चिकित्सक संघमा लोकतान्त्रिक समूहको जित, एकजना सदस्य पेशागत समुहबाट

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ एनएमए को अध्यक्षमा डा लोचन कार्की विजयी भएका छन् । मंगलबार बिहान ३ बजे सम्पन्न संघको मतगणना अनुसार लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका डा कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।

मत परिणाम अनुसार सबैभन्दा बढी मत ल्याएर आफ्ना निकटतम् प्रतिद्वन्द्वी पेशागत समावेशी समूहका डा।पुष्पमणि खराललाई उनले पराजित गरेका छन् । डा कार्कीको ४ हजार १ सय ११ मत प्राप्त गरेका छन् भने डा खरालको १ हजार ९ सय ७९ मत आएको छ । डा। कार्की २ हजार १ सय ३२ बढी मत ल्याएर विजयी भएका छन् ।

आफू विजयी भएको कुरा डा कार्कीले आफ्नो सामाजीक सञ्जाल मार्फत् जानकारी गराउँदै डा।खराललाई धन्यवाद दिएका छन् । उनले डा खराललाई साथ र सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा डाक्टरको पेशा र हकहितका लागि सँधै समन्वय गरेर अघि बढ्ने पनि बताएका छन् ।

मंगलबार सम्पन्न चिकित्सक संघको निर्वाचनको मतगणना दुई दिन ढिलो गरि सुरु भएको थियो । मतपरिणाम अनुसार लोकतान्त्रिक समूह नै हरेक स्थानमा अगाडी छ । तर, औपचारिक रुपमा मतपरिणामको अन्तिम नतिजा घोषणा हुन भने बाँकी छ ।

यता, निर्वाचनमा उम्मेदवार भएकाहरुले आफ्ना सामाजीक सञ्जाल मार्फत् विजयी भएको जानकारी दिइरहेका छन् । यस्तै, उपाध्यक्षमा डा अनिलविक्रम कार्कीले ३ हजार ९ सय ४५ मत, सहकोषाध्यक्षमा डा विश्वराज दवाडीले ३ हजार ९ सय ३५ मत, सहसचिवमा डा निरजकुमार सिंहले ३ हजार ७ सय ९० मत, सदस्यमा डा रितेश थापाले ३ हजार ७ सय १७ र डा नन्दाकुमारी गुरुङले ३ हजार ३ सय १६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

प्यानलमै लोकतान्त्रिक समूहले फराकिलो अग्रता बनाएपनि पेशागत समावेशी समूहबाट सदस्यमा उम्मेदवार बनेका युवा चिकित्सक डा लिजन महर्जन विजयी भएका छन् ।

यस्तो छ मतपरिणामः

अध्यक्षः डा लोचन कार्कीको ४ हजार १ सय ११ मत छ भने डा पुष्पमणि खराल– १हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष डा रक्षा श्रेष्ठ– २२६२ मत प्राप्त गरेका छन् भने डा शिवप्रसाद श्रेष्ठको ३ हजार ५ सय ९५ मत छ ।

 

उपाध्यक्षः डा अनिलविक्रम कार्कीको ३ हजार ९ सय ४५ मत छ भने डा रञ्जितकुमार झाको १ हजार ९५४ मत छ । महासचिवः डा बद्री रिजालको २ हजार ४३१ मत प्राप्त गरेका छन् भने डा मधुर बस्नेतको १ हजार ३७८ मत छ ।

अर्का उम्मेदवार डा दीपेन्द्र पाण्डेको १ हजार ३०१ मत हुँदा डा अजयकुमार मिश्रले ८ सय ६९ मत मात्र प्राप्त गरेका छन् । कोषाध्यक्षः डा प्रकाश बुढाथोकीले ३ हजार २७८ मत प्राप्त गरेका छन् भने डा सञ्जितकुमार साहले २ हजार ५७९ मत प्राप्त गरेका छन् ।

सहसचिवः डा निरजकुमार सिंहले ३ हजार ७ सय ९० मत ल्याएका छन् भने डा सैलेन्द्र झाको १ हजार ८९४ मत छ । सहकोषाध्यक्ष डा विश्वाराज दवाडीको ३९३५ मत छ भने अर्का उम्मेदवार डा उदयनारायण सिंहको १ हजार ९४२ मत छ ।

यस्तै सदस्यहरु  अमित चतुर्वेदी १ हजार ५७४, डा विक्रान्त ढकाल २ हजार ५८६, डा विपेश आचार्य २ हजार ८८०, डा दीपकप्रसाद कोइराला १ हजार ८६८, डा जगदिशचन्द्र विष्ट १ हजार २४९, डा लिजन महर्जन २ हजार ८७२, डा नन्दाकुमारी गुरुङ ३ हजार ३१६, डा प्रमोद जोशी २ हजार ७९६, डा प्रवीणकुमार गिरी ७ सय ४७, डा राकेश कुमार साह २ हजार ३१३, डा रितेश थापा ३ हजार ७१७, डा सञ्जिव तिवारी ३ हजार ४, डा सुमन काफ्ले २ हजार २२६, डा त्रिभुवन चन्द्र झा १ हजार ८१३ मत प्राप्त गरेका छन् ।

 

 

 

सम्बन्धित शिर्षक :