प्रदेश ५सरकारले कोरोना नियन्त्रण उपचार कोष निर्देशिका तयार गरी लागू

सामाजिक विकास मन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति

स्वास्थ्यसमाचार/ प्रदेश सरकारले कोरोना भाईरस कोभिड –१९ नियन्त्रण तथा उपचार कोष संचालनको लागि निर्देशिका तयार गरी कार्यान्यनमा ल्याएको छ ।

कोष संचालनको लागि सामाजिक विकास मन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाईएको छ । जसको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका सचिव डा गोपीकृष्ण खनाल रहेका छन ।

त्यसैगरी सदस्यहरुमा मुख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहेका छन ।

कोषमा जम्मा भएको रकम कोरोना भाइरस रोकथाम तथा उपचारको लागि आवश्यक आईसोलेशन अस्पताल स्थापना र संचालनमा लाग्ने खर्चहरुको व्यवस्थापन गर्न मानविय क्षती नियन्त्रण र प्रकोपको कारणबाट प्रभावित व्यक्तिहरुको सहजपरिक्षण तथा उपचारको व्यवस्था गर्न उपचारमा आवश्यक पर्ने मेडिकल सामाग्री औषधी उपकारणको लागि लाग्ने खर्चको प्रवन्ध गर्न कोरोना भाईरसको नियन्त्रण तथा उपचार गर्न प्रदेश सरकारबाट निर्णय भएवमोजिमका अन्य खर्च गर्न र कोरोना भाइरसबाट ज्यान गुमाएका परिवारलाई दिने राहतको लागि खर्च गर्न सकिने निर्देशिका रहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए।

कोष संचालक समितिको मंगलबार वसेको बैठकले ५ सदस्यीय प्राविधिक कार्यदल गठन गरेको छ । जसको संयोजकमा स्वास्थ्य निर्देशक, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव, सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महशाखा प्रमुख, आयुर्वेद चिकित्सक, प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र वायोमेडिकल इन्जिनियर सदस्य रहेको प्राविधिक कार्य टोली गठन गरिएको हो ।

बैठकले विभिन्न संघ संस्था, व्यक्तिहरुलाई कोषमा सहयोग गर्न अपिल गरेको छ । राष्ट्यि वाणिज्य बैक बुटवल शाखामा रहेको ३१२०५०३०००३०१ खातामा सहयोग गर्न चाहनुहुने महानुभाव तथा संघ संस्थाले सहयोग गर्न सकिने मन्त्री को स्वकिय सचिव यदु ज्ञवालीले बताए ।

सम्बन्धित शिर्षक :