लुम्बिनी प्रादेशिक अस्पतालद्धारा ४८ घन्टा भित्र सटर खाली गराउन व्यवसायीलाई चेतावनी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले ४८ घन्टा भित्र सटर खाली गराउन व्यवसायीलाई अल्टीमेटम दिएको छ । सामाजीक बिकास मन्त्रालयले अस्पतालललाई सटरहरुलाई ४८ घन्टा भित्र खाली गराउन निर्देशन दिए अनुसार अस्पतालले उक्त सुचना प्रकासित गरि अल्टीमेटम दिएको हो । अस्पतालले माघ २२ गते भित्र सटर खाली गराउन निर्देशन दिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालद्धारा हस्ताक्षरित सुचनामा तोकिएको समयसम्म सटर खाली नगराए भत्काउदा हुने हानी नोक्सानीको जिम्मेबार अस्पताल नहुने उक्त सुचना मार्फत जानकारी गराएको छ ।

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पताल तथा प्रदेशको गौरवको आयोजनाको रूपमा विकास गर्नसटरहरू भत्काई मापदण्डअनुरूप नयाँ पर्खाल निर्माण गर्ने जनाएको छ। प्रदेश सरकारमातहत आएपछि सरकारले यसको स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

अस्पतलमा ७२ वटा सटर रहेका छन् । ती सटरको भाडाबाट वार्षिक झन्डै ९ करोड आम्दानी भए पनि प्रदेश सरकारले सटरका कारणले अस्पतालको स्वरुप विग्रीएकोले भत्काए नयाँ संरचना बनाउने तयारी जनाएको छ ।प्रदेश सरकारले प्रदेशको गौरवको आयोजना यो अस्पतालाई राखेको हुदाँ बजेट समस्या नहुने सामाजीक बिकास मन्त्री शुदर्शन बरालले बताएका छन ।

प्रदेश सरकारले प्रवत्ता एवं भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले यसअघि अदालतको आदेश आउन साथ सटर भत्काउन डोजर लैजाने बताएका थिए ।

सटर भत्काउने भनि गरेको निर्णयविरुद्ध जिल्ला अदालतमा परेको मुद्दामा अदालतले अन्तरकालीन आदेश आईतबार खारेज गरिदिएको छ ।अदालतको यो निर्णयसँगै अस्पतालका सटरहरु भत्काउन अस्पताल प्रशासनलाई बाटो खुलेको छ ।

अस्पतालविरुद्ध २६ व्यापारीले मुद्दा दायर गरेका थिए । सो मुद्दामा अदालतले २०७६ मंसिर १३ गते विपक्षका नाममा निवेदकहरुलाई करार सम्झौता अनुसार भाडाका पसलबाट नउठाउनु भनि अन्तरकालीन आदेश जारी भएको थियो ।

सम्बन्धित शिर्षक :