प्रदेश ५ कै पहिलो ईलोक्ट्रोनिक सिस्टम गुल्मी जिल्ला अस्पतालमा

स्वास्थ्य समाचार/ प्रदेश ५ मै पहिलो ईलेक्ट्रोनिक सिस्टमबाट चल्ने  गुल्मी  जिल्ला अस्पताल भएको छ ।  ईलेक्ट्रोनिक सिस्टमको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले यस्तो प्रविधीको उद्घाटन गरे।

ईलेक्ट्रोनिक हेल्थ रेकर्डिङ्ग ’ ब्यवस्थाको उद्घाटन गर्दै मन्त्री वरालले भने–‘ अब हरेक क्षेत्रमा प्रविधीले काम गर्दै छ , लाग्छ डाक्टरहरुले पनि वैकल्पिक पेशा खोज्ने बेला आएको छ अब डाक्टरको काम समेत रोवर्डले गर्नेछ , यसर्थ डाक्टर सबै तहका स्वास्थ्यकर्मी प्रविधी मैत्री हुनुहोस् ।

गत १० बर्ष देखि जिल्ला अस्पताल तम्घासलाई डाक्टर देखि अनेक प्रविधी उपलब्ध गराउँदै आएको काठमाण्डौंको निकसाईमन ईन्श्च्यिुटले उपलब्ध गराउँदै आएको उक्त प्रविधीको सही सदुपयोग गर्न मन्त्री वरालले सुझाव दिए ।

प्रदेश ५ मै पहिलो पटक अस्पतालको सबै रेकर्ड कम्युटरमा राख्ने ब्यवस्थापन मिलाई दिने निकसाईमान ईन्सिच्युटलाई र यस अघि करिव ५ बर्ष सम्म जिल्ला अस्पताल गुल्मीलाई उत्कृष्ट चिकित्सक सेवा दिएको हाल त्यसका प्रमुख डाक्टर काशिम शाहलाई पनि मन्त्री वरालले धन्यवाद दिए ।

मन्त्री वरालले प्रदेश ५ का १२ वटै जिल्ला अस्पतालमा दुई दुई वटा एम्वुलेन्स सेवा उपलब्ध गराउने , डाक्टर जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हाल्ने ब्यक्तिलाई सार्वाजानिक साधनमा हिड्नु पर्ने बाध्यताको अन्त्य गर्न हरेक जिल्लाका सुपरिटेन्डेनलाई एक एक वटा गाडी उपलब्ध गराउने र डाक्टरहरुको सेवा सुविधामा समेत बृद्धि गर्ने गरि प्रदेश सरकार अगाडी बढेको बताए ।

प्रदेश ५ कै उत्कृट डाक्टर उत्तम पाच्या जस्ता डाक्टरलाई निजि क्षेत्रका अस्पतालले न्युनतम मासिक दुई लाख तलव दिन्छन मन्त्री वरालले भने–‘ लुम्विनी प्रादेशिक अस्पताल कै सुपरिटेण्डन्टले मासिक ४३ हजारमा काम गर्नु परिरहेको छ, यसर्थ यसवारे सोचिदैछ ।’

कार्यक्रममा सामाजिक विकास मन्त्रालय श्यास्थ्य निर्देशनालयका निर्देशक विनोदकुमार गिरिले जिल्ला अस्पतालको स्वास्थ्य अवस्थाको तथ्याङक प्रदेशको स्वास्थ्य निर्देशानलयले हेर्न मिल्ने गरि विकास गर्ने तर्फ आफुहरुले सोचिने बताए ।उनले जिल्ला अस्पताल गुल्मीका सुपरिटेण्डन डाक्टर प्रदेश ५ कै ‘मोडल डाक्टर ’ भएको भन्दै प्रशंसा गरे ।

गुल्मीमा जडान गरिएको पछिल्लो यो प्रविधीले हरेक विरामीको स्वास्थ्य अवस्था , दैकिको विरामी संख्या , कुन डाक्टरले कुन विरामी र कस्तो रोग जाँच्दै छ भन्ने कुरा एक देखि अर्को कक्षले कम्युटरमा थाह पाउने छ र फार्मेशीमा समेत त्यसको रेकर्ड जाने छ । विरामी वा उनका सहयोगले कागज बोकेर यता र उता गर्न पर्ने छैन ।

सम्बन्धित शिर्षक :