शुद्धाेधनमा द्रुत प्रतिकार्य टोलीका लाई १ दिन अभिमुखिकरण

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय, रूपन्देहीकाे आयोजनामा र शुद्धाेधन गाउँपालिका स्वास्थ्य सेवा शाखाको सहकार्यमा द्रुत प्रतिकार्य टोली Rapid Response Team (RRT) का पदाधिकारीहरुलाई १ दिन अभिमुखिकरण कार्यक्रम शनिबार शुद्धाेधन गाउँपालिका स्वास्थ्य पदाधिकारी बिच सम्पन्न भएको छ।

साे अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक WHO डा,विशाल झाले शुद्धाेधन गाउँपालिका स्वास्थ्य पदाधिकारी हरु लाई बिपद्काे समस्यकाे समाधान र रोकथामका बारेमा प्रकाश पार्दै विपद्का घट्नाहरुमा स्वास्थ्य सम्बन्धि वर्षाको समयमा विपद्का प्रमुख घटना हरु हुने गरेको पाइएको र विपद्का प्रमुख घटना भूकम्प, आगलागी, बाढी, पहिरो, चट्याङ, शीत लहर, हिम पहिरो, फ्ल्यस फ्लड, सडक दुर्घटना लगायतको बारेमा प्रकाश पार्नुभएको भयो।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकाललेविपद्को समयमा जनतासम्म सबैभन्दा छिटो स्थानीय तह नै पुग्ने गर्छ।यसकारण स्थानीय तह विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको मेरुदण्ड रहेको र विपद् व्यवस्थापनमा स्थानीय तहले विपद् व्यवस्थापनका प्रत्येक चरणमा र जनचेतनाका कार्यहरू गरी जनतालाई विपद्का समयमा आफैं जोगिन सुरक्षित रहन (सेल्फ रिसाइलेन्स) सक्षम बनाउछ।र स्थानीय तहले जनताको साथी भई काम गर्ने भएकाले विपद्को व्यवस्थापनको कार्य सहज र प्रभावकारी हुने बताउदै ढकालले हाल वर्षामा देखा पर्ने ठूलो समस्या जो स्वास्थ्य सम्बन्धि डेंगु र सर्पदशक रहेको हुनेगर्छ।

यस विपद् काे रोकथामका लागि जनचेतना र सुचनाकाे धेरै आवश्यक रहेको बताउदै डेंगु एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने रोग रहेको र डेंगु भाइरस चार प्रकारका हुने र जसलाई भाइरस १, २, ३, ४ मा विभाजन गरिएको छ । यो लामखुट्टे दिउँसोको समयमा सक्रिय रहेकाेले एडिज लामखुट्टेको टोकाइबाट डेंगुबाहेक चिकन गुनिया, जिकालगायत संक्रमण हुने।

लामखुट्टेले एकपटकमा कम्तीमा आठजनालाई टोक्ने भएकाले एकचोटि भाइरस देखिएमा छिट्टै महामारीका रूपमा पाइए बताउदै ढकालले वर्षायाममा तराईका सबै भू–भागमा सर्प पाइए पनि गर्मी ठाउँ सर्पलाई मन पर्ने हुँदा तराई क्षेत्रमा सर्पको बिगबिगी बढीको हुने गर्दछ।

वर्षा लागे पछि सर्पको टोकाईका कारण मृत्यु भएका संचार माध्यमबाट निकै सुन्ने गरिन्छ।भने नेपालको बाहिरी तथा भित्री मधेशका ३१ जिल्लाहरु विषालु सर्पको टोकाईबाट बढी प्रभावित भएका जिल्लाहरु रहेको र नेपालमा पाइने सर्पहरूलाई साधारणतया इलापीडी र भाइपीरीडी गरेर दुई समूहमा वर्गीकरण गरिएको छ।र जसमध्ये कोब्रा (गोमन), करेत (सेतो कालो चुरे सर्प), भाईपर (बाघ सर्प), हरेउ जस्ता सर्पहरू बिषालु सर्प हुन र बिषालु सर्पले टोकेपनि सबैले बिष छाडेको हुदैनन्, जसलाई ड्राई बाइट भनिने गरिन्छ ।

त्यसैले सर्पले टोक्ने बित्तिकै ज्यान गैहाल्छ भनेर डराउनु नपर्ने ढकालले बताउदै विपद् भनेर कहिले आउदैन त्यसका लागि सबैभन्दा पहिलो पहल भनेकै स्वास्थ्यकर्मी रहेको हुनाले पालिकाका सबै पदाधिकारी हरुकाे मुख्य भुमिका रहेको बताउनुभयो।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालकाे अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,शुद्धाेधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेल,भे,क,नी,केदारनाथ शाह,लगायत स्वास्थ्यकर्मी हरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित शिर्षक :