चैत २५ गतेवाट बालबालिका लाई टाइफाइड विरुद्धको खोप दिइने

स्वास्थ्यसमाचार/ सरकारले आगामी चैत २५ गतेदेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । सरकारले आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म अभियानकै रुपमा १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने तयारी गरेको हो ।

खोप शाखाका प्रमुख सागर दाहालले खोप अभियान सञ्चालन हुनुअघि खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक काम गरिने बताए । नेपालमा १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप पहिलो पटक लगाउन लागिएको हो ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :