गुल्मी अस्पताल तम्घासमा ‘हेमोडायलायसिस सेवा’ सञ्चालन हुने

स्वास्थ्यसमाचार /गुल्मी अस्पताल तम्घासमा हेमोडायलाइसिस सेवा संञ्चालन हुने भएको छ।जिल्ला अस्पतालमा अहिले सम्म यो सेवा थिएन वाहिर जानुपर्ने अबस्था थियो अब जिल्ला अस्पतालमा यो सेवा संञ्चालनमा आउन लागेको अस्पतालका बरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले बताउनु भयो।

अस्पतालले एक सुचना प्रकाशित गरि अस्पतालमा हेमोडायलाइसिस सेवा संचालनमा आउने रहेको हुँदा यसै अस्पतालबाट डायलाइसिस सेवा लिन इच्छुक सेवाग्राहीहरुले अस्पताल प्रशासनको सम्पर्क नं. ०७९–५२००२४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

अस्पतालले अन्यत्र सेवा लिई रहनुभएका सेवाग्राहीहरुले यस अस्पतालमा सम्पर्कमा आएता पनि सेवा लिईरहनुभएको केन्द्रमा नाम नहटाउन आग्रह गरेको छ। डा बन्जाडेले जिल्ला बाहिर गएर सेवा लिनुपर्ने थियो अब अस्पतालबाट सेवा लिन सक्ने बताउनु भयो।

 

 

सम्बन्धित शिर्षक :