नेपाल स्वास्थ्यकर्मी संघ तिलोत्तमाको अध्यक्षमा प्रवेश पौडेल

जनताले विश्वास र भरोसा गरेका स्वास्थ्यकर्मीहरु उदारणीय बन्नु पर्छ :नगर प्रमुख खाँण

स्वास्थ्य समाचार / नेपाल स्वाथ्यकर्मी संघ तिलोत्तमाको अध्यक्षमा प्रवेश पौडेल निर्विरोध चयन भएका छन ।स्वास्थ्य संघ तिलोत्तमाको प्रथम नगर अधिवेशन बाट प्रवेश पौडेल अध्यक्ष सहित २० सदस्य चयन भएका हुन । त्यस्तै समितिको,उपाध्यक्षहरु प्रकाश न्यौपाने ,सारदा रिजाल,विजय खनाल,उमापती भुषाल,मन्जु खनाल रहेका छन ।

भने सचिवमा राम प्रसाद चुदाली र कोषाध्यक्षमा अनिल न्यौपाने रहेका छन ।यस्तै गरि सह सचिवमा मिलन श्रेष्ठ,छवि चिदि ,अन्जु लम्साल,कृष्ण घिमिरे रहेका छन।सदस्यहरुमा तिलक बिष्ट,रकमाङ्त पाण्डे,सन्जु डंगोल,हरिकला खरेल, गुम वहादुर लामीछाने,लक्ष्मी कोईराला,फुलमति रिजाल र सरला पाण्डेलाई अधिवेशनले समिति चयन गरेको छ।

लामो समय देखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका स्वास्थ्यकर्मी हरुले आफ्नो हकहितको लागि संगठानिक रुपमा समन्वयन गर्न सहज हुने भएकाले स्वास्थ्यकर्मी संघ गठन भएको हो।

यसै कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगर प्रमुख राम कृष्ण खाणले तिलोत्तमा भित्र रहेका स्वास्थ्य सेवक हरुले नागरिकको सेवामा गम्भिर भएर लाग्न आग्रह गरेका छन।जनताले विश्वास र भरोसा गरेका स्वास्थ्यकर्मीहरु उदारणीय बन्नु पर्छ खाणले भने।जिम्मेवार लिनु भएका स्वास्थ्यकर्मी साथिहरु प्रति जनताहरु आकर्षित हुने उदाहरणीय बातावरण बनाउनु हुने विश्वास लिएको बताए।

जनतालाई भर पर्दो सेवा दिन र तिलोत्तमाको गरिमा लाई कसरि उच्च बनाउन सकिन्छ त्यस तर्फ पनि समन्वय गर्न आग्रह गरे।कोभिड १९ को बेलामा आफ्नो ज्यान को प्रभाह नगरी जनताको सेवामा तल्लिनहुनु भएको मा सम्पुर्ण स्वास्थ्यकर्मी हरुमा उच्च सम्मान गर्न चाहान्छु खाणले भने।

नेपाल स्वास्थ्यकर्मी संघ ,रुपन्देहीका अध्यक्ष राम प्रसाद ढकालको अध्यक्षता मा भएको कार्यक्रम मा नेपाल ट्रेड युनियन का पुर्व रुपन्देही अध्यक्ष काजिमान श्रेष्ठ,नेपाल शिक्षेक संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद लामिछाने,वडा नं ५ का अध्यक्ष रमेश डुम्रे,नेपाल ट्रेड युनियन तिलोत्तमाको अध्यक्ष भरत भुषाल लगाएतले नव गठित कार्यसमिति लाई शुभकामना दिएका थिए।यसै गरि स्वास्थ्यकर्मी संघ प्रदेश सदस्य मोति पौडेलको स्वागत संगै कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित शिर्षक :