मस्तिष्क मृत्युपछि अंगदानबारे समाजमा सचेतना जगाउन जरुरी

स्वास्थ्यसमाचार/मानिसको मृत्यु पश्चात पनि अंगदान गर्न सकिन्छ भन्नेबारे समाजमा जनचेतना जगाउनु जरुरी भएको बुटबलमा सरोकारवालाहरूले वताएका छन।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा संजिवनी हेल्थ मिडिया प्रालिको आयोजनामा बुटवलमा मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी ब्यवस्था र कार्यान्वयनको अवस्थावारे भएको अन्तरक्रिया यस्तो बताईएको हो।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख कार्यकारी अधिकृत डा पुकार श्रेष्ठले तीन करोड जनसंख्या भएको देशमा अहिलेसम्म २ हजार २ सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेको वताउनु भयो।

छोटोसमयमा एक हजार बढीको मृगौला प्रत्यारोपण गर्न सफल भएको भन्दै उहाले यो अभियान देशब्यापी गराउने उल्लेख गर्नु भयो। नेपालमा प्रत्येक वर्ष १ हजार जनाको मस्तिष्क मृत्यु हुनेगरेको भन्दै उहाले जसबाट ८ हजार अंगहरु प्राप्त गर्न सकिने र एउटा मस्तिष्क मृत्यु भएकोबाट आठ जनाको जीवन बचाउन सकिने भएकोले यसबारे सबैमा जनचेतना फैलाउनु आबश्यक रहेको बताउनु भयो।

मस्तिष्क मृत्युपश्चात सडेर र खरानी बनेर जाने अंगले अरूको ज्यान बचाउन सकिन्छ भन्ने आम मानिसहरुमा चेतना फैलाउन नसक्दा अंगदान गर्नेको संख्या बढ्न नसकेको उहाको भनाई रहेको छ।डा श्रेष्ठले एकजना मृगौला रोगिका लागि सरकारले प्रतिबर्ष दुई लाख ५२ हजार रूपया खर्च गर्ने गरेको भन्दै उहाले एकजना मृगौला रोगिको दुई बर्षको डायसासिस खर्चले एकजनाको मृगौला प्रत्यारोपण गर्न सकिने वताउनु भयो । ‘प्रत्यारोपणको बिकल्प डायलासिस होईन ।’– श्रेष्ठले भन्नु भयो ।

 

प्रत्योरोपण गरेकाहरुको जीवन बढ्छ । नेपाल सरकारले डायलासिस निशुल्क गरेको छ । जसको मूल्य वर्षमा २ लाख ५२ हजार खर्च हुन्छ । दुई वर्षको खर्चबाट प्रत्यारोपण गर्न सकिन्छ । पाच लाखमा मृगौला प्रत्यारोपणमा खर्च हुन्छ जुन निशुल्क रहेको छ । डायलोसिसमा हुने खर्च वा उपचार प्रविधिहरुमा हुने खर्च रोक्नसके यो लगानी देशलाई समृद्धि बनाउनतर्फ लगाउन सकिने कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ।

पहिले एउटा परिवारभित्रको सदस्यले मात्रै मृगौला दान गर्न पाउने ब्यवस्था रहे पनि अहिले ५३ प्रकारका नाता पर्नेले मृगौला दान गर्न पाइने ब्यवस्था छ । जुन बिषय संसदमा आठ वर्षदेखि पहल गरेर सफल भएको डा श्रेष्ठको भनाई रहेको छ। देशभर प्रत्येक वर्ष मृर्गौला प्रत्यारोपणको माग ३ हजार जनाको आउने गरेको भन्दै उहाले केन्द्रमा वर्षको २ सय जनाको प्रत्यारोपण क्षमता रहेको वताउनु भयो।

उहाले अब सबै प्रदेशमा प्रत्यारोपण सेवा चलाउन जरुरी छ भन्दै अहिले पोखरा, सुर्खेत र धनगढी र हेटौडा, बिरगंजमा सुरु गर्ने तयारी गरिहेको वताउनु भयो। उहाले अब रुपन्देहीमा पनि आबश्यक रहेकोले सबैले पहल गर्नु पर्ने बताउदै स्थानिय र प्रदेश सरकारको ध्यान जानुजरुरी रहेको डा श्रेष्ठको भनाई छ।

डा श्रेष्ठले नेपालमा अंग प्रत्यारोपणको कुनै बेला सेवा नहुदा उहाँ विदेशमा गएर अध्ययन गर्नु भयो । मृगौला फेल भएका ९० प्रतिशत मानिस ३ महिनामा नेपालमा मर्छन भनेर डब्लुएचओले २००८ मा निकालेको प्रतिवेदनबाट डा गम्भीर भएको र अब जसरीपनि नेपालमा नै यो सेवा चलाउनुपर्छ भने र उहाँ ६ वर्ष प्रत्यारोपणको ज्ञान बेलायतमा अध्यनपछि नेपालमा आज भन्दा १० बर्ष अघिबाट नेपालमा यो सेवा सुरु गरेको बताउनु भयो।

उहाले महगो शुल्क तिरेर डायलासिसबाट आशिक हुँदै पुर्ण रुपमा निशुल्क डायलोसिस सेवा नेपालमा सम्भव भएको वताउदै । निशुल्क डायलोसिसको अभियानसंगै प्रत्यारोपणमा बिशेष ज्ञान दिने काम भयो । यसमा बिरामीहरुको सोच अघि बढाउन प्रत्यारोपण २०७३ सालदेखि पुर्णरुपमा निशुल्क सरकारबाट घोषणा भएको बताउनु भयो।

कार्यक्रममा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डा कल्पना श्रेष्ठले अंगदान गरेको ब्यक्तिको परिवारलाई बुझाउन धेरै कठिनाई देखिएको वताउनु भयो। । अंगदान गर्न तयार हुनेको विषयमा सरकारले प्राथमिकता नदिएको उहाको गुनासो रहेको छ । जबकि २ वर्षसम्म अंग प्रत्यारोपण गरेको ब्यक्तिको परिक्षण निशुल्क गरिएको वताउनु भयो।

मस्तिष्क मृत्युपछि २४ घण्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको भन्दै उहाले यो मापदण्ड अनुसार नै वितरण गरिने वताउनु भयो ।जसमा प्राविधिक म्याचिङ भएकोलाई प्राथमिकता बढि छ ।

लुम्बिनी प्रदेश सभाका प्रदेश सदस्य भोज प्रसाद श्रेष्ठले आम नागरिकको स्वस्थ्यको विषयमा तीन तहकै सरकार गम्भिर भएर लाग्नुपर्ने वताउनु भयो नीतिगत समस्यालाई समाधान गरेर सेवा बिस्तारमा सरकारी अस्पतालहरुको ध्यान जानुपर्ने श्रेष्ठको भनाई छ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलबाट स्वस्थ्यको क्षेत्रमा अभियान थाल्न जरुरी रहेको वताउनु भयो । आम्दा जापानको सहयोगमा बुटवलको आम्दा अस्पतालमा क्यान्सर, न्युरोसर्जन सेवा सुरु गर्ने तयारी भएको वताउनु भयो । उहाले नगरपालिकाले हाल ९ वटा रोगहरुमा सहयोग गर्दै आएको वताउनु भयो ।

कार्यक्रममा प्रत्यारोपण विशेषज्ञ डा दिपेश श्रेष्ठ, डा शक्ति बस्नेतले समाजमा प्रत्यारोपणको बारेमा सचेतना जगाउने कार्य भइरहे पनि त्यसलाई थप व्यापक बनाउनुपर्नेमा जोड दिनु भयो । केन्द्रबाट ३ सय ५० जना नर्स र चिकित्सकहरुलाई प्रत्यारोपण समन्धी तालिम दिईएको कार्यकारी निर्देशक श्रेष्ठले वताउनु भयो।

नेपाली हेल्थ पत्रिकाका सम्पादक राम प्रसाद न्यौपानेले कार्यक्रमको उदेश्य र महत्त्वबारे प्रकास पार्दै नेपालमा अंगदान गर्ने प्रक्रिया सहज भए पनि आम जनतामा त्यसबारे जानकारी नहुदा अंगदान गर्नेको संख्या बढ्न नसकेको वताउनु भयो।

सम्बन्धित शिर्षक :