५० वर्ष माथिका नागरिकको मिर्गौला,कलेजो, मुटु रोगको परीक्षण नि:शुल्क गर्ने

स्वास्थ्यसमाचार/ सरकारले मिर्गौला, कलेजो, मुटु लगायतका रोगको नियमित परिक्षण सरकारले निस्शुल्क गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्वास्थ्य मन्त्रीका प्रेस सल्लहाकार शान्तराम विडारीले जानकारी दिनुभयो ।

मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गर्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । स्वास्थ्य सेवा दिवश २०७८ को अवसर पारी मन्त्री खतिवडाले यस्तो घोषणा गर्नुभएको थियो । मुख्य सचिव शंकरदाश बैरागीले पनि अंगदान गर्ने घोषणा गर्नुभएको थियो ।

यस्तै मन्त्रिपरिषद् बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई समेत स्विकृत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको छ ।

सम्बन्धित शिर्षक :