प्रदेश र स्थानीय तहसंग संमन्वयकारी भूमिका निर्वाह गर्दै आएका छौं :गौरव ढकाल

प्रमुख, स्वास्थ्य कार्यालय रुपन्देही

प्रदेशकोे स्वाथ्य मन्त्रालय अन्र्तगत अहिले जिल्लामा स्वाथ्य कार्यालयहरु रहेका छन् ।साविक संघीयता पुर्व जिल्ला जनस्वाथ्य कार्यालय रहेकोमा अहिले प्रत्येक जिल्लामा ‘स्वाथ्य कार्यालय’ रहेका छन् ।

लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम

रुपन्देहीमा करिव डेढ बर्ष देखि स्वाथ्य कार्यालय रुपन्देहीको नेतृत्व संहालेका छन् बरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालले स्वाथ्य कार्यालय रुपन्देहीमा गरेका कार्यहरु र पछिल्लो समयमा चर्को गर्मीको कारण आउन सक्ने समस्या र समाधानका उपायहरुको विषयमा गरिएको कुराकानी ।
स्वाथ्य कार्यालय रुपन्देहीले के कस्ता काम गरिरहेको छ ?

-हामी जिल्लामा संमन्वयको काम गर्ने कार्यालय हौं । प्रदेशको स्वाथ्य मन्त्रालय अन्र्तगत जिल्लामा स्वाथ्य कार्यालयहरु स्थापना भएका छन् । सोही अनुसार हामीले प्रदेश सरकार, स्थानीय तहका विचमा संमन्वयकारी भूमिका निर्वाह गर्दै एउटा पुलको काम गर्दै आएका छौं । स्थानीय पालिका र जिल्ला स्वाथ्य कार्यालयको विचको सम्बन्ध प्रगाढ रहेको छ ।

जिल्लामा हाल सम्म के के काम भए ?

– हामी जिल्लामा आएपछि पूर्ण खोप जिल्ला घोषणा गर्न सफल भएका छौं । यसको अलवा पूर्ण कोभिड खोप सुनिश्चित जिल्ला समेत भएर हामीले काम गरेका छौ । यसको अलवा कोरोना पछिको अवस्थामा पनि हामी ले सिमा नाकामा निरन्तर टिबी, एचआईभीको परिक्षण गर्दै आएका छौ ।

प्रदेशमा अहिले सिकलसेल एनोमिया को जाँच २ वटा अस्पतालमा निःशुल्क सुरुवात गरेका छौं । खासगरी थारु समुदायका व्याक्तिहरुमा बढि मात्रामा देखिएको यो रोगको लागि प्रदेश सरकारको सहयोगमा हामीले दुई वटा अस्पतालमा यो जाँच सुरुवात भएको छ । भिम अस्पताल भैरहवा र लुम्बिनी प्रादेशिक अस्पतालमा यो जाँच हुदै आएको छ ।यसको अवमा हामीले परिवार नियोजनको नियमित काम हुदै आएको छ ।

विपतका बेलामा के केस्ता काम भए ?

हामीले बेलहिया नाकामा कोभिडको जाँच, टिभीको जाँच, मेलेरिया जाँच गर्दै आएका छौ । कोभिडको बेलामा पालिकाहरुको संमनवयमा हामीले कोभिड खोप व्यवस्थापन सहितका खोप प्रदानका काम समेत गर्दै आएका छौं ।

गर्मीको समयमा फैलने रोगहरुको कमगर्न हामीले के के काम गरेका छौ ?

–हामीले गर्मीको समयमा के कसरी बच्ने भन्न्ने विषयमा सूचना मुलक सन्देश प्रकाशन, प्रशासनको काम गर्दै आएका छौं । जिल्लामा बजेट अभाव रहेको छ हामी सम्बन्धीत पालिकाहरु संगको सहकार्यमा सन्देश निर्माण गरेर प्रदान गर्ने उहाँहरुले चै प्रकाशन, प्रशारण गर्दै आएका छौं । विपत व्यवस्थापन समितिको बठक बसेर यो विषयमा हामीले प्रकाशन गरेका छौ ।

गर्मीको कारण महामारी फैलिएमा कसरी गर्ने ?

हामी संमन्वयकारी भूमिका निर्वाह गर्दछौ, पालीकाहरुको संमन्वयमा हामीले जिल्ला विपत समितिको बैठकबाट पालिकाहरु मार्फत संमन्वयकारी भूमिका निर्वाह गर्ने र सम्बन्धी प्रदेश र स्थानीय स्तरका हस्पिटलहरु संग संमन्वय गर्दै जाने छौ ।

गर्मीमा आउने समस्या कसरी समाधान गर्ने ?

गर्मीमा हामी सबैलाई घमौराले अति नै सताउँछ । तराईका जिल्लाहरुमा त घमौराले झन् बढि दुःख दिन्छ । वास्तवमा गर्मीमा पटक–पटक पसिना आउँदा शरीरका रोमछिद्रहरु बन्द हुन्छन् । त्यसले छालामा स–साना दानाहरु देखा पर्छ । त्यसैलाई हामी घमौरा भन्छौं । शरीरमा घमौरा आउने बित्तिकै आत्तिनु हुँदैछ । यसबाट जोगिने उपायहरु पनि छन् ।प्रदेश र स्थानीय तहसंग संमन्वयकारी भूमिका निर्वाह गर्दै आएका छौं :गौरव ढकाल

घमौराबाट बच्नका लागि घाममा धेरै बेर बस्नु हुँदैन । घर बाहिर काम गर्नु पर्दा सकेसम्म छायाँ अथवा छहारीमा बसेर काम गर्ने प्रयास गर्नु पर्छ । आफ्नो शरीरलाई सकेसम्म भिजाउने प्रयास गर्नु पर्छ । सुती अथवा लिनेनको लुज फिटिङ पहिरन लगाउनु पर्छ, यस्तो पहिरनले शरीरमा आउने पसिनालाई सोस्छ ।

यसका साथै केही घरेलु उपाय अपनाएर समेत घमौराबाट छुटकारा पाउन सकिन्छ । मुलतानी माटोमा गुलाबजल र थोरै पानी मिसाएर पेस्ट बनाउने र त्यसलाई घमौरा आएको स्थानमा प्रयोग गर्ने र सुकेपछि पानीले धुने । यसबाट घमौरा चाँडै निको हुने गर्दछ । दोस्रो उपाय पनि छ । निमको पात पिसेर त्यसको लेप प्रयोग गर्दा पनि घमौराबाट आमार मिल्छ । यसबाहे नुहाउने पानीमा तीन टेबुल स्पुन बेकिङ सोडा मिसाएर नुहाउँदा पनि घमौरा बिसेक हुन्छ । यसबाहेक बेसनको पेस्ट बनाएर घमौरा आएको ठाउँमा लगाउँदा पनि आराम मिल्न सक्छ ।

डिहाइड्रेसन

गर्मीमा धेरै पसिना आउनाले अथवा शारीरिक क्रियाकलाप बढि हुनाले हामीलाईः डिहाइड्रेशनको समस्या हुन्छ । टाउको दुखाई, थकान, घाँटी अथवा ओठ सुक्नु, पिसाबको रंग परिवर्तन हुनु, हात ख्ट्टाको दुखाई, रिंगटा लाग्नु आदि डिहाइड्रेसनका लक्षणहरु हुन् ।

डिहाइडे्रसनबाट बच्नका लागि प्रसस्त मात्रामा पानी पिउनु पर्छ । काममा व्यस्त हुनुहुन्छ भने पनि कामको बीच–बीचमा पानी पिउनु पर्छ । ब्यायाम गरिरहनु भएको छ भने पनि प्रत्येक बीस मिनेट पछि पानी पिउनु पर्छ । हरेक दिन कम्तिमा ४–५ ग्लास कागती पानी पिउनु पर्छ । बालबालिकालाई त झन् छोटो अवधिकै ग्यापमा पानी अथवा फ्रुट जूस दिनु पर्छ । डिहाइडे्रसनबाट बच्नका लागि चिया तथा कफि र सोडाबाट टाढै रहनु पर्छ ।

त्यसो त केही घरेलु उपायद्वारा पनि डिहाइड्रेसनबाट छुटकारा पाउन सकिन्छ । त्यसका लागि एक कप पानीमा एक चिया चम्चा सोठ पाउडर मिसाएर दिनमा ३–४ पटक सेवन गर्नु लाभदायक हुन्छ । यसकाहेक दिनमा ४–५ पटक कागती पानी र नरिवल पानी पिउनुपर्छ । शरीरमा पोटासियमको कमीलाई पूरा गर्नका लागि केरा लाभदायक हुन्छ ।

यसका साथै पानीकोे मात्रा धेरै भएका फलहरू जस्तै खरबुजा, तरबुजा, स्ट्रेवेरी, काक्रो आदि खानुपर्छ । डिहाइड्रेशनलाई कम गर्नका लागि स्याउ र सुन्तलाको जुस पिउनुपर्छ ।

आँखाको समस्या
गर्मी मौसममा एलर्जी तथा संक्रमण सम्भावना बढि हुन्छ । त्यसले आँखामा कन्जक्टिभाइटिस हुन्छ । आँखा रातो हुनु, सुन्निनु, चिलाउनु तथा चिपचिपाहट हुनु यसको लक्षण हो । यो समस्याबाट जोगिनका लागि घामबाट जोगिनु पर्छ ।

घाममा जानै परेमा गगल्सको प्रयोग गर्नु पर्छ । हातलाई प्रायः सफा राख्निु पर्छ, त्यसका लागि एन्टिसेप्टिक साबुनले हात धुनु पर्छ । राम्ररी निद्रा पु¥याउनु पर्छ । निद्रा पूरा नभएमा रोग प्रतिरोधामक क्षमता कमजोर हुन जान्छ, जसका कारण शरीरमा इन्फेक्सनसँग लड्ने क्षमता कम हुन्छ ।
आँखामा समस्या उत्पन्न भएमा बालबालिकालाई आमाको दुधको २–३ थोपा उसको दुबै आँखामा प्रयोग गर्नु लाभदायक हुन्छ । बाख्रा अथवा गाईको काँचो दुधको केही थोपा आँखामा प्रयोग गर्नाले पनि यो इन्फेक्सन चाँडै निको हुने गर्छ । काँचो आलुलाई काटेर आँखामा प्रयोग गरेमा आँखा सुन्निएको निको हुन्छ ।

किन लाग्छ लू ?
गर्मीको कारण धेरै पसिना बग्छ । शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान बृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु लू लाग्ने एउटा कारण हो ।

के हुन्छ समस्या ?
जब शरीरमा पानी र नुनको मात्रा घट्छ, रगतको तापमान बढ्छ, टाउको भारी हुन्छ । नाडीको गति बढ्छ । रगतको गति पनि तिब्र हुन्छ । श्वासप्रश्वासको गति असामन्य हुँदै जान्छ । हात, खुट्टा र तालुमा जलन बढ्छ । आँखामा पनि जलन बढ्छ । यसले गर्दा अचानक बेहोस हुन्छ र मृत्यु हुन पुग्छ ।

कसरी जोगिने त ?
–पटक–पटक पानी पिउने, खाली पेट नबस्ने, बाहिर निस्कदा टाउको, कान र गर्दन ढाक्ने तौलिया ओड्ने, प्याजको रस खाने
– संभव भएसम्म मध्यन्हको चर्को गर्मीमा घर बाहिर निस्कनु हुँदैन । यदि घरबाहिर जान परे टाउको र गर्दनमा तौलियाले ढाक्नुपर्छ ।
– पटक पटक पानी पिउनुपर्छ, ताकि शरीरमा पानीको अभाव नहोस् ।
– गर्मीको समयमा सुपाच्य खानेकुरा खानुपर्छ । बाहिर गएको बेलामा खाली पेट हुनुहुन्न ।
– नरम, मुलायम सूतीको कपडा लगाउनु पर्छ ।
– चिसो खानेकुराको सेवन गर्नुपर्छ । मौसमी फलको सेवन एकदमै लाभदायक हुन्छ ।
– यतिबेला प्याजको सेवन पनि राम्रो हुन्छ ।
– घरबाट बाहिर निस्कदा छाता ओड्नुपर्छ ।
– घरबाहिरबाट आउनसाथ तुरुन्तै पानी पिउनु हुँदैन ।

लू लागेमा के गर्ने ?

– यदि लू लागेमा तुरुन्तै चिकित्सकहाँ पु¥याउनु पर्छ । त्यसअघि केहि प्राथमिक उपचार गर्न सकिन्छ ।
– बिरामीलाई खुला र चिसो हावामा आरम गर्न दिनुपर्छ ।
– बिरामीको शरीरमा अधिक तापमान भए चिसो पानी वा बर्फले पट्टी गरिदिनुपर्छ ।

– बिरामीलाई तुरुन्तै प्याजको रसमा मह मिसाएर दिनुपर्छ ।
– बर्फ पानी पिउन दिनु हुँदैन । बरु, कागती पानी पिउन दिनुपर्छ ।
– बिरामीको शरीरमा तीन चार पटक चिसो भिजाएको कपडा राखिदिनुपर्छ ।

घरेलु उपचार विधी के छ ?
– धनियालाई पानीमा भिजाएर राख्ने । त्यसलाई राम्ररी पिसेर छान्ने । उक्त पानीलाई चिनीमा मिलाएर पिउनुपर्छ ।
– खरबुजा, कांक्रा जस्ता पानीको मात्रा बढी भएको फलफूल, सब्जी सेवन गर्नुपर्छ ।
– पानीमा ग्लोकोज मिाएर पिउने गर्नुपर्छ ।
– कागतीको सर्बत बनाएर पिउनुपर्छ ।

 

 

 

सम्बन्धित शिर्षक :