बुटबलमा पनि मनाईयो ५८औँ नर्सिङ दिवस [फोटो फिचर]

स्वास्थ्यसमाचार/ गुणस्तरीय नर्सिङ सेवा जेष्ठ नागरिको स्वास्थ्यमा टेवा भन्ने नाराका साथ नेपाल नर्सिङ संघ बुटबल ईकाई तथा सम्पुर्ण नर्सिङ कर्मचारी लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले ५८औँ नर्सिङ दिवस मनाएका छन । नेपाल नर्सिङ संघ बुटबल ईकाइ अध्यक्ष कुमारी हरी केसीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मे सु डा राजेन्द्र खनालले नर्सिङ संघको लागी छुटै अफिस बनाउन पहल गर्ने वताए। डा खनालले नर्सहरुले ओभर टाईम गरेवापत भत्ता दिने ब्यबस्थाको लागी अस्पतालमा पहल गर्ने बताए ।       कार्यक्रममा अस्पतालकी नर्सिङ प्रमुख ज्योती पौडेलले अस्पतालमा गुणस्तरिय सेवा दिनका लागी नर्सहरुलाई…

तिलोत्तमा ९ नगरकै पहिलो शून्य पोलिथिन वडा घोषणा

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नम्बर ९ खुला शून्य पोलिथिन घोषणा गर्ने नगरमै पहिलो वडा बनेको छ ।  नगरका १७ वटा वडामध्ये वडा नम्बर ९ शून्य पोलिथिन घोषणामा पहिलो भएको हो । मंगलबार एक समारोहका बीच वडा नम्बर ९ लाई शून्य पोलिथिन वडा घोषणा गरिएको हो । घोषणाअघि नगरप्रमुख र वडाध्यक्षको नेतृत्वमा वडाबासीले बाजागाजासहितको ¥याली निकालेका थिए । उक्त ¥याली मंगलापुर चोकमा पुगेर घोषणासभामा परिणत भएको थियो । समारोहमा वडालाई खुला शून्य पोलिथिन वडा घोषणा गर्दै नगरप्रमुख वासुदेव घिमिरेले वडाध्यक्ष नारायण न्यौपानेलाई प्रमाणपत्र प्रदान गरे । उनले अव छिटै नै सिंगो…

बुटवलमा सामुदायिक दन्त अस्पताल निर्माण हुने

स्वास्थ्यसमाचार /रुपन्देहीको बुटवलमा सामुदायिक दन्त अस्पताल निर्माण गरिने भएको छ । अस्पताल निर्माणमा आर्थिक संकलन गर्ने उद्धेश्य सहित रोटरी क्लव अफ बुटवल चौतारीले रोटरी म्युजिकल नाइटको आयोजना गरेको छ । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी तीब्र पारिएको रोटरी क्लबअफ बुटवल चौतारीका अध्यक्ष बिष्णु प्रसाद घिमिरेले बताए । माघ १८ गते बेलुका बुटवलको सिद्धार्थ कटेजमा कार्यक्रम हुनेछ ।सो कार्यक्रममा सांगितिक क्षेत्रका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु सुगम पोख्रेल, रामजी खाँड, पशुपति शर्मा, अन्जली अधिकारी , प्रचण्ड जि।सी, राज केसी को बेजोड प्रस्तुती रहने जनाइएको छ । जोडीका लागि प्रति टिकट रु२…

तिलोत्तमामा कुष्ठरोगी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुष्ठरोगी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कुष्ठरोग प्रभावित सजिलै स्वास्थ्य संस्थामा नआउने भएकाले सबै प्रकारका छाला रोगीको परीक्षण गर्नेगरी निःशुल्क चर्मरोग शिविर आयोजना गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले बताए । तिलोत्तमा नगरपालिकामा हाल १४ जना कुष्ठरोग प्रभावितले औषधी खाइरहेको स्वास्थ्य शाखाले जनाएको छ । टिकुलिगढ स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएकोमा सोमबार सेमराबजार स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । शिविरमा छाला रोग विशेषज्ञ डा. श्यामराज उपाध्याय र डा. विनोद बढईले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा निःशुल्क औषधी…

हेल्थ असिस्टेन्ट संघ रुपन्देहीमा : ज्ञवाली

स्वास्थ्यसमाचार /हेल्थ असिस्टेन्ट संघ नेपाल जिल्ला कार्य समिति रुपन्देहीको पुन: गठन भएको छ । सर्बसम्मत रुपमा गठित संघको अध्यक्षमा राजेश ज्ञवाली, उपाध्यक्ष खुल्लामा सुमन थापा, द्धितियमा अर्जुन पौडेल, उपाध्यक्ष महिला लक्ष्मी पौडेल र बन्दना अर्याल, सचिवमा युवराज दिशामगर, सहसचिव मधुखत्री र कोषाध्यक्षमा बिन्दु अर्याल रहेका छन । त्यस्तै सदस्यमा जितेन्द्र प्रजापति_निजी) देबेन्द्र कुर्मि ‐निजी) बिएन ज्ञवाली‐निजी) सन्तोष पन्थी खुल्ला दुर्गा अर्याल अर्जुन भन्डारी र केशव पराजुली रहेका छन । हेल्थ असिस्टेन्ट संघ नेपालका केन्द्रिय अध्यक्ष दाताराम अधिकारिको प्रमुख आतिथ्य ,उपाध्यक्ष मेघनाथ चापागाई र प्रकाश परियारको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रमको मदन…

नेपालमा नसर्ने रोगको कारण मृत्यु हुनेको संख्या ८३ प्रतिशत

स्वास्थ्यसमाचार/ जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीले सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ। सर्ने रोग र नसर्ने रोगको विषयमा पत्रकारहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन । कार्यक्रममा रायपुर प्राथामिक स्वास्थ्य केन्द्रका डा पालत गिरीले अहिले सर्ने भन्दा नसर्ने रोगकाबाट बढि मानिसको मृत्यु भएको बताएका छन ।उनले ८३ प्रतिशत मृत्युको कारण नसर्ने रोग भएको बताएका छन । धुम्रापान मध्यपान अस्वस्थ्यकर खानपान शारिरीक निस्कृयताको कारण नसर्नेरोग तत्काल नदेखीएपनि मानिसलाई अन्तिम अबस्थामा दुख दिने बताए ।सचेत अपनाउनेहो भने नसर्नेरोगको जोखीम कमगराउन सकिने डा गिरीले बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका क्षय कुष्ठ…

२४ हप्तामा जन्मिएका समरले अस्पतालमै मनाए पहिलो जन्मदिन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २४ हप्तामा जन्मिएका कपिलवस्तुका समर पन्थीले अस्पतालमै पहिलो जन्मदिन मनाएका छन्। गत वर्ष माघ १० गते ७ सय ७५ ग्रामको तौलसहित समर २४ हप्तामै जन्मिएका थिए। कपिलवस्तु वाणगंगा नगरपालिका वडा नंं ८ चप्परगाउँकी २३ वर्षीया विमला पन्थी र ३० वर्षीय केशव पन्थीको पहिलो सन्तानको रूपमा जन्मिएका समर सामान्य प्रक्रियाबाटै जन्मिए पनि उनलाई बचाउन भने एक सय पाँच दिन अस्पतालमै राखिएको थियो। अस्पतालमा नियमित गर्भजाँचको क्रममा पाठेघरको पानी कम देखिएको र २४ हप्तामै प्रसूति बेथा लागेपछि विमलाले अस्पतालमा नर्मल डेलिभरीबाट छोरा जन्माएकी थिइन्। लुम्बिनी प्रादेशिक अस्पतालका…

नेपाल सरकारले बढायो कोरोना विरुद्ध उच्च सतर्कता

स्वास्थ्यसमाचार/ छिमेकी देश चीनमा कोरोना भइरस संक्रमणले आतंक मच्चाइरहेको सन्दर्भमा नेपाल सरकार पनि सचेत भएको छ ।सरकारले चीन लगायत कोरोना संक्रमण फैलिएको देशबाट आउने आगन्तुकको स्वास्थ्य प्ररीक्षणका लागि एयरपोर्टमा हेल्थ डेस्क स्थापनादेखि अन्य तयारी गरेको जनाएको छ । कोरोना भाइरस श्वासप्रस्वासका माध्यमबाट सर्ने गर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइसकेको जनाएको छ । महाशाखा प्रमुख डा विवेक लालले भने, ‘अहिले यो रोग चीनमा फैलिरहेको भन्ने खबर आइरहेको छ, चीनबाट नेपालमा धेरै पर्यटक भित्रिने भएकाले हामी पनि उच्च जोखिममा…

हिमचुली सहकारीको सुत्केरीलाई ५ हजार सहित पोषण राहत

स्वास्थ्यसमाचार/ हिमचुली बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुमा सुत्केरी हुने सदस्यलाई ५ हजार सहित पोषण सामाग्री बितरण गर्ने निणर्य गरेको छ। संस्थामा आवद्ध शेयर सदस्यहरुलाई २ पटक सम्म सुत्केरी राहत प्रदान गरिने निर्णय भएको संस्थाका उपाध्यक्ष बेचन प्रसाद गुप्ताले बताए । सुत्केरी राहत मात्र नभई प्रत्येक शेयर सदस्यहरुको जिवन बीमा, मेडिकल बीमा, दुर्घटना बीमा समेत गराइएको अध्यक्ष गुप्ताले बताए । बिहिबार एक कार्यक्रमको बिच संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले शेयर सदस्य स्वस्तिका भण्डारीलाई सुत्केरी राहत उपलब्ध गराएको छ। सुत्केरी भण्डारीलाई ५ हजारको चेक सहित आमालाई पोषण युक्त सामाग्री…

मानसिक स्वास्थ्यप्रति समाजले हेर्ने दृष्टिकोण अझै नकरात्मक :मन्त्री बराल

स्वास्थ्यसमाचार/ मानसिक स्वास्थ्य समस्याप्रति समाजको दृष्टिकोण अझै नकरात्मक रहेको प्रदेश ५का सामाजीक बिकासमन्त्री सुदर्शन बरालले बताए । स्वास्थ्यतालिम केन्द्र बुटवलको आयोजनामा ६ दिने मानसिक स्वास्थ्यसम्वधी तालिम उद्घाटन गर्दे बरालले उक्त कुरा बताएका हुन । मन्त्री बरालले प्रदेश ५ सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउदै यस प्रति जनचेतना फैलाउने ,प्रदेशका अस्पतालहरुमा रोगीको उपचारको ब्यबस्था मिलाउने लगायतका काम अघिबढाएको बताए । मन्त्रीबरालले समाजमा गलत धारणा अन्धविश्वास कायम रहनु लगायका कारणले मानसिक समस्या बढदै भनाई थियो। उनले विश्वभरमा नै मानसिक समस्या ठूलो चुनौतिको रुपमा देखापरेको बताउदै जनचेतना फैलाउनु सबैभन्दा उपलब्धीपुर्ण हुने बताए ।…