लुम्बिनी प्रादेशिक अस्पताल सटरमा डोजर चल्यो

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका सटर ब्यबसायीले खाली गर्न नमानेपछि अस्पतालले डोजर लगाएर हटाउन सुरु गरेको छ।

अस्पतालका नाममा केहि ब्यवसायीहरुले सम्झौता अनुसार नै ब्यवसाय संञ्चालन गर्न पाउनु पर्ने भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्धा जाहेर गरेका थिए ।
ब्यवसायीको मुद्धाको अदालतले अन्तरकालिन खारेज गरिदिएको थियो ।

जिल्ला अदालत रुपन्देहीले माघ १९ गतेका दिन यस्तो आदेश गरेपछि अस्पतालले ब्यबसायीलाई ४८ घन्टा भित्र सटर खाली गर्न चेताबनी दिएको थियो ।
अस्पतालले ब्यबसायीलाई पत्र नै दिएर खाली गर्न लगाएको अस्पतालले जनाएको छ। अस्पतालको चेताबनी अटेर गरेपछि अस्पतालले डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल बिकास समितिले बुधवार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।

सम्बन्धित शिर्षक :