नेपालमा छैटौ कोरोना संक्रमित ६५ बर्षिय हजुरआमा

स्वास्थ्यसमाचार /नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएका थिए ।

दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस मिटमा उक्त जनाएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको केश ६ जना पुगेको छ।

मन्त्रालयले छैटौं संक्रमितका बारेमा अन्य जानकारी दिएको छैन । यसअघि कतार एयरवेजको क्यूआर ६५२ नम्बरको उडानबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिइसकेको थियो ।

अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमुना परीक्षण गरिएको पनि डाक्टर देवकोटाले जानकारी दिए । काठमाडौंमा ४३ र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाबको नमुना परीक्षणका लागि लिएको पनि उनले जानकारी दिए ।

डाक्टर देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् ।

सम्बन्धित शिर्षक :