गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्धारा दाङ डायलाईसिस सेन्टर शुभारम्भ

स्वास्थ्यसमाचार /गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले दाङको लमहीमा स्थापना गरेको लमही सामुदायिक डायलाईसिस सेन्टरले आफ्नो सेवा शुभारम्भ गरेको छ ।

सेन्टरको औपचारिक उद्घाटन यहि माघ २९ गते प्रदेश न.५ का मुख्यमन्त्री शंकर पोखरेललेबाट हुने कार्यक्रम रहेको छ ।रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा स्थापना गरिएको सेन्टरमा १० वटा डायलाईसिस मेशिन जडान गरी सेवा सुभारम्भ गरिएको हो ।

सेन्टर शुभारम्भ गरिएको दिन आठजना विरामीको मृगौलाका डायलाईसिस गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।
अध्यक्ष आलमले करिब ५ करोडको लागतमा स्थापित सेन्टरबाट दैनिक ३० जना विरामीको नियमित डायलाईसिस गर्न सकिने बताए ।

हाल तुल्सीपुर र घोराही अस्पतालमा दुईदुई वटा डायलाईसिस मेसिन संचालनमा रहेपनि विरामीहरुको चाप धेरै भएकोले दाङ, प्यूठान, सल्यान, रोल्पा, रुकुम लगायतका क्षेत्रबाट समेत बुटवल, नेपालगञ्ज, काठमाण्डौमा डायलाईसिस गर्न जान बाध्य थिए ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर के.सी.ले बुटवलमा स्थापित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले लमहीमा संचालन गरेको डायलाईसिस सेन्टरबाट पश्चिम क्षेत्रका विरामीहरुलाई राहत मिल्ने भन्दै खुशी व्यक्त गरे ।सरकारले नागरिकलाई आधारभुत स्वास्थ्य सेवा दिनुपर्नेमा सामुदायिक स्तरबाट संचालित संस्था र अस्पतालले दिएकोप्रति प्रशंसा गरे ।

 

रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले स्वास्थ्य सेवाको सहज पहुंच नपुगेका स्थानमा सेवा पु¥याउने उद्देश्यले रोटरीको सहयोगमा लमहीमा डायलाईसिस सेन्टर स्थापना गरिएको बताए । हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस सेवा शुरु गरिएपनि आवश्यकताको आधारमा थप मेशिन समेत जडान गर्न सकिने बताए ।

रोटरी क्लब अफ लमहीका अध्यक्ष रवी लाल आचार्यले डायलाईसिस सेन्टर संचालनकै लागि रोटरी क्लब गठन गरिएको जानकारी दिंदै गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थासंग गर्न पाएको सहकार्यप्रति खुशी व्यक्त गरे ।पश्चिम क्षेत्रका विरामीहरुको चाप र मागलाई मध्यनजर गर्दै डायलाईसिस सेन्टर संचालन गरिएको कार्यक्रम संयोजक दिनेशराज रेग्मीले बताए ।

बुटवलदेखि पश्चिम घोराही र तुल्सिपुर अस्पतालमा दुईदुई वटा डायलाईसिस मात्र रहेको अवस्थामा १० वटा मेशिन सहित लमहीमा स्थापना गरिएको सेन्टरबाट पश्चिम क्षेत्रका मृगौलाका विरामीहरु लाभान्वित हुने छन् । हाल दाङ, प्यूठान लगायतका जिल्लाबाट २५ जना विरामी नियमित डायलाईसिसको लागि बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् ।

यो संगै रुपन्देहीका अन्य अस्पताल तथा नेपालगञ्ज, चितवन र काठमाण्डौमा समेत डायलाईसिसको लागि जान बाध्य छन् । मृगौलाका विरामीले हप्तामा २ देखि ३ पटक सम्म डायलाईसिस गर्नुपर्ने भएकोले कतिपय विरामी डायलाईसिस सेवा उपलब्ध भएको क्षेत्रमै बस्न बाध्य छन् भने कतिपय नियमित रुपमा आवतजावत गर्न बाध्य थिए ।

लमहीमा डायलाईसिस सेवा शुभारम्भ भएपछि विरामीहरुको आर्थिक संगै समयको समेत बचत हुने छ ।

सम्बन्धित शिर्षक :