Now, PCR test will cost only Rs 2,000

Swasthyasamachar/ The government has reduced the price for the Polymerase Chain Reaction (PCR) test amid increasing number of coronavirus cases in the country. Speaking at a regular press briefing, Dr Jageshwor Gautam, Spokesperson at Ministry at Health and Population informed that the test will be conducted with the maximum price of Rs 2,000 in all government and private laboratories. Earlier, the price of the test was Rs 4,400.

सरकारी तथा निजी प्रयोगशाला पिसिआर परीक्षण शुल्क २ हजार

स्वास्थ्यसमाचार /सरकारले सबै अस्पतालमा पिसिआर परीक्षणको शुल्क घटाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अन्तराष्ट्रिय र राष्ट्रिय बजारमा पिसिआर परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै नेपालमा पनि सहज र सस्तो मुल्यमा पाउन थालेपछि परीक्षण शुल्क घटाइएको वताए । देभभर ११ निजीसहित ४७ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुन्छ। जसमध्ये उपत्यका २ र सात प्रदेशमा एक एक प्रयोगशाला र ११ निजी प्रयोगशालामा सःशुल्क कोरोना परीक्षण हुन्छ। कन्ट्याक्ट…

लुम्बिनी प्रादेशिक अस्पतालले २५ सयमै कोरोना पीसीआर गर्ने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना पीसीआर परिक्षण २५ सयमा गर्ने भएको छ । यसरी परीक्षण गरिएकाको रिपोर्ट सोही दिन दिइनेछ ।परीक्षण क्षमता वढाएर दैनिक ४र५ शयको परीक्षण गर्न सकिने छ । विरामी, उच्च जोखिममा परेकाहरूको हकमा निशुल्क परीक्षण गरिने र उनीहरूको हकमा २४ घन्टाभित्र रिपोर्ट दिइने छ । यसवाहेक सिकिस्त वा डाक्टरले आवश्यक छ भन्ने लागेमा त्यस्ता व्यक्तिको हकमा पनि साविक वमोजिम हुने कुरा अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । यस अघि पहिलो पटक रु ५५ सयमा परीक्षणभएको थियो भने पछिल्लो समय रु ४४ सय रहेकोछ । २५…

तिलोत्तमामा स्वास्थ्य संस्था भवन उद्घाटन र शिलन्यास

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुक्रबार एउटा सहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन र अर्को स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको छ । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन उद्घाटन र करहिया स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको हो । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं. ७ को दल्कामा बनेको छ भने करहिया स्वास्थ्य चौकीको भवन वडा नं. ८ को ज्योतिनगरमा निर्माण हुन थालेको छ । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा सहरी स्वास्थ्य केन्द्र निर्माणको काम भैरहेको छ । हालसम्म तिलोत्तमाका दश वटा वडामा सरकारी…

नवलपरासी पश्चिमका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

स्वास्थ्यसमाचार/ बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत नवलपरासी पश्चिमका सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको छ । अस्तालमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार विहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले वताए । कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेखछ । योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले सबै कर्मचारीको कोरोना विमा गरिदिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले आफना सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने भएको छ ।आज एक सुचना प्रकाशित गरि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने अस्पतालले जनाएको छ । अस्पतालले ३ दिन भित्र आफना कर्मचारीको सबै बिबरण मागेको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले कोरोना महामारी रुपलिन थालेपछि अस्पताललका सबै चिकित्सक स्वास्थ्यकर्मि अस्थायी ज्यालादारी सबैको बिमा गरिदिने निर्णय गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले सम्म चिकित्सक नर्स तथा अन्य कर्मचारी गरि ३२ जनामा कोरोना संक्रमण देखीएको अस्पतालले जनाएको छ ।

गौतमबुद्ध मुटु अस्पतालले ४ सय २६ मिर्गौलाका विरामीको निःशुल्क कोरोना बीमा गरिदिने

स्वास्थ्यसमाचार / बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका विरामीहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका विरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनिहरुलाई केहि भएपनि आर्थिक राहत होस् भनी निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसंग सम्झौता गरी निःशुल्क रुपमा एक लाखको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको बताए ।कोभिड १९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका विरामीहरुको मनोबल बढाउन सघाउ पुग्ने आलमले बताए ।…

कोरोनाको कारण देखाउदै रुपन्देहीका ५ पालिकामा नियमिति खोप बन्द

स्वास्थ्यसमाचार / रुपन्देहीका पाँच स्थानीय निकायले संघिय र प्रदेश सरकारको निर्णय उल्घन गरि आफनो निर्णय लागु गरि बालबालिको खोपलगाउने अधिकारलाई बञ्चीत गराएका छन। संघिय सरकार र प्रदेश सकारले वालबालिका लाई खोप लगाउने कार्यलाई निरन्तरता दिन सबै जिल्ला स्थानिय र नगर लाई परिपत्र गरेको थियो । सरकारको परिपत्रलाई उल्लघन गदै रुपन्देहीका ५पालिका तिलोत्तमा नगरपालिका सैनामैना नगरपालिका कञ्चन गाउँपालिका ओमशतिया गाउँपालिका र रोहणी गाउँपालिका ले खोप सेवा बन्द गरेका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार तिनगरपालिका गाउँपालिका लाई खोप नरोक्न आग्रह गर्दा समेत गाउँपालिकाले नमानी आफनो निर्णय गरेर बन्द गरेको जनाएको…

बुटवलमा सडक बेसाहराको उद्धार र निशुल्क पिसिआर परीक्षण

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीहरुको उद्धार गरि निशुल्क पिसिआर परीक्षण थालेको छ । बुटवललाई सडकमानवमुक्त घोषणा गरिसकिएको छ । घोषणा गरेयता सडकमा फेला पर्ने कुनै पनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिंदै आएको छ । आफन्त विहिन भएर सडकमा बेबारिसे जीवन बिताएका बेसाहराहरुलाई कोरोना संक्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उदेश्यले पिसिआर परीक्षण शुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले वताए । लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसाहराहरुको उद्धार गरि बुटवल स्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले वताए । यसमध्ये आठ जनाको पिसिआर…

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआइसीयू सेवा बन्द

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकमी लाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द भएको छ । एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनआइसीयू सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। केही दिन अघि एनआइसियु सेवामा काम गर्ने ५ जनामा कोरोना देखिएकोमा आज थप २ जनाको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए । उनका अनुसार त्यसरी संक्रमित हुनेहरुमा नसिंड स्टाफ र सहयोगीहरु हुन् । एनआइसियूमा ८ बेड रहेका छन् । अस्पतालले सूचना निकालेर एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना…