कण्डम दिवसका अवसरमा बुटबलमा वृहत सांस्कृतिक कार्यक्रम

स्वास्थ्यसमाचार /अन्तराष्ट्रिय कण्डम दिवसका अवसरमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

दिवसका अवसरमा फेब्रुअरी १३ अर्थात बिहीबार बुटवल ट्राफिक चोकमा हुने उक्त कार्यक्रम बारे आयोजक आस्था समूह र सहयोगी संस्था ए.एच.एफ नेपालले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

सो अवसरमा बोल्दै आस्था समूहका अध्यक्ष केशव पुन मगरले कण्डम दिवसका अवसर पारेर एचआइभी एड्सबाट जोगिन कण्डमको भूमिका महत्वपूर्ण हुुन्छ भन्ने बुझाउन र कण्डमको प्रयोग बारे सन्देश दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जनाए ।

त्यसैगरी कार्यक्रमको सहयोगी संस्था ए.एच.एफ.नेपालका क्षेत्रिय कार्यक्रम संयोजक धर्मराज भट्टराईले एडबाट बच्न कण्डमको अहम् भूमिका रहेको बताउँदै एड्स रोग र यसको यस क्षेत्रको अवस्था बारे जानकारी गराए । उनले सन् २०१२ बाट ए.एच.एफ नेपालले तत्कालिन लुम्बिनी अञ्चल अस्पताल (हाल लुम्बिनी प्रादेशिक अस्पताल)मा निरन्तर एचआइभी एड्स परीक्षण र उपचार सेवा प्रदान गर्दै आएको बताए ।

उनका उनुसार लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलबाट १ हजार २ सय २० जनाले एड्स रोग सम्बन्धी उपचारको सेवा लिइरहेका छन् । जसमध्ये गतवर्ष सेवा लिनेमा रुपन्देहीका ९सय १३ जना र नयाँ ६९ जना रहेका छन् ।त्यसैगरी गतवर्ष एड्स रोगबाट मृत्यु हुनेको संख्या ३४ रहेको छ । ९ जना एडस् पीडित आमाबाट भने ९ जना नै एचआइभी सक्रमणरहित शिशुु जन्माउन सफल भएको उनले बताए ।

एचआइभी एड्सको रोकथामका लागि गत वर्ष ए.एच.एफ नेपालले ५० हजार कण्डम वितरण गरेको बताउँदै उनले विशेषगरी यौनकर्मी र आप्रवासी कामदारका श्रीमतीहरुमा यस रोगको जोखिम बढी रहेको बताए । कण्डम दिवसका अवसरमा एड्स र कण्डम बारे सचेतना जगाउन आयोजना गरिएको कार्यक्रममा आस्था समूहद्वारा नाटक, बुटवलकै साउण्ड वेभ ब्याण्डद्वारा सांगितिक प्रस्तुती र तेस्रो लिङ्गीहरुको पनि प्रस्तुती रहने आस्था समूहका अध्यक्ष पुनले बताए ।

दिउँसो एकबजेदेखि राती ८ बजेसम्म चल्ने कार्यक्रममा एकघण्टा सामाजिक विकास मन्त्रालय प्रदेश ५ को औपचारिक कार्यक्रमसँगै एड्स र कण्डमसँग सम्बन्धित विभिन्न प्रस्तुतीहरु रहने पुनले बताए ।

त्यसैगरी सोही कार्यक्रममा कण्डमको प्रयोग सम्बन्धी जानकारी गराउँदै निःशुल्क कण्डम वितरण गरिने ए.एच.एफ नेपालका क्षेत्रिय कार्यक्रम संयोजक धर्मराज भट्टराइले जानकारी दिए । पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी., लगाएतको सहभागिता रहेको ए.एचएफ नेपालका कार्यक्रम संयोजक भट्टराइले कण्डमको प्रयोग बारे जानकारी तथा प्रदर्शन गरेका थिए ।

सम्बन्धित शिर्षक :