आयुर्वेद औषधी व्यबसायी संघ कपिलबस्तुमा बन्जाडे

आयुर्वेद औषधी संगै आयुर्वेद पद्धतिले जनमानसमा बिश्वास जितेको छ :डा पुष्पराज पौडेल

स्वास्थ्यसमाचार/ नेपाल आयुर्वेद औषधी व्यबसायी संघ कपिलबस्तु जिल्ला साखाको दोश्रो अधिबेशन सम्पन्न भयो। लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिबार कल्याण मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलको प्रमुख आतिथ्यमा अधिबेसन सम्पन्न भयो ।

अधिबेशनमा वोल्दै प्रमुख अतिथि डा पौडेलले कोरोना महामारीमा संक्रमितहरुको रोग प्रतिरोध क्षमता बृद्धि गर्न आयुर्वेद औषधी संगै आयुर्वेद पद्धतिले जनमानसमा बिश्वास जितेको बताए। डा पौडेलले सरकारले निजी ब्यबसायीलाई तालिम गोष्ठीको आयोजना गरि आयुर्वेद चिकित्सापद्धतीमा भएका एैन नियमका बारेमा निजीक्षेत्रमा कार्यरत औषधी ब्यबसायीलाई सहभागी गराउने प्रदेश सरकारको योजना गरेको बताए।

उक्त अधिबेशन वाट गोपाल बन्जाडेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति निबिरोध चयन भएको छ। समितिको उपाध्यक्षमा मोतीराज घिमिरे,सचिब शान्तराज गैरै,कोषाध्यक्ष शान्ता भन्डारी पोखरेल सदस्य सुरेन्द्र पान्डे र दिनेश चौधरी रहेको नेपाल आयुर्वेद औषधि व्यवसायी संघ रुपन्देही जिल्ला सचिव शालिक राम भुसालले वताए।

सम्बन्धित शिर्षक :