राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपाल लुम्बिनीको अध्यक्षमा मनोज पौडेल

स्वास्थ्यसमाचार/ राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालको प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटबलमा सम्पन्न भएको छ।

अधिवेशनले मनोज पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सुमित केसी महिला उपाध्यक्षमा बिष्णु कुमारी खत्री सचिबमा शिशिर पाण्डे कोषाध्यक्षमा सुमन तिमिल्सीना र सह कोषाध्यक्षमा खेमराज सापकोटा चयन हुनुभएको छ ।

भने सदस्यहरुमा कपिल पान्डे बिजय सेन बन्दना अधिकारी,माधब राउत र समिक्षा गुरुङ चयन भएको अध्यक्ष पौडेलले बताउनु भयो ।

राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष कपिल ज्ञाबली, केन्द्रीय उपाध्यक्ष भिमराज सिह ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष चिन्तामणि ज्ञाबली र राष्ट्रिय स्वास्थ्यकर्मी संघ रुपन्देही जिल्ला अध्यक्ष रामेश्वर ढकालले शुभकामना ब्यक्त गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :