दाङमा लमही सामुदायिक डायलाईसिस सेन्टर संञ्चालन हुने

स्वास्थ्यसमाचार /गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले दाङको लमहीमा स्थापना गरेको लमही सामुदायिक डायलाईसिस सेन्टर संचालनमा आउने भएको छ।रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा स्थापना गरिएको डायलाईसिस सेन्टर माघ २२ गतेदेखि सेवा संचालन हुने भएको हो।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाईसिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु पुरा भएको जानकारी दिए। उनकाअनुसार हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिन्छ।

बुटवलदेखि पश्चिम घोराही र तुल्सिपुर अस्पतालमा दुईरदुई वटा डायलाईसिस मात्र रहेकोमा १० वटा मेशिनसहितको सेन्टरबाट पश्चिम क्षेत्रका मृगौलाका विरामीहरु लाभान्वित हुने बताइएको छ।करिब ५ करोडको लागतमा सुरु गर्न लागिएको सेन्टरबाट दैनिक ३० जना र ९० जना विरामीको नियमित डायलाईसिस गर्न सकिने स्वास्थ्य संस्थाले जानकारी दियो।

हाल दाङ, प्यूठान लगायतका जिल्लाबाट २५ जना बिरामी नियमित डायलाइसिसको लागि बुटवलस्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन्।योसंगै रुपन्देहीका अन्य अस्पताल तथा चितवन र काठमाण्डौमा समेत डायलाईसिसको लागि जान बाध्य छन्।

मृगौलाका बिरामीले हप्तामा २ देखि ४ पटकसम्म डायलाईसिस गर्नुपर्ने भएकोले कतिपय बिरामी डायलाईसिस सेवा उपलब्ध भएको क्षेत्रमै बस्न बाध्य छन् भने कतिपय नियमित आवत र जावत गर्न बाध्य छन्। लमहीमा डायलाईसिस सेवा शुभारम्भ भएपछि विरामीहरुको आर्थिकसंगै समयको समेत बचत हुन विश्वास लिइएको छ।

सम्बन्धित शिर्षक :