध्यक्ष गोविन्द सुबेदी,नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलज्यु लगायतको विशिष्ट आतित्थ्यता, स्पेनिस पाहुनाहरु Dr.Marcos, Dr.Cecilia, Dr. Laura Dr. Leticia, Dr. Mercedes, Dr.Coloman, Dr. Juan Ramon, Mr. Carlos (आर्कीटेक्ट) संघ संस्थाका प्रमुख / प्रतिनिधि र समुदायको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयको स्वागत र जनस्वास्थ्य अधिकृत ध्रुवराज घिमिरेको सन्चालनमा सम्पन्न भएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :