दाङको बंगलाचुली गाउँपालिकामा १५ जनामा दादुरा भेटियो

स्वास्थ्यसमाचार/ दाङको बंगलाचुली गाउँपालिका हासीपुरमा दादुराको प्रकोप देखिएको छ । गाउँमा करिब १२/१५ जनामा दादुरा रोग देखिएको स्वास्थ्य कार्यालय दाङमा निमित्त प्रमुख डम्बर कँवरले बताए । उनका अनुसार गाउँमा करिब १५ जनामा दादुरा देखिएको थाहा पाएपछि डब्लुएचओका चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको टोली फिल्डमा गएर उपचार गरिरहेका छन् ।

बर्दिया, कपिलवस्तुमा पनि केही मात्रामा देखिएको थियो । विशेषगरी दाङमा अलि बढी देखिएको थियो । अहिले फेरि बंगलाचुली गाउँपालिकाको हासीपुर गाउँमा दादुरा देखिएको छ । दादुरा देखिएकोमा कोही गम्भिर बिरामी र कोही निको भएको अवस्थामा हामीले थाहा पाएपछि चिकित्सकसहित स्वास्थ्यकर्मीहरू टोली खटिएको छ ।

कोहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर उपचार भइरहेको छ ।’ उनका अनुसार त्यस गाउँ पूरै दादुरा ग्रस्त भइसकेको अवस्थामा थाहा पाइएको थियो ।विगत ३ दिनदेखि डब्लुएचओका डाक्टरसहित स्वास्थ्यकर्मीको टिम परिचालन भइरहेको छ । जिल्लाका घोराही, बंगलाचुली, राप्ती, लमही, राप्ती र गढवामा २५ गतेदेखि २९ गतेसम्म खोप लगाउने अभियान शुरु गरिएको समेत उनले बताए । जिल्लामा दुई चरणमा यो अभियान सफल बनाउनको लागि काम भइरहेको बताए ।

जसमा तुलसीपुरदेखि पश्चिमका ३ वटा गाउँपालिकामा अभिमूखिकरण भइरहेको उनको भनाई छ । यस्तै जिल्लामा गत आर्थिक वर्षमा २९ जनामा दादुरा देखिएको थियो । ति मध्य घोराही र तुलसीपुर उपमहानगरपालिकामा देखिएको उनले बताए ।

उनले भने,‘एकातिर स्वास्थ्यकर्मीहरू यो खोप अभियानलाई सफल बनाउन लागि परिरहेको अवस्था छ । अर्कातिर जिल्लामा दादुराको रोग फैलिएको कारणले चुनौति थपिएको छ । बंगलाचुलीमा फैलिएको दादुराका कारण आँखा निकै असर परेको अवस्था रहेको थियो । यो दादुरा–रुबेला अति घातक रोग हो । यसले बिरामीलाई सिकिस्तपनमा ल्याएमा यसले धेरै जोखिम उत्पन्न गर्छ ।’ यस्तै जिल्लामा गर्मीका कारण विद्यालयहरू बन्द भएको भन्दै उनले यो अभियान सञ्चालन हुँदासम्म विद्यालयहरू बन्द नगर्न समेत आग्रह गरे ।

जिल्लामा खोप अभियान सफल पार्न सबैले प्रतिवद्धता जाहेर गरेको भएयता पनि विद्यालयहरू बन्द गर्दा सफल हुनसक्ने पनि उनको भनाइ छ । यस्तै उनले दादुरा–रुबेला रोग विरुद्धको खोप लगाउँदा बालबालिकाहरूलाई कुनै पनि समस्या नहुने समेत बताए ।

जिल्लामा २ लाख २१ हजार बढि ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई खोप लगाउने समेत उनको भनाइ छ । उनका अनुसार कुनै पनि बालबालिकाहरूलाई नछुटाएर एक सय प्रतिशत लगाउनु पर्ने लक्ष्य रहेको छ ।

सम्बन्धित शिर्षक :