राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीले मनायो १८औ स्थापना दिवस

स्वास्थ्यसमाचार /राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले लुम्बिनीले १८औं स्थापना रक्तदान र अन्तक्रिया गरि मनाएको छ । कपिलबस्तुको बिजयनगर गाउँपालिकामा खुल्ला रक्तदान तथा प्रस्ताबित निजामति ऐनमा समेटनु पर्र्ने स्वास्थका विषयहरुको वृहत अन्तक्रिया गरेको हो।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष चिन्तामणि ज्ञाबलीको अध्यक्षता पुर्ब स्वास्थ्यमन्त्रि बिष्णु पन्थीको प्रमुख आतिथ्यमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सचिब खगराज पोखरेलको बिशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी बिष्णु पन्थीले हालको स्वास्थ्य नितिमा परिबर्तन गरि जनाताले अनुभुति गर्ने गरि बिकट क्षेत्रमा स्वास्थ्यसेवा सहज तरिकाले पुराउनु पर्ने बताउनु भयो।

उहाले आफुले छोटो समयमा केहि नबिनतम कामको सुरुवात गरेको समेत बताउनु भयो। अन्तक्रिया कार्यक्रममा बाल्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सचिब खगराज पोखरेलले प्रस्ताबित निजामति ऐनमा समेनुपर्ने स्वास्थका बिषयमा सुझाब दिईसकेको र प्रस्ताबित निजामति ऐनमा हालै पाईरहेको सुबिधालाई निरन्तता दिनु र घटाउन नहुने बताउनु भयो।

सचिब पोखरेलले समायोजन भएको स्वास्थ्यकर्मीको बिभेद तत्काल सच्चाउनु पर्ने र लामो समयदेखी तलव नपाएका स्वास्थ्यकर्मीलाई तुरुन्त तलब उपलब्ध गराउन माग गर्नु भयो।कार्यक्रममा प्रदेश संसद अर्जुन केसी बिजय नगरगाउँपालिकाका अध्यक्ष गोपाल थापा उपाध्यक्ष लक्ष्मी चौधरी नेपाल रेडक्रम जिल्लाका कोषाध्यक्ष पेसागत महासंघ, प्राविधिक संघ जिल्ला प्रदेशका का नेताहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा संगठनले सेवा वाह निवृतीभरण लिनुभएका प्रदेश समितिका सदस्यहरुलाई सम्मान गरेको थियो । उक्त कार्यक्रम ४१ पोका रगत संकलन भएको र रक्तदानमा प्राविधिक सहयोग रेडक्रस शाखा संकलन गरेको छ।

कार्यक्रमकोे राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीका उपाध्यक्ष शरस्वती भन्डारीले संञ्चालन गर्नु भएको थियो। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले लुम्बिनीका बिभिन्न जिल्लामा बिभिन्न कार्यक्रम गरी १८औं स्थापना दिवस मनाएको छ ।

सम्बन्धित शिर्षक :