सुनौली नाकाबाट १० दिनकी सुत्केरीको उद्धार गरी क्वारेन्टीनमा

रुपन्देहीमा ३ सय ५० जना क्वारेन्टीनमा

स्वास्थ्यसमाचार /नेपाल र भारत दुबै देशमा लकडाउन भएपछि भारतको सुनौली नाकामा रोकिएकी १० दिनकी सुत्केरी महिलाको उद्धार गरी क्वारेन्टीनमा राखिएको छ ।

रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जि ३ दिनदेखि सुनौली नाकामा अलपत्र परेकिथिईन। भारतको गाजियाबादमा सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि सुनौलीमा रहेकि थिईन । उनलार्ई तिलोत्तमा नगरपालीकाले प्रमुख जिल्ला अधिकारी महादेव पन्थको समन्वयमा उद्धार गरेको नगर प्रमुख बासुदेब घिमिरेले बताए । सुत्केरी महिलालाई सोमबार देखि बेलहिया समाज र स्थानीय बासिन्दाले खानाको प्रबन्ध मिलाएका थिए ।

 

सुत्केरी महिला संगै उनका श्रीमान मजोज तथा २ र ३ बर्षिय छोरालाई समेत नेपाल प्रबेश गराएर एम्बुलेन्स मार्फत रुपन्देहीको शंकरनगर स्थित दुर्गादत्त माध्यमीक बिद्यालयको क्वारेन्टीनमा राखिएको छ ।

उनीहरु सबै १४ दिन क्वारेन्टीनमा बसेर आफनो घर जान पाउने प्रमुख जिल्ला अधिकारी महादेब पन्त ले बताए।सुनौली नाकामा रोकिएका ३०४ जना नेपालीलाई भारतको नौतनहवामा रहेको क्वारेन्टीन र बेलहियामा रोकिएका १५४ जना भारतीयलाई भैरहवामा रहेको क्वारेन्टीनमा निशुल्क खाने प्रबन्ध सहित राखिएको रुपन्देहीका प्रहरी प्रबक्ता खड्क बहादुर खत्रीले बताए ।

महिला तथा बालअधिकारकर्मी ज्ञानु पौड्यालले तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे तथा रुपन्देही प्रशासनको संवेदशीलताका कारण महिला तथा बालबालिकाको उद्दार भएको बताइन् । एउटा १० दिनको सुत्केरी ३ जना बालिका जसको पीडामा मन दुख्ने, मुटु पोल्ने को नहोला ? झन विपद्को समयमा आधारभुत आबश्यकता, प्रजनन अधिकार, रोगबाट सुरक्षाको सुनिश्चितता सबैको पहलले सम्भव भयो, उनले भनिन् ।

रुपन्देहीमा ३ सय ५० जना क्वारेन्टीनमा रहेका छन ।

सम्बन्धित शिर्षक :