सन्तोष महतारा गुल्मी ८ फागुन गुल्मीको सदरमुकाम तम्घासमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ गरिएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रालिको आयोजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट शुभारम्भ गरिएको रेसुङ्गा हस्पिटल प्रालिका संचालक समिति अध्यक्ष श्री प्रसाद भलामीले बताए । तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ भन्दै विद्यार्थीहरुका लागी स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ गरिएको बताइएको छ ।विद्यालयमा बिद्यार्थि अत्याधिक बिरामी भइरहने भएकोले उनीहरुलाई प्राथमिक उपचार सम्बन्धि जानकारी गराउन यस्तो कार्यक्रम आयोजना गरिएको रेसुङ्गा हस्पिटल प्रा लिका संचालक समिति अध्यक्ष भलामीले जानकारी दिए । हरेक नागरिकले आफ्नो समस्या आफै पत्ता…
समाचार
स्वास्थ्य सेवाको पहुच बढाउन प्रत्येक पालिकाहरुमा अस्पताल मन्त्री बराल
स्वास्थ्यसमाचार/ कपिलवस्तु अस्पतालको नव निर्मित भवनको प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले उद्घाटन गरे । २०६९ सालमा निमार्ण सुरु गरिएको उक्त भबनको उदघाटन गर्दे मन्त्री बरालले स्वास्थ्य सेवाको पहुच बढाउन प्रत्येक पालिकाहरुमा अस्पताल निर्माण गरिने बताए । उनले एक पालिका एक अस्पतालको अवधारणा अघि बढेको बताउदै अस्पतालमा प्रर्याप्त मात्रामा औषधि, विभिन्न उपकरण, बर्थिङ सेन्टर, उपलब्ध गराउन प्रदेश सरकारले योजनावद्ध तरिकाले लागिपरेको बताएका छन । मन्त्री बरालले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रदेश सरकारले सरकारी अस्पतालको स्त्तोरन्ती गर्ने कार्य समेत अघि बढाएको बताए । सरकारी अस्पतालको भौतिक अवस्था…
रुपन्देही उद्योग संघ औषधी बस्तुगत समितिको संयोजकमा :लम्साल
स्वास्थ्यसमाचार /रुपन्देही उद्योग संघमा आवद्ध औषधी उद्योगीहरुको भेलाले औषधी वस्तुगत समिति गठन गरेको छ । संघका द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न औषधी उद्योगीहरुको भेलाले नेपाल रेमिडिज प्रा.लि.का देवनाथ लम्सालकोे संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । गठित समितिको सह संयोजकमा समिरा कटन उद्योगका इरसाल वली सलमानी, सचिवमा सिफेस होम एण्ड हेल्थ केयर प्रा.लि.का गंगा प्रसाद पन्थी सदस्यहरुमा ज्ञवाली आयुवेर्दिक औषधी उद्योगकी कल्पना ज्ञवाली केयर हर्बल प्रोडक्ट प्रा.लि.का नारायण सापकोटा, बायोगन रेमेडिज प्रा.लि.का कमला घिमिरे र निम आयुर्वेद फर्मास्यूटिकल्सका धर्म भण्डारी चयन भएका छन। भेलाले समितिको सल्लाहकारहरु समेत…
प्राकृतिक चिकित्सालाई प्रदेश सरकारको प्राथमिकता : मन्त्री बराल
स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ चारपाला स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालय संञ्चालनमा आएको छ । प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपालाद्धारा संञ्चालित योग तथा प्राकृतिक चिकित्सालय औपचारिक रुपमा संञ्चालनमा आएको हो । चिकित्सालय को प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले चिकित्सालयको उद्धघाटन गरे । मन्त्री बरालले रोगीलाई निरोगी बनाउन र निरोगीलाई दीर्घजीवी बनाउने हेतुले संञ्चालित चिकित्सालयले औषधीय उपचारबाट निरास बनेका बिरामीलाई सजिलैसग उपचारमा सघाउ पुयाउने बताए । उनले चिकित्सालय सगै प्राकृतिक चिकित्सालाई पनि प्रदेश सरकारले प्रथामिकताका साथ अगाडि बढाएको बताउँदै हरेक प्रकारका औषधी उपचारहरु जनताको…
हात्तीपाइले निवारण अभियानमा म्याद गुज्रिएको औषधी फेला
स्वास्थ्यमाचार/ वाकेमा हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधी नै म्याद गुज्रेको भेटिएको छ।बाकेको डुँडुवा गाउँपालिकाको वार्ड नम्बर २ बाढी गाउँमा खुवाइएको औषधी तीन महिनाअघि नै म्याद सकिएको भेटिएको हो। स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधी बिरामीलाई खुवाएको भन्दै प्रदेश सभाको बैठकमा सांसदले आपत्ती जनाएका छन्। बाँकेका सांसद विजयबहादुर यादवले कर्मचारीले नै सर्वसाधारणको स्वास्थ्य जोखिम हुने गरी औषधी खुवाएको भन्दै कारबाही गर्न सरकारसँग माग गरे। ‘गाउँपालिकाका स्वास्थ्य इन्चार्ज गैरजिम्मेवार देखिए, सरकारले तत्काल कारवाही गर्नुपर्छ, उनले संसदबाट माग गरे। स्वास्थ्य इन्चार्जले ‘माथिबाट नै यस्तै औषधि पठाएको भन्दै पन्छिएको उनले बताए।हात्तिपाइले निवारणको लागि बाँके, बर्दिया,…
लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टअपरेटिभ वाड सुरु
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा २७ बेडको नया पोष्टअपरेटिभ वाड संञ्चालन भएको छ। आज एक कार्यक्रमका बिच लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राई र अस्पतालका मेसु डा राजेन्द्र खनालले पोष्टअपरेटिभ वाडको उदघाटन गरे । उदघाटन समारोहमा वोल्दै अस्पताल बिकास समितिका अध्यक्ष भट्राईले अस्पतालको सेवा बिस्तार संगै उपचारमा आउने बिरामीलाई सहज सेवा दिने वातबरण श्रृजना गदै जाने बताए । उदघाटनमा अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले अस्पतालको सेवा बिस्तार संगै नया सेवा सुचारु गर्देजाने बताए । आज संञ्चालनमा आएको पोष्टअपरेटिभ वाडमा पाल्पाका २८ बर्षिय जानकी पल्लीलाई सेवा दिईएको अस्पतालका…
रुपन्देहीका औषधी ब्यवसायी कोरोना भाईरस बिरुद्ध अभियानमा
स्वास्थ्यसमाचार /रुपन्देहीका औषधी ब्यवसायीहरु कोरोना भाईरसको वारे जनचेतनामुलक अभियान शुरु गरेका छन । रुपन्देही औषधी ब्यवसायी संघले एक कार्यक्रमको आयोजना गरि अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ तथा प्रमुख मेडिकल सुपरिटेन्ड डा. राजेन्द्र प्रसाद खनाललाई स्वागत तथा बधाई कार्यक्रम तथा कोरोना भाईरस बिरुद्ध सचेतना कार्यक्रम सुभारम्भ गरेको हो । कार्यक्रमका लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई र सदस्य रिज्जु श्रेष्ठ तथा प्रमुख मेडिकल सुपरिटेन्ड डा राजेन्द्र प्रसाद खनाल, संघका अध्यक्ष सुरज भट्टराई, विशेष सल्लाहकारहरु रामप्रसाद खरेल, खेम पुन, डा रोहितराज क्षेत्री, लोकहरि श्रेष्ठ, संघका अञ्चल शाखा अध्यक्ष…
हेलिप्याड सहित सुबिधा सम्पन्न बन्दै लुम्बिनी प्रादेशिक अस्पताल
स्वास्थ्यसमाचार / बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन १० तलाको निर्माण हुने भएको छ । नयाँ भवन निर्माणका लागि सरकारले गुरुयोजना निर्माणको काम गरिरहेको छ । प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना निर्माणको काम अन्तीम चरणमा पुगेको छ । नयाँ बन्न लागेको गुरुयोजना तथा आधुनिक भवनको ड्रोईङ र डिजाइनबारे शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको छ । छलफलमा मुख्यमन्त्री शंकर पोखरेल सहित आन्तरिक मामिला तथा कानुन, भौतिक पुर्वाधार, सामाजिक बिकास मन्त्री तथा बुटवल उपमहानगरपालिकाका प्रमुख, योजना आयोगको उपाध्यक्ष, मुख्य न्यायधिबत्ता, प्रमुख सचिव, लुम्बिनी प्रादेशिक…
औषधी खरिदको टेण्डरमा कुरा नमिल्दा ठेकेदारहरु बिच कुटाकुट
स्वास्थ्यसमाचार /जिल्ला अस्पताल पाल्पाको औषधी खरिद सम्बन्धी टेण्डरको विषयलाई लिएर केही ठेकेदारहरु बीच कुटाकुट भएको छ । शुक्रबार बिहान १० बजे टेण्डर हाल्न गएका व्यवसायीहरुलाई रोक्ने क्रममा एक आपसमा कुरा नमिल्दा कुटाकुट भएको प्रत्यक्षदर्शीले बताए । कुटाकुटबाट १ जना व्यवसायी घाइते भएका छन। कुट्ने व्यवसायी फरार भएको र प्रहरीले उनलाई खोजिरहेको छ । प्रहरीका अनुसार घाइते व्यवसायीको प्राथमिक उपचार भएको छ । सो घटनामा संलग्न को–को हुन यस विषयमा प्रहरीले खुलासा गरेको छैन । अहिले तानसेनका ठाउँ–ठाउमा प्रहरी सक्रिय भएर गस्ती गरिरहेको छ ।
बुटवलमा एकै दिन ७ हजार वालवालिकालाई खोप र पोलियो थोपा
स्वास्थ्यसमाचार/ बुटवलमा एकै दिन झण्डै सात हजार जनालाई दादुरा–रुबेला खोप तथा पोलियो थोपा खुवाइएको छ । विभिन्न आठ वटा केन्द्रहरुमा गरी यो संख्यामा खोप र पोलियो थोपा खुवाइएको बुटवल उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखाले जनाएको छ ।तीन हजार सात सय जनालाई दादुरारुवेला र तीन हजार आठ सय जनालाई पोलियो थोपा खुवाइएको छ । पहिलो दिनको अभियानमा नै उत्साहजनक सहभागिता आएको छ । बुटवलका प्रमुख शिवराज सुवेदीले बुटवल वडा नं. ११ देवीनगरस्थित नवीन माविमा रहेको केन्द्रमा खोपको सामग्री हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरे । त्यसअवसरमा उनले प्रभावकारी र सहज तरिकाले…