लुम्विनीमा कोरोनाको निशुल्क उपचार, लुम्विनी र भेरी अस्पताल तोकिए

स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि लुम्बिनी प्रदेशका २ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको निःशुल्क उपचार हुनेमा लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल तोकिएका छन् । संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । कोभिडका बिरामीको निशुल्क उपचार गर्नेछ ।

 

केही दिनयता नेपालमा दैनिक १४ प्रतिशतभन्दा बढीका दरले कोरोना संक्रमण बढेपछि सरकारले निःशुल्क उपचारका लागि अस्पताल तोकेको हो । नेपालमा कोरोना संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ ।

सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :