कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले बनायो तीनवटा समिति

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरसको संक्रमण फैलन नदिन भन्दै आवश्यक कार्यार्थ तीनवटा समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा एउटा उच्चस्तरिय अनुगमन समिति बनेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । सो समितिमा सम्बन्धित मन्त्रालयहरु जस्तै, गृह, रक्षा, पर्यटन, कृषि मन्त्रालयका सचिवहरु सदस्य रहेका छन् । त्यस्तै, स्वास्थ्य सचिव खगराज बरालकोको अध्यक्षतामा निर्देशक समिति बनेको छ ।

सो समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरु सदस्य रहेका छन् । त्यस्तै मन्त्रालयको गुणस्तर, मापन तथा नियमन महाशाखा प्रमुख डा। दिपेन्द्र रमण श्रेष्ठको अध्यक्षतामा प्रविधिक समिति गठन भएको श्रेष्ठले जानकारी दिए । सो समितिमा विभिन्न विषयविज्ञ तथा चिकित्सकहरु सदस्य रहेका छन् ।

स्वास्थ्य मन्त्रालयमा बसेको सचिव तथा स्वास्थ्यका अधिकारीहरु सहितको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस प्राणघातक रुपमा विश्वका विभिन्न देशमा फैलिएपछि मन्त्रालय सजग भएको हो । यद्यपी मन्त्रालयले सम्भावित महामारी नियन्त्रणका लागि ठोस कदम नचालेको भन्दै आलोचना पनि भइरहेको छ । हाम्रो डाक्टर न्युजबाट

सम्बन्धित शिर्षक :