बुटबल उपमहानगरद्धारा सुत्केरीलाई पोषणसंगै भत्ता

स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाले स्वास्थ संस्थामा सुत्केरी हुन आएका महिलालाई भत्तासहित पोषण सामग्री प्रदान गरेको छ ।

उपप्रमुख सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम अन्तर्गत बुटवलले मुलुकमै नौलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही क्रममा आइतबार बुटवल(१४, सेमलारको स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका महिलाहरुलाई भत्तासहित पोषण सामग्री प्रदान गरिएको हो ।

उपप्रमुख गुमादेवी आचार्यले चालु आवको पहिलो चरणमा त्यस क्षेत्रका १७ जना सुत्केरीलाई पोषण सामग्री प्रदान गरिन । गत मंसिरदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका ती महिलालाई आइतबार संयुक्तरूपमा उक्त सामग्री प्रदान गरिएको थियो ।

त्यसअवसरमा उपप्रमुख आचार्यले शिसु र आमा दुबैको स्वस्थ्य तथा पोषणलाई संवेदनशील मानेर बुटवलले सुत्केरी एवम् गर्भवती भेटघाट कार्यक्रम सुरु गरिएको बताईन ।

वडाअध्यक्ष दधिराम न्यौपानेले वडामा ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ चेकजाँचदेखि सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिएको बबताए । स्वास्थ तथा जनसंख्या महाशाखाका गीता पाण्डे तथा स्वास्थ चौकीका राजन गिरीलगायतले नियमित स्वास्थ्य सेवा लिन आउने गरि प्रोत्साहनका कार्यक्रमसमेत सञ्चालन गरिएको बताए ।

सम्बन्धित शिर्षक :