नसर्ने रोग महामारी बढदो चुनौती बन्यो :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले अहिले सरुवा रोगको महामारी भन्दा पनि नसर्ने रोगको महामारी चुनौती बनेर आएको वताउनु भयो ।

बाँकेलाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा सभालाई नेपालगन्जमा सम्बोधन खनालले खोपको सुरुवातसंगै महामारी रोगहरु नियन्त्रण हुनुका साथै बिभिन्न रोगबाट बचाउने तथा रोग संग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन खोप बालबालिकाका आवश्यक रहेको बताउनु भयो।

स्वास्थ्यमन्त्री खनालले अहिले नसर्ने रोगको महामारी देखिएको हुँदा यसबारेमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिएको वताउदै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक कामको थालनी गरि निश्चित बजेट र सीमित स्रोत साधनका बीच पनि प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी लागिपरेको वताउनु भयो।

स्वास्थ्य सचिब डा. जनार्दन पन्थी, लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरी, लुम्बिनी प्रदेशसभाका सदस्य बादशाह कुर्मी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिकाको तर्फबाट खजुरा गाउँपालिका २ का वडा अध्यक्ष धनराम वली, बर्दिया स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरी, स्वास्थ्य स्वयंसेविका नारायणी रुपाखेती, स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै स्वास्थ्य कार्यालय बाँकेको अग्रसरतामा जिल्लाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधारका साथै स्वास्थ्य संगै सामाजिक कार्यमा सबै राजनितिक दल, समाजसेवी, जनप्रतिनिधी एक भएर अघि बढ्नुपर्नेमा वताउनु भयो।

जिल्ला खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो ।

खोपै नलगाएका १ सय ९० बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ५ सय १७ जना बालबालिका लाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो । डुडुवा बैशाख ८, जानकी जेठ २१, खजुरा २५, कोहलपुर २६, बैजनाथ २९, नरैनापुर ३१, नेपालगन्ज ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले संञ्चालनमा कार्यक्रम भएको थियो।

 

सम्बन्धित शिर्षक :