प्युठान अस्पताललाई निक साइमन्सको आईसियु भवन र उपकरण

अस्पताल सञ्चालनको लागि क्षमतावान मेसु ,इमान्दार प्रशासक, लेखा र स्टोर हुन जरुरी :मन्त्री चौधरी

स्वास्थ्यसमाचार/ प्युठान अस्पताललाई निक साइमन्स इन्स्टिच्युटले २३ वेडको आईसियु भबन र त्यसलाई आबश्यक पर्ने उपकरण हस्तान्तरण गरेको छ ।निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा संचालित ग्रामिण अस्पताल सुदृढिकरण परियोजना अन्तर्गत हस्तान्तरण गरेको हो।

उक्त भबन र सामान लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले भबनको उद्धघाटन र उपकरणहरु हस्तान्तरण गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थारुले कर्मचारीहरुलाई आफ्नो काममा दृढ भएर लाग्न आग्रह गरे ।उनले अस्पताल सञ्चालनको लागि क्षमतावान मेसु र इमान्दार प्रशासक, लेखा अधिकृत र स्टोर किपर हुन जरुरी रहेको भन्दै यी पदका अधिकारीहरुको लापरवाहीको कारण अस्पताल अस्तब्यस्त हुने गरेको बताए।

मन्त्री चौधरीले मानव स्वास्थ्य क्षेत्र संवेदनशिल भएको भन्दै यसलाई हेलचक्राई नगर्न समेत आग्रह गरेका छन । उनले चिकित्सकले बिरामीहरु संग रिस पोख्ने र असर पुग्ने गरी काम नगरी जनताको सेवामा लाग्न निर्देशन दिए ।मन्त्री चौधरीले भने अहिले प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय ले ४ करोड भवन निर्माणको लागि र करोड ल्याप्रोसकोपी मेसिनको लागी , ३० लाख बिद्युत जडान ४५ लाख डि–आर एकसरे मेसिनको लागि बजेट विनियोजन गरेको वताए।मन्त्रीचौधरीले भने अस्पताल जनशक्ती अभाब छ करार कर्मचारीहरुलाई पनि निरन्तरता दिईने छ ।

अस्पताल बिकास समितिले जनतालाई आर्थिकभार पर्ने गरि सेवा शुल्क लिनु हुदैन अटेरी गरे बिकास समितिको अधिकारले कटौटी गरिने समेत बताए । अस्पताल बिकासमा र सेवाग्राहीलाई दुख दिने कर्मचारी वा चिकित्सकलाई व्यवहार सुधार्न समेत आग्रह गर्दै स्विपर देखि मेसु सम्म सबैको आ–आफ्नो ठाउँमा मुख्य भुमिका हुने भएकोले सबैले सबैको सम्मान गरि काम गर्न आग्रह गरे।

कार्यक्रममा निक साईमन्सका प्रमुख डा. काशिम शाहले प्यूठान अस्पतालमा प्रत्येक वर्ष १ करोडको कार्यक्रम गर्ने गरेको बताएका छन ।अवको ५ वर्ष पछि निक साइमन फेजआउट हुन सक्ने सम्भावना भएको भन्दै आजै बाट अस्पताल व्यवस्थापन समिति र सरोकारवालाले यस विषयमा सोच्नु पर्ने बताए ।

अस्पतालमा कर्मचारीहरुलाई तालिम तथा टेक्नीकलका विषयमा सहकार्य गर्नमा निक साइमन सधै साथमा रहने बताए ।कार्यक्रममा बोल्ने बक्ताहरुले अस्पतालको विकासका लागि गाउँपालिका तथा नगरपालिकाहरुले पनि आर्थिक रुपमा सहयोग र सहकार्य गर्नु पर्ने बताएका छन ।

सम्बन्धित शिर्षक :