लुम्बिनी प्रादेशिक अस्पतालमा ७ हजार लक्षित समुहले लिए नि:शुल्क सेवा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा स्थापना गरिएको सामाजीक सेवा ईकाइबाट  ६ हजार९सय ८०लक्षित समुहले लिए नि:शुल्क सेवा  लिएका छन् ।

लक्षित समुहलाई छिटो छरितो तथा निशुल्क सेवा दिने लक्ष्यका साथ प्रादेशिक अस्पताल बिगत २०७२ चैत्र २८ मा ४ जना सहजकर्ताबाट  सुरु भएको सेवा हाल १२ जना सहज कर्ता १ जना दोभासे सहित संञ्चालन रहेको छ।  सामाजीक ईकाई प्रमुख नेत्र प्रसाद आर्चायका अनुसार हाल सम्म ईकाईबाट ६ हजार ९ सय ८० जनाले सेवा लिएका छन् ।

 

तिमध्ये पुरुष ४२८० र महिला २७२० रहेका छन। तिमध्ये गरिब १६सय ८२ जेष्ठ नागरिक ४९सय ७० असहय १सय ४९ महिला स्वास्थ्य स्वयमसेबिका ८ जना अपाग भएका ब्याक्ती१सय १६ थुनुवा२६ र कुषोषित बालबालिका ४९ जना रहेको बताउनु भयो।

उहाले त्यस शाखा अन्र्तगत, लैगिंक हिंसा पीडित बालबालिका, अपाङ्गता,लोपोन्मुख आदिबासी जनजातीहरु,शहिद परिवार, दमरोगको उपचार सेवा  लगायका नागरिकहरु रहेको समेत बताउनु भयो।

६० देखि ८० बर्षसम्मका जेष्ठ नागरिकर्लाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० बर्ष माथिका जेष्ठ नागरिकलाइ पुर्ण निशुल्क उपचार सेवा दिदै आएको उहाले बताउनुभयो । ईकाई मार्फत सेवा प्राप्त गर्नका लागी सम्बन्धित पालिकाको सिफारिस, लक्षित समुहको परिचय पत्र, नागरिकता लगाएतको आबश्यक कागजपत्रहरु चाहिने उहाले बताउनुभयो ।

लक्षित समुहलाई तिन प्रकारको सेवा प्रवाह हुदै आएको छ । जसमा ओपिडी सेवामा २५०० सम्मको जाँच उपचार सेवा निशुल्क, आकस्मिक वा इर्मजेन्सि सेवामा ५००० सम्मको सेवा उपचार निशुल्क गदै आएको छ भने अपे्रसन तथा भर्ना भएको बिरामीहरुलाई प्रति व्यक्ति १०,००० सम्म निशुल्क सेवा दिने गरेको उहाले बताउनुभयो ।

उहाका अनुसार विगतका तुलनामा पछिल्लो समय यो सेवा लिनेको संख्या बढ्दो क्रममा रहेको छ । सुरुमा कतिपयलाई थाहा नहुदा सेवा लिन आएका थिएनन, उहाले भन्नुभयो, तर पछिल्लो समय धेरैलाई हाम्रो सेवा बारे जानकारी भईसकेको छ ।विशेषगरी असहाय, वेसहारा र विपन्न तथा जेष्ठ नागरिकहरुले सेवा लिने गरेका छन् । जो संग सामान्य स्वास्थ्य चेकजाँच गर्ने आर्थिक छैन त्यस्ताका लागी बढि प्रभावकारी भएको उहाको भनाई छ ।

सेवा ईकाई चौबिस घन्टा संञ्चालनमा रहदै आएको छ  । सरकारले लक्षित समुहलाई छिटो छरितो र निशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटबल सहित देशभरका ४४ वटा अस्पतालमा ईकाई संचालन गरेको छ ।

सम्बन्धित शिर्षक :