लुम्बिनी प्रादेशिकमा विशिष्टीकृत सेवा लागी २१ करोड बजेट बिनियोजन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई विशिष्टीकृत सेवा संञ्चालनको लागी प्रदेश सरकारले २१ करोड बजेट विनियोजन गरिएको छ।

लुम्बिनी प्रदेशको पुरानो र ठुलो अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन गर्न लागि सरकारले २१ करोड बजेट विनियोजन गरिएको स्वास्थ्य सचिब डा जनार्दन पन्थीले बताउनु भयो।

अब लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याव ,न्युरो सर्जरी, एमआरआई सेवा, काडियोलोजी लगायतको सेवालाई विस्तार गर्नेको लागी बजेट बिनीयोजन गरिएको डा पन्थीले बताउनु भयो ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रकालागी गत बर्ष भन्दा २ प्रतिश बजेट बढी बिनियोजन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक :