जलबायु परिर्वतनले स्वास्थ्यमा गम्भीर असर, कुपोषण देखी टाईफाईडका रोगी बढ्दै

स्वास्थ्यसमाचार /रुपन्देही कपिलबस्तु र नबलपरासीका स्थानिय निकायका मेयर/ अध्यक्ष पालिका स्वास्थ्य संयोजक सामाजीक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालका प्रतिनिधि लाई जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिने पैरवी कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्र काठमान्डौको आयोजना तथा प्रदेश तालिम केन्द्र प्रदेश नं ५को समन्यमा जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाब समन्धी एक दिन कार्यक्रम सम्पन्न भएको हो। तालिममा जलवायु बिज्ञ डा यादव प्रसाद जोशीले जलवायु परिर्वतन तथा स्वास्थ्यमा परेको असरबारे जानकारी दिए ।   तिन जिल्लाका १४ पालिका र समाजीक बिकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि सहभागि…

लुम्विनी प्रादेशिक अस्पतालको अध्यक्षमा भट्टराई र सदस्यमा श्रेष्ठ नियुक्त

स्वास्थ्यसमाचार /लुम्विनी प्रादेशिक अस्पताल बुटबलकोे अध्यक्ष र सदस्यमा दुई जनालाई नियुक्त गरिएको छ । प्रदेश ५ को मन्त्रीपरिषदको सोमबार बसेको बैठकले अध्यक्षमा पाल्पा मदन पोखराका सूर्य बहादुर भट्टराईलाई नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भट्टराईलाई अध्यक्ष र बुटबलकी रिज्जु श्रेष्ठलाई सदस्यमा नियुक्त गरिएको बताए । भटराई रम्भादेवी कलेज अफ मेडिकल साईन्सेजका अध्यक्ष हुन् भने श्रेष्ठ समाजसेवी हुन् । त्यस्तै रोल्पा अस्पतालको अध्यक्षमा फणिन्द्र आचार्य र सदस्यमा निमकुमारी सिंहलाई नियुक्त गरिएको छ ।1  

पाँचौ योग दिवस: विद्यालय तहबाटै योग शिक्षा दिदा सकरात्मक प्रभाव

स्वास्थ्यसमाचार/ पाचौं राष्ट्रिय योग दिवसको अवसरमा बुधवार बुटवलमा विभिन्न कार्यक्रम गरिएको छ । लुम्विनी आयुर्वेद चिकित्सालय, पताञ्जली योग समिति नेपाल रुपन्देही, तथा विभिन्न संघ सस्थाहरुले विभिन्न कार्यक्रम गरेका छन । कार्यक्रमहरुमा योगको महत्वदेखि आयुर्वेद क्षेत्रको चर्चा गरिएको छ । पताञ्जली योग समितिले गरेको कार्यक्रममा प्रदेश पाचका सदस्य एंव योग प्रशिक्षक विष्णुहरी आचार्यले योगको माध्यमबाट शरिर स्वस्थ्य राख्न सहयोग पुग्ने चर्चा गरे । उनले योगको महत्व बुझन सके र यसलाई ब्यापकता दिन सके पर्यटन क्षेत्रको विकासमा पनि मद्दत पुग्ने बताए । कार्यक्रममा जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, इन्दिरा भण्डारीलगायतले योगका बारेमा चर्चा…

५ वर्षभित्र प्रत्येक स्थानीय तहमा १५ शैयाको प्राथमिक अस्पताल बन्ने

स्वास्थ्यसमाचार / सरकारले ५ वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शैयाको प्राथमिक अस्पताल बनाउने लक्ष्य लिएको छ । लक्ष्यअनुरूप ७० वटा प्राथमिक अस्पतालको भौगोलिक अवस्थाको अध्ययन पूरा गरी टेन्डर प्रक्रिया अघि बढिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । फागुन ०७५ को मन्त्रिपरिषद् बैठकले २ सय ५१ प्राथमिक स्वास्थ्यकेन्द्र वा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी प्राथमिक अस्पतालमा विकास गर्ने निर्णय गरेको थियो । यसअन्तर्गत स्थानीय सरकारको सिफारिसमा पालिकामातहतको कुनै एक स्वास्थ्यसंस्थालाई अस्पतालमा स्तरोन्नति नीति सरकारको छ । ‘५ वर्षभित्र सबै स्थानीय तहमा १५ शय्याको प्राथमिक अस्पताल स्थापना कार्य सम्पन्न हुनेछ,’ मन्त्रालयको नीति–योजना…

पाँचौ योग दिबसको पुर्ब सन्ध्यामा मायादेवि गाउँपालिकामा अन्तरक्रिर्या

स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेबि गाउँपालिकामा पाँचौ योग दिबसको सन्र्दभमा योग,यसले मानब स्वास्थ्यमा पर्ने प्रभाब र योगको महत्वका बिषयमा अन्तरक्रिर्या कार्यक्रम भएको छ । सामाजिक बिकास बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले बोल्दै सर्ने रोग भन्दा नसर्ने रोगको महामारी बढदै भएको ले मानिसको दैनीक जिबनमा योग अति आबश्यक रहेको बताए ।उनले नसर्ने रोगको लागी योग अत्यन्तै उपयोगी हुने बताए ।   गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमम गाउँपालिका आयुर्वेद शाखा प्रमुख कबिराज निरीक्षक धुर्ब भन्डारीले कार्यपत्र प्रस्तुत गर्दे योगको ऐतिहासिक महत्व दैनीक योगअभ्यासबाट मानब स्वास्थ्यमा पर्ने प्रभाब र…

तिलोत्तमाको सेमराबजार स्वास्थ्य चौकीमा चिकित्सक सहितको सेवा सुरु

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकले स्वास्थ्यचौकीमा चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ । नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको हो । सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरिएको चिकित्सकीय स्वास्थ्य सेवा क्रमशः अन्य स्वास्थ्य चौकीमा पनि विस्तार गरिने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा सात वटा स्वास्थ्यचौकी, दुई वटा शहरी स्वास्थ्य केन्द्र, दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा थप पाँच वटा शहरी स्वास्थ्य केन्द्र स्थानपना हुने क्रममा छन् । १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्यका साथ सेमराबजार स्वास्थ्य चौकीबाट चिकित्सकीय सेवा सुरु…

नर्सिङ कर्मचारीका लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र र बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीको लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने समन्धी ३ दिने तालिम सुरुभएको छ। महिलाहरुको पाठेघरको समस्या दैनीक बढदै गएपछि रोगथाम र उपचारको लागी नर्सिङ कर्मचारीको लागी तालिम सुरु गरिएको हो ।तालिमको एक कार्यक्रमका बिच प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले महिलाहरुको पाठेघर परिक्षण गर्दा १सय जनामा ५ जनामा पाठेघर मुखको क्यान्सर देखीएकोले रोक्न र उपचार गर्नेको लागी प्रदेश तालिम केन्द्रले बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीका लागी तालिम…

कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजना तथा एसएस बिएच र आम्दा नेपालको सहकार्यमा बुटबलमा ८ दिने कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु भएको छ । तालिमको एक समारोहका बिच स्वास्थ्य तालिम केन्द्र प्रदेश नं ५का निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे ।उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले परिबार नियोजन तथा परामर्स कार्यक्रम लाई गाउँ गाउँमा पुराउन आबश्यक रहेको बताए। चेतनाको कमिको कारण परिबार नियोजनका साधान प्रयोग गर्ने समन्धमा महिला र पुरुषमा अहिले पनि बिभेद रहेको बताए । श्रेष्ठले केन्द्रिय तथ्याक अनुासार प्रदेश ५पछि रहेपनि यि र यस्तै तालिमको माध्यमबाट…

तिलोत्तमा नगरपालिकामा यस वर्ष ५ वटा सरकारी स्वास्थ्य संस्था निमार्ण हुने

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले सबै वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्यसहितको ३० महिने मध्यावधि समीक्षा गरेको छ । १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा हाल ७ वटा स्वास्थ्य चौकी संञ्चालनमा रहेका छन् । चालु आर्थिक वर्षमा ५ वटा निमार्णका चरणमा रहेको नगरप्रमुख बासुदेव घिमिरेले बताए । हामी स्वस्थ्य नगरबासी स्वच्छ नगरको नारा सहित काम गरिहेका छौं, प्रमुख घिमिरेले भने, ‘सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवाको पहँुचलाई स्थापित गर्ने गरी काम भैरहेको छ । नगरपालिकामा हाल ३ वटा सहरी स्वास्थ्य केन्द्र, २ वटा वर्थिङ सेन्टर सञ्ंचालनमा छन् । प्रत्येक वडामा एउटा स्वास्थ्य…

अस्पताममै रहेकी ठगिसरा मन्त्रीको पहलमा घर फर्किईन

स्वास्थ्यसमाचार/ आर्थिक अभावका कारण अस्पतालबाट विरामी निकाल्न नपाएका पाल्पाका एक परिवारले  विरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । तिलोत्तमा नगरपालिका स्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ की ठगिसरा सोमै (पुजा सोमै)को उपचार शुल्क सामाजिक विकास मन्त्रि सुदर्शन बराललेको पहलमा छुट गराई अस्पतालबाट घर पठाईएको हो । मन्त्री बरालको पहलमा १८ वर्षिय ठगिसराको उपचारमा लागेको शुल्क अस्पताल प्रशासन छुट गर्न सहमत भएको थियो । ८४ दिन अस्पतालमा भर्ना हुदा एक लाख ६२ हजार ४ सय रुपैयाको विल भएको थियो । विरामी सोमैको माईतीले आर्थिक संकलन गरी ८७ हजार ९ सय…