प्रयोगशालाको गुणस्तर वृद्धिमा लाग्न स्वास्थ्य मन्त्री खनालको निर्देशन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले रोगको परिक्षणका लागी गरिने प्रयोगशाला खोज्दै प्रदेश बाहिर जानु नपर्ने गरि प्रयोगशालाको गुणस्तर बृद्धिमा ध्यान दिन प्रदेश मातहतका प्रयोगशालाहरुलाई निर्देशन दिनुभएको छ ।

घोराहीमा सुरु भएको लुम्बिनी प्रदेश स्तरिय प्रयोगशालाहरुको वार्षिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले नागरिकले सहज ढँगले गुणस्तरिय स्वास्थ्य सेवा पाउने वातावरणका लागी गुणस्तरिय प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । त्यस्का लागी सबै प्रयोगशालाले आफ्ना उपकरण देखी जनशक्तिलाई दक्ष बनाउन सक्नु पर्ने बताउनु भयो ।

मन्त्री खनालले जिल्लामा स्वास्थ्य कार्यालय अन्र्तगतका प्रयोगशालाले आफ्नो जिल्ला भित्रका नागरिकको विश्वास जित्दै त्यहाँ हुन नसकेका परिक्षण प्रदेश प्रयोगशालामा पठाइ त्यहीबाटै सबै परिक्षण गर्न सकिने बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भयो ।यस्का लागी स्वास्थ्य कार्यालय र प्रयोगशालामा कार्यरत जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

अहिले भएका प्रयोगशालाहरुको अनुगमण गरि तीनको अबस्था सुदृढ गर्न लगाउन पनि मन्त्री खनालले प्रदेश प्रयोगशालालाई निर्देशन दिनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले लुम्बिनी प्रदेशलाई स्वास्थ्यको केन्द्र बनाउनलाई प्रयोगशालाको रिर्पोट पनि यथार्थ आउने हुनुपर्ने बताउनु भयो । त्यस्का लागी स्थानिय तहमा भएका प्रयोगशाला र जनशक्तिलाई त्यस तर्फ प्रोत्साहित गर्दै गुणस्तरिय सेवा अभिबृद्धि गर्न लाग्न आग्रह गर्नुभयो ।

प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले स्थानिय तह अन्र्तगतका प्रयोगशाला र जिल्लामा रहेका स्वास्थ्य कार्यालयका प्रयोगशालाबिच समन्वय गरेर त्यहाँ हुन नसकेका परिक्षण प्रदेश प्रयोगशालामा ल्याउने व्यवस्था गरिनु पर्नेमा जोड दिनुभयो ।

उहाँले कुनै महामारिको समयमा नमूना संकलन र प्रयोगशाला सम्मको ढुवानीको व्यवस्था पनि प्रदेश प्रयोगशालाले गर्नुपर्नेमा जोड दिनुभयो । दुई दिन चल्ने समिक्षा गोष्ठीमा लुम्बिनी प्रदेश अन्र्तगतका १३ अस्पताल, १३ आयुर्वेद अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुको सहभागिता रहेको छ ।

गोष्ठीले प्रयोगशालाले गर्नुपर्ने भावी कार्ययोजना समेत तय गर्ने छ । कार्यक्रमको उद्घाटन शत्र प्रदेश जनस्वास्थ्य प्रयोगशालका निमित्त निर्देशक राजेश कुमार गुप्ताको अध्यक्षमा भएको थियो ।

सम्बन्धित शिर्षक :