बर्षभरी स्वास्थ्य विमा उपचार नलिएकालाई नवीकरणमा १० प्रतिशत छुट

स्वास्थ्य संस्थालाई बीमितको उपचार बापतको रकम दुई दुई महिनामा सोधभर्ना हुने

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमामा आवद्ध भएर पनि बर्ष भरिमा त्यसबाट उपचार सुविधा प्रयोग नगरेका बीमितहरुले अर्को बर्ष नवीकरण गर्दा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् ।

स्वास्थ्य बीमा बोर्डको गत २९ पुसमा बसेको बैठकले बीमामा आवद्ध भएका तर त्यसबाट उपचार सुविधा नलिएकाहरुको अर्को बर्ष नबीकरण गर्दा लाग्ने शुल्कमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।यो व्यवस्था कार्यान्वयनमा आउन भने केही समय लाग्ने बताइएको छ ।बोर्डले आफ्नो सफ्टवेरमा त्यस सम्वन्धी व्यवस्था मिलाउन पर्ने भएकोले केही समय लाग्ने भएको बताइएको छ ।

त्यसो स्वास्थ्य बीमा गरेर बर्ष भरीमा त्यसको प्रयोग नगरी पुनस् अर्को बर्ष नबीकरणमा आउने परिवारलाई लाग्ने शुल्कमा १० प्रतिशत छुट दिने व्यवस्था स्वास्थ्य बीमा नियमावली – २०७५ मै उल्लेख थियो । तर त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

स्वास्थ्य बीमा बोर्डमा डा गुणराज लोहनीले नेतृत्व गरेपछि प्रभावकारिता बृद्धि भएको अनुभव गरिएको छ । पछिल्लो समय उनी नेतृत्वमा आएपछि यो विषयले प्रवेश पाएको हो ।हुन पनि स्वास्थ्य बीमा नियमावली (२०७५ को दफा १५ को ३ मा छुट सम्बन्धी व्यवस्था छ । अहिले त्यसैको कार्यान्वयन गर्ने भनिएको हो ।

‘अस्तिको बैठकले यसलाई अब कार्यान्वयनमा ल्याउने भनिएको छ । तर सफ्टवेरमा यस सम्वन्धी व्यवस्था मिलाउनु पर्छ । त्यसैले कार्यान्वयनमा आउन केही दिन लाग्छ,’ कार्यकारी निर्देशक डा। दामोदर बसौलाले भने ।स्वास्थ्य बीमा गराएर सुविधा नलिएका मुकुन्द शर्माले भने यो सुविधा नियमावली बने पछि नै लागू हुनु पर्ने थियो भन्दै बोर्डले जनतामाथि ठगी गरेको आरोप लगाए ।

‘त्यसबेला देखि नै नियमावलीमा रहेछ । हामीलाई त थाहा नै थिएन । नियमावलीमा भएपछि जनतालाई सुविधा दिने कुरा सफ्टवेरमा त्यसबेला नै मिलाउनु पर्ने थियो । हामीले पछिल्लो तीन वर्ष देखि नवीकरण गर्ने र सुविधा नलिने गरेका छौँ ।

सरकारले बनाएको नियम आफैले उल्लंघन गर्नु त हुँदैनथ्यो नि,’ उनले अगाडी थपे, ‘अब तत्काल यसलाई कार्यान्वयनमा ल्याउनु पर्छ ।’

स्वास्थ्य बीमामा आवद्ध भएपछि सेवा शुरु हुने समय दुई महिनामा झारिदै

अहिलेसम्म स्वास्थ्य बीमामा आवद्ध भएपछि उसले तीन महिनापछि मात्रै सेवा प्राप्त गर्न सक्छ । तर बोर्डले अब दुई महिना पछि नै सेवा दिने तयारी गरेको छ ।

अहिलेको स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आवद्धता भएपछि सेवा शुरु हुने समय ९विन्डो पिरियड० तीन महिनाको भएकोमा यसलाई घटाई दुई महिना कायम गर्ने तथा तोकिएको म्याद भित्रै नवीकरण गरेमा सेवाको निरन्तरता कायम रहने व्यवस्था लागू गर्न स्वास्थ्य बीमा नियमावली (२०७५ मा भएको व्यवस्थालाई संसोधन प्रक्रियाका लागि अघि बढाउने गत २९ पुसको बोर्ड बैठकले निर्णय गरेको छ ।

सेवा प्रदायक अस्पताललाई दुई – दुई महिनामा सोध भर्ना

स्वास्थ्य बीमा कार्यक्रममा सबैभन्दा अफ्टेरो परेको विषय थियो सेवा प्रदायक अस्पताललाई दिईने सोधभर्नाको विषय ।धेरै निजी तथा सरकारी अस्पतालहरुले लामो समय सोधभर्ना नहुँदा आफूले सेवा दिन मुस्किल परेको बताउँदै आएका थिए ।

कतिपय निजी अस्पतालहरुले सोधभर्नामा भएको ढिलाईका कारण सेवा रोकेका थिए ।तर, अब भने सेवाप्रदायक अस्पतालले दिएको उपचार वापतको सोधभर्ना रकम दुई महिना भित्रै पाउने छन् ।

बोर्डको गत २९ पुसमा बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमितको उपचार बापतको शोधभर्ना रकम भुक्तानी दुई दुई महिनामा गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक :