दादुरा रुबेलाखोप फाल्गुण १ देखि ९ सम्म तिलोत्तमामा संञ्चालन गरिदै(तालिका सहित)

स्वास्थ्यसमाचार/ नेपालमा सन् २०२३ सम्ममा दादुरा रुबेला दुबैलाई पुर्ण रुपले निवारण गरिसक्नु पर्ने लक्ष्य अनुरुप राष्ट्रिय अभियान कार्यक्रम रहेकोले तिलोत्तमा नगरपालिका अन्र्तगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुका खोप केन्द्रहरुमा यहि आगामी २०७६ फाल्गुण १ गते देखि ९ गते सम्म तिलोत्तमा नगरापालिकाका ६९ खोप केन्द्रमा २२ जना स्वास्थ्यकर्मी परिचालन गरी दादुरा रुबेला लक्षित १०हजार, ८सय १६ बालवालिका हरुलाई खोप लगाईने भएको छ ।

उक्त कार्यक्रमको लागि ८५ सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्रचार गरि धेरै भन्दा धेरै लाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । खोप लगाएपछि हुने कुनै अवाञ्छित समस्या लाई मध्यनगर गर्दै उक्त कार्यक्रममा चिकित्सक सहितको टोली समेत खटाइने छ ।

 

खोप कार्यक्रम सँगै बालबालिकाहरुलाई पोलियो थोपा समेत खुवाईने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रको लागि घर–घरमा निमन्त्रणा कार्ड, व्यानगर , ब्रोसर, पम्प्लेड, मार्कर , टेलिसिट, अनुुसुचि फारम ,परिचालित स्वास्थ्य कर्मी ,स्वयंसेवक र वार्ड स्तरीय अभिमुखि कार्यक्रम गरी तिलोत्तमा नगरपालिका बाट सवै नगरवासीमा जानकारी गराईएको छ।

 

खोप लगाउने यो अभियानमा माइकिङ, रेडियो बाटप्रचार प्रसार समेत गरिएको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा संयोजक मोति पौडेलले बताए । उनले कार्यक्रम लाई व्यवस्थित गर्न मेडिटेक इन्टरनेशनल कलेजका विद्यार्थीहरुलाई स्वयं सेवकको रुपमा परिचालन गरिने समेत बताए ।

 


जनसमुदायहरुमा दादुरा रुबेला तथा पोलियो रोग बिरुद्धको राष्ट्रिय अभियानको रुपमा रहेको उक्त कार्यक्रमलाई प्रचार प्रसार गरि भब्यताका साथ सफल पार्न यहाँहरुको महत्वपुर्ण भुमिका रहने हुँदा आवश्यक सहयोग गरि दिनु हुन सबैमा अनुरोध गरिएको संयोजक पौडेलले बताए ।

 

 

सम्बन्धित शिर्षक :