स्तनपान सप्ताह-२०७९को सन्दर्भमा यौटा कविता

शिशुको लागि स्तनपान हो अमृतसमान । यो कुरामा हामी सबैले दिनुपर्छ ध्यान ।। जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र । छ महिनासम्म क्यै चाहिन्न स्तनपान मात्र।। दुई बर्षसम्म निरन्तर स्तनपानको खाँचो। बच्चाको बृद्धि विकासमा यो कुरा हो साँचो।। शिशुलाई हो पहिलो खोप आमाको दूध नै। रोगसँग लड्ने शक्ति पाइन्छ यसमा है।। बच्चाको लागि स्वस्थकर सर्बोत्तम खाना। पौष्टिक तत्व भरिपूर्ण असल सोह्रै आना।। स्तनपानले मद्दत पुग्छ जन्मान्तर कायम राख्न। अमृतसरि आमाको दूध हुँदै हुन्न खेर फाल्न ।। आमा र बच्चाको बीचमा आत्मीयता बढाउँछ। जति चुसायो शिशुलाई त्यति नै दूध आउँछ।। स्तनपायी आमालाई…

लुम्विनीमा कोरोनाको निशुल्क उपचार, लुम्विनी र भेरी अस्पताल तोकिए

स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि लुम्बिनी प्रदेशका २ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल तोकिएका छन् । संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । कोभिडका बिरामीको निशुल्क उपचार गर्नेछ ।   केही दिनयता नेपालमा दैनिक १४ प्रतिशतभन्दा बढीका दरले कोरोना संक्रमण बढेपछि सरकारले निःशुल्क उपचारका लागि…

भारतमा मंकिपक्स संक्रमणबाट एक युवकको मृत्यु

नयाँदिल्ली –दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको छ । हालै संयुक्त अरब इमिरेट्स युएई बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि परीक्षण गरिएको नमुनामा भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री विणा जर्जले पुष्टि गरे। मंकिपक्स संक्रमिण पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका बीसजनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरी चिकित्सकको निगरानीमा राखिएको छ । केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनको मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ । विश्वका विभिन्न देशमा…

आयुर्वेद औषधी व्यबसायी संघ कपिलबस्तुमा बन्जाडे

स्वास्थ्यसमाचार/ नेपाल आयुर्वेद औषधी व्यबसायी संघ कपिलबस्तु जिल्ला साखाको दोश्रो अधिबेशन सम्पन्न भयो। लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिबार कल्याण मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलको प्रमुख आतिथ्यमा अधिबेसन सम्पन्न भयो । अधिबेशनमा वोल्दै प्रमुख अतिथि डा पौडेलले कोरोना महामारीमा संक्रमितहरुको रोग प्रतिरोध क्षमता बृद्धि गर्न आयुर्वेद औषधी संगै आयुर्वेद पद्धतिले जनमानसमा बिश्वास जितेको बताए। डा पौडेलले सरकारले निजी ब्यबसायीलाई तालिम गोष्ठीको आयोजना गरि आयुर्वेद चिकित्सापद्धतीमा भएका एैन नियमका बारेमा निजीक्षेत्रमा कार्यरत औषधी ब्यबसायीलाई सहभागी गराउने प्रदेश सरकारको योजना गरेको बताए। उक्त अधिबेशन वाट गोपाल बन्जाडेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति…

नेपाल स्वास्थ्यकर्मी संघ तिलोत्तमाको अध्यक्षमा प्रवेश पौडेल

स्वास्थ्य समाचार / नेपाल स्वाथ्यकर्मी संघ तिलोत्तमाको अध्यक्षमा प्रवेश पौडेल निर्विरोध चयन भएका छन ।स्वास्थ्य संघ तिलोत्तमाको प्रथम नगर अधिवेशन बाट प्रवेश पौडेल अध्यक्ष सहित २० सदस्य चयन भएका हुन । त्यस्तै समितिको,उपाध्यक्षहरु प्रकाश न्यौपाने ,सारदा रिजाल,विजय खनाल,उमापती भुषाल,मन्जु खनाल रहेका छन । भने सचिवमा राम प्रसाद चुदाली र कोषाध्यक्षमा अनिल न्यौपाने रहेका छन ।यस्तै गरि सह सचिवमा मिलन श्रेष्ठ,छवि चिदि ,अन्जु लम्साल,कृष्ण घिमिरे रहेका छन।सदस्यहरुमा तिलक बिष्ट,रकमाङ्त पाण्डे,सन्जु डंगोल,हरिकला खरेल, गुम वहादुर लामीछाने,लक्ष्मी कोईराला,फुलमति रिजाल र सरला पाण्डेलाई अधिवेशनले समिति चयन गरेको छ। लामो समय देखि स्वास्थ्यको क्षेत्रमा काम…

स्वास्थ्य र पर्यावरण जोगाउन साईकल चड्नु राम्रो : नगर प्रमुख शर्मा

स्वास्थ्यसमाचार / मानव विकासको कुनै वेला अभिन्न सहयोगि रहेको साईकल आज भोलि बिहान र बेलुकाको साथी बनेको छ ।दैनिक जीवनमा साइकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वास्थ्य र पर्यावरण जोगाउन योगदान दिने सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताए । विशेष गरि विद्यालय जाने नानी बाबुहरुका लागि पनि जसले साइकललाई सजिलैसँग कन्ट्रोल गर्नसक्छ उनीहरुलाई हामीले साइकलको व्यवस्था गरिदियो भने स्वस्थ सँगसँगै जाँगरिला पनि हुने कुरा व्यक्त गर्नुभयो ।हिजो आजको दिनमा मानिसहरूले आफ्नो दैनिक गुजारा गर्नका लागि विलासिताका साधनहरु प्रयोग गरेको पाउँछौं भने पछिल्लो समयमा आएर विशेषतः साइकलको प्रयोग…

कोरोना संक्रमण बढेसँगै संसदमा मास्क अनिवार्य

काठमाडौं । दिनप्रतिदिन कोरोनाको बढ्दो संक्रमणले सबैतिर चिन्ता प्रकट हुन थालेको छ । आमसर्वसाधारण मात्र नभई संसद्मा पनि यो चिन्ता प्रकट हुन थालेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभएको हो । बैठकमा सभामुखले भन्नुभयो, ‘कोभिड-१९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरूलाई विदितै छ । तसर्थ संसद्का बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’ यसअघिका कोरोना लहरहरूमा…

थप ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पाँच हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । दुई हजार २१५ नमुनाको पीसीआर परीक्षण गर्दा ४०० जनामा र दुई हजार ८४० नमुनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोृना संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक तथ्यांकमा उल्लेख छ । योसँगै सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

लुम्बिनी प्रदेशमा १३ प्रतिशत आमा अस्पताल नदेखि घरमै सुत्केरी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वाथ्य क्षेत्रमा पहुँच विस्तार भएको दावि गरिएपनि अझै १३ प्रतिशत भन्दा बढि महिलाले घरमै बच्चा जन्माउने गरेको पाइएको छ । प्रदेशका केही पालिकाहरुले ‘घरमा सुत्केरी शुन्य पालिका’ अर्थात सुत्केरी हुँदा अनिवार्य रुपमा स्वाथ्य केन्द्र, चौकी वा अस्पतालमा गराउने गरी घोषणा गरेको भए पनि सरकारी तथ्यांकबाट नै अझै महिलाहरु स्वाथ्य चौकीको पहुँच सम्म पुग्न नसकेको प्रष्ट भएको हो । लुम्बिनी प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९ मा दक्ष प्रसुतीकर्मीबाट सुत्केरी भएका महिलाहरुको संख्या जम्मा ८७ प्रतिशत रहेको छ ।आर्थात १३ प्रतिशत महिलाहरु अझै दक्ष…

एकै दिन थप ५६८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

स्वास्थ्यसमाचार नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण भएका ४,८०० नमूनामध्ये ५६८ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको हो । मन्त्रालयका अनुसार पीसीआरबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ नमूनाको परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ४५३ र एन्टिजेनबाट ११५ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हाल कोरोना सक्रिय संक्रमितको संख्या ३,५३४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका…