लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतीको टेण्डर गर्न ढिलाई किन ? : पूर्व अर्थमन्त्री पौडेल

स्वास्थ्यसमाचार/ पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर आह्वान प्रक्रियामा भैरहेको ढिलाईप्रति पनि पौडेलले आपत्ति जनाउनु भएको छ।

रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन गर्दै पूर्बअर्थमन्त्री पौडेलले यस्तो बताएउनु भएको हो।

पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागि तत्काल टेण्डर आह्वान गर्न आग्रह गर्नु भयो ।पौडेलले अस्पतालको स्तरोन्नती नभएसम्म उपचारमा सहजता नभएकोले टेण्डर आह्वान गर्नु पर्ने बताउनु भयो। उहाले बुटवलको ६ लेन सडक निर्माणमा भैरहेको ढिलाईले बुटवललाई गिज्याइरहेको भन्दै उहाँले सरकारमा बस्नेहरुले रमिता हेर्ने बाहेक केहीगर्न नसकेको बताउनु भयो ।

पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भैरहेको ढिलाईप्रति गम्भीर आपत्ति प्रकट गर्नु भएको छ । विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न नसक्ने भन्दै उहाँले सरकार पूर्णरुपमा असफल भएको वताउनु भयो । “बनेको विमाननस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न सक्दैन, सरकार पूर्णरुपमा असफल भएको छ”–पौडेलले भन्नुभयो।

मुलुकमा देखिएको विद्यमानन संकटको जिम्मेवारी सरकारले लिनुपर्ने पनि पौडेलले वताउनु भयो । सरकारमा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति देखा परेको भन्दै उहाँले अहिले मुलुकमा संकट निम्तिनुको प्रमुख जिम्मेवारी सरकार भएको वताउनु भयो।

“राष्ट्रिय संकटको जिम्मेवारी संघीय सरकारले, प्रदेशमा देखिएको संकटकोे जिम्मेवार प्रदेश सरकारले र स्थानीय तहमा देखिएका समस्याहरुको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ”–पौडेलले भन्नुभयो “सरकारमा पनि बस्ने, तर अरुलाई दोष दिएर जिम्मेवारीबाट उम्किन मिल्दैन ।”

बुटवल–नारायणगढ सडक निर्माणमा भैरहेको ढिलाईप्रति आक्रोश व्यक्त गर्दै उहँले सरकारले सडक निर्माणलाई तदारुकता नदेखाएर तमासा देखाइरहेको आरोप लगाउनु भयो । “यो सडक निर्माणमा धेरै विलम्व भयो, अव धेरै विलम्व नगरियो”–उहाँले भन्नुभयोे । पुर्व अर्थमन्त्री पौडेलले दाउन्नेमा सुरुङमार्ग पनि बनाइने वताउनु भयो।

समग्रतामा बुटवल र सिंगो रुपन्देहीलाई विकासको रोलमोडलको रुपमा अगाडि बढाउने अभियानमा आफूले जनप्रतिनिधिको हैसियतले जनताप्रतिको विश्वास टुट्न नदिने भन्दै निर्माणाधीन विकासका सबै आयोजना पूरा गरेरै छाड्ने वताउनु भयो ।

मुलुकको पुँजीगत खर्च लथालिङ्ग भएको, राष्ट्रिय गौरवका आयोजनाहरु अगाडि बढ्न नसकेको पौडेलले बताउनु भयो । तिनाउ–दानव कोरिडोर सडक निर्माणका लागि छुट्याइएको बजेट पनि वर्तमान सरकारले कटौती गरेको पौडेलको दावी छ । सुशासन, विकास, राजश्व परिचाललगायत कुनै पनि दृष्टिकोणले सरकारले राम्रो काम गर्न नसकेको उहाँकोे भनाई छ ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताउनु भयो । “विकास निर्माण भन्दा पनि कसरी सत्तामा टिकिरहने भन्ने चिन्ता सत्तामा रहेका दलहरुमा छ”–उहाँले भन्नुभयोे ।बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सफासुग्घर, हरियाली र उज्यालो बुटवल बनाउने कुरामा नगरपालिका अगाडि बढिरहेको वताउनु भयो।

कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका निर्मल जिसी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उपाध्यक्ष डिल्लीप्रसाद भण्डारी, महासचिव दयानिधी भण्डारीलगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै लुम्बिनी एक्स्पोले आर्थिक क्षेत्र चलायमान गराउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ।

 

सम्बन्धित शिर्षक :