स्वास्थ्य र पर्यावरण जोगाउन साईकल चड्नु राम्रो : नगर प्रमुख शर्मा

स्वास्थ्यसमाचार / मानव विकासको कुनै वेला अभिन्न सहयोगि रहेको साईकल आज भोलि बिहान र बेलुकाको साथी बनेको छ ।दैनिक जीवनमा साइकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वास्थ्य र पर्यावरण जोगाउन योगदान दिने सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताए ।

विशेष गरि विद्यालय जाने नानी बाबुहरुका लागि पनि जसले साइकललाई सजिलैसँग कन्ट्रोल गर्नसक्छ उनीहरुलाई हामीले साइकलको व्यवस्था गरिदियो भने स्वस्थ सँगसँगै जाँगरिला पनि हुने कुरा व्यक्त गर्नुभयो ।हिजो आजको दिनमा मानिसहरूले आफ्नो दैनिक गुजारा गर्नका लागि विलासिताका साधनहरु प्रयोग गरेको पाउँछौं भने पछिल्लो समयमा आएर विशेषतः साइकलको प्रयोग भएको पनि हामीले देखिरहेका छौं यो हामी सम्पूर्ण देशवासीका लागि निकै राम्रो कुरा हो।

यसले डिजेल, पेट्रोल, मट्टीतेल को आयातलाई कम गर्दछ भने सवारी साधन कम चल्नेका कारणले गर्दा वातावरणमा पनि असर नपुगी सोच्छ रहने कुरा समेत व्यक्त गर्नुभयो ।विशेषतः प्रर्यटनका लागि उत्कृष्ट गन्तव्य सैनामैनालाई आगामी दिनमा बनाउने कुरा राख्दै सैनामैना कोरालाई सैनामैना नगरपालिकाले यसरी नै संरक्षण गर्दै आर्थिक रुपमा समेत निरन्तरता दिने कुरा पनि व्यक्त गर्नुभयो ।

कार्यक्रमको विशिष्ट अतिथि रहनुभएकी सैनामैना नगरपालिकाको उपप्रमुख बिना रानाले साइकल मानिसका लागि आवश्यकता सँगसँगै पछिल्लो चरणमा यसले मानिसलाई स्वस्थ्य राख्न पनि योगदान पुराएको बताउँदै, दैनिक उपभोग्य सामानहरु लिनकालागि साईकल प्रयोग गरे सामान्य तय मनिस फिट रहने कुरा समेत व्यक्त गर्नु भयो ।

कोराको मूल मर्म अनुसार सामाजिक क्षेत्रमा योगदान गर्दै आएको र कोरा कार्यक्रम केवल साइकल इभेन्टमात्र नभई यो साइकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै विश्व साईकल यात्री पुष्कर शाह यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए गत वर्ष पनि आफु आएको र आगामी दिनमा पनि सैनामैनाले निमन्त्रणा गरे पहिलो प्राथमिकता सैनामैना रहेको कुरा ब्यक्त गरेका थिए ।

कार्यक्रममा लियो क्लब अफ सैनामैना, रामनगर युवा क्लब, सैनामैना जेसिज, सैनामैना नेवारी समुदाय, प्रविन साईकल आदिको सहकार्यमा कार्यक्रम सहयोग रहेको थियो । साइकिलेहरूको लागि दशैको रूपमा कोरा पर्व भएको भन्दै यसबाट प्रत्येक वर्ष सैनामैना धार्मिकस्थलहरू र पौराणिक स्थलको प्रचारसँगै सामाजिक भावना विकास गर्ने बताए ।

कार्यक्रममा साईकल साथी सैनामैनाका सैनामैना कोरा २०२२ का संयोजक गोविन्द ज्ञवाली कार्यक्रमको वारेमा जानकारी दिनुभयो।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष गगन राना सैनामैनाका सम्पूर्ण धर्मिक एवम् सैनामैना चक्रपथको ५४ किलो मिटर परिक्रमा गरेर साझ स्थानीय थारु, नेवार, मगर समुदायको नाचगान सहित बाबरीमा समापन गर्ने जानकारी दिए एवम् कार्यक्रमको संचालन बिष्णु गौतमले गरेका थिए ।

सम्बन्धित शिर्षक :