युनिसेफ -डब्लूएचओको संयुक्त अपिल :स्वस्थ भविष्यका लागि नवजात शिशुलाई स्तनपान गराउ

स्वास्थ्यसमाचार/ स्तनपान हरेक नवजात शिशुको लागि अमृत जस्तै हो। आमाको दूधलाई बच्चाको लागि पूर्ण आहार मानिन्छ, यसमा बच्चाको पोषणको लागि आवश्यक पर्याप्त तत्वहरु हुन्छन्। यही कारणले गर्दा सबै आमाहरूलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउन सल्लाह दिइन्छ।

अगष्टको पहिलो सातालाई स्तनपानका फाइदाबारे मानिसहरूलाई सचेत गराउने उद्देश्यले ‘विश्व स्तनपान सप्ताह’को रूपमा मनाइन्छ। यसै क्रममा यस वर्ष युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले स्तनपानमा जोड दिँदै स्तनपानका स्वास्थ्य लाभका बारेमा जानकारी दिएका छन् ।

युनिसेफ र डब्लुएचओले विश्वभरका मानिसहरूलाई स्तनपानको बारेमा चेतनाको लागि अपिल गरेका छन्। स्तनपान सहयोगसम्बन्धी नीति तथा कार्यक्रममा लगानीलाई प्राथमिकतामा राखेर सचेतना जति सक्दो धेरै मानिससम्म पु¥याउन सकिने स्वास्थ्य संस्थाहरू बताउँछन् । स्तनपान गराउने आमाहरूलाई गुणस्तरीय परामर्श र व्यावहारिक सहयोग उपलब्ध गराउन आवश्यक छ।

युनिसेफका उप प्रतिनिधि ९एआई र पोषण प्रमुख अर्जन डे भोग्ट भन्छन्, ‘विश्वभर स्तनपान सप्ताह मनाउनुको उद्देश्य मानिसहरूलाई यसका फाइदाहरूबारे शिक्षित र सचेत गराउनु हो। नवजात शिशुलाई स्तनपान गराउन सक्षम हुनु आमाको मात्र होइन परिवार र समुदायको सामूहिक जिम्मेवारी हो।

हामीले प्रत्येक व्यक्तिलाई मैत्रीपूर्ण नीति तथा कार्यक्रम मार्फत शिक्षित गर्न आवश्यक छ, जसले गर्दा बाल मृत्युदर र रोगको जोखिम कम हुन्छ। विश्वभरि नै बढ्दै गएको स्वास्थ्य समस्याकाबीच लाखौं नवजात शिशुको स्वास्थ्य र पोषणमाथि प्रश्न उठिरहेको अवस्थामा स्तनपानबाट हुने फाइदाबारे जनचेतना जगाउनु झनै आवश्यक भएको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

तर, विश्वव्यापी तथ्याङ्कले ६४ प्रतिशत शिशुले मात्रै जन्मेको ६ महिनासम्म स्तनपान गरेको देखाएको छ, जुन चिन्ताजनक छ । विश्व स्तनपान सप्ताहको अवसरमा युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल र डब्लुएचओका महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयससले एक संयुक्त विज्ञप्तिमा विश्व स्तनपान सप्ताह २०२२ को नारा ‘स्टेप अप टु स्तनपान शिक्षा र समर्थन’ रहेको बताए ।

परिवारहरू, विशेषगरी आपतकालीन अवस्थामा बस्नेहरूले पनि यसको ख्याल राखेर बालबालिकालाई कुपोषणको जोखिमबाट बचाउन सक्छन्। अवस्था सामान्य नभएको अफगानिस्तान, यमन, युक्रेन जस्ता धेरै देशमा बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्तनपानको फाइदाबारे जनतालाई सचेत गराउनु अत्यन्त आवश्यक छ ।

स्तनपान बच्चाको लागि पहिलो खोप

स्वास्थ्य विज्ञहरूले स्तनपानले बच्चाको लागि पहिलो खोपको रूपमा पनि काम गरी बाल्यकालमा लाग्ने सामान्य रोगहरूबाट बचाउँने बताउछन् । यद्दपी , अपवाद यो छ कि सबै नवजात शिशुहरू मध्ये आधाले जीवनको पहिलो घण्टामा स्तनपान गर्दैनन्, जसले तिनीहरूलाई विभिन्न रोगहरू विकास गर्ने जोखिममा राख्छ। जीवनको पहिलो छ महिनामा मात्र ४४ प्रतिशत शिशुलाई स्तनपान गराइन्छ। विश्व स्वास्थ्य सम्मेलनले सन् २०२५ सम्ममा ५० प्रतिशत लक्ष्य राखेको थियो।

सम्बन्धित शिर्षक :